२८ चैत्र, काभ्रे रोशी । एमाले र माओवादी केन्द्र रोशी गाउँ कमिटीले रोशी गाउँ कार्यपालिकामा विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको छ ।

एमाले रोशीका संयोजक दिलिप लामा र माओवादी केन्द्र रोशी गाउँकमिटीका अध्यक्ष उज्जल लामाको नेतृत्वमा गएको टोलीले आईतबार गाउँपालिका अध्यक्ष डिबी लामालाई उक्त ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउँदै संयुक्त वाम गठबन्धनले योजना तर्जुमा देखि योजना कार्यन्वयन तहसम्म सर्वसत्तावाद हावी भएकोले तुरुन्त सच्याउन माग गरेका थिए ।
ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष लामाले कार्यपालिकामा छलफल गरेर कार्यन्वयन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

के छ त ज्ञापन-पत्रमा ?

रोशी गाउँपालिका अन्तर्गत संयूक्त बाम गठबन्धनका तर्फबाट प्रस्तुत 

ज्ञापन–पत्र  मितिः २०७४ चैत्र २५ गते

श्री अध्यक्ष ज्यू

रोशी गाउँ कार्यपालिकाको कार्यलय, कटुञ्जे, काभ्रे ।

                                              विषयः ज्ञापन पत्र पेश गरिएको ।

नेपाली जनताको परिवर्तनको खातिर दश वर्षे जनयुद्ध, संयुक्त जन आन्दोलन, मधेश आन्दोलनजनजाती आन्दोलन लगायतका विभिन्न आन्दोलनहरुको परिणाम स्वरुप मुलुकमा गणतन्त्र, संघियता स्थापित भएको छ । जस अनुसार मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएको र मुलुकको राजनीतिक शक्ति सन्तुलनका अवस्थाले अपेक्षाकृत रुपमा सवै प्रकारका अधिकारहरु सम्वोधन हुन नसकेता पनि जे जति उपलव्धीहरु प्राप्त भएका छन्, ती ऐतिहासिक र महत्वपूर्ण उपलव्धिहरु हुन, परन्तु ती अधिकारहरु सवै कार्यान्वयन भइसकेको छैन ।

हामी कार्यान्वयनको दिशामा अघि वढी रहेको अवस्थामा यति वेला जनताको संविधान सभाबाट दश वर्षे जनयुद्ध र १९ दिने जन आन्दोलनको वलबाट संविधान सभाको निर्वाचन मार्फत संविधानमा उल्लेखित संघियता कार्यान्वयनको रुपमा हामी अघि वढीरहेको वेलामाआज हाम्रो संयूक्त वाम गठबन्धन रोशीको तर्फबाट यस गाउँपालिकाको पहिलो स्थानिय तहको निर्वाचनबाट निर्वाचित स्थानीय सरकारलाई केही महत्वपूर्ण विषय वस्तुमा ध्यान आकर्षण गराउन चाहन्छौं ।

तथापी हामी यतिवेला मलुकमा विकास निर्माण र समृद्धिको आशाका साथ अघि वढी रहेको वेला सवै प्रकारका प्राकृतिक स्रोत साधानले भरिपूर्ण हाम्रो रोशीमा पनि समृद्धि र विकासको आशा गर्नु यस क्षेत्रको जनताको नैसर्गिक अधिकार हो । त्यसैले जनताको चासो र जनतासंग प्रत्यक्ष जोडिने विकास निर्माण र प्राकृतिक स्रोत साधनको संरक्षण र विकासमा यस गाउँपालिकाको महत्वपूर्ण भूमिका रहने छ भन्ने आशा गर्दे निम्न प्रस्तावहरुलाई कार्यान्वयन गर्न यो ज्ञापन पत्र पेश गरेका छौं ।

१ राजनितिः

१. जनसहभागितामूलक समावेशी लोकतन्त्रको जग नै स्थानिय तह संवैधानिक व्यवस्था अनुसारवास्तविकता र जनसहभागिता मुलक समावेशी लोकतन्त्रको अभ्यासलाई सजीव र जीवन्त रुपमा व्यवहारमा रुपान्तरण गरिनु पर्ने । प्रेस तथा वाक स्वतन्त्रताको सुिनस्चित, मानव अधिकारको सरंक्षण, जनउत्तरादायी न्यायपालिकाको स्थापना गरिनुपर्ने ।

२. खसमावेशी प्रणालीलाइ समानुपातिक वनाउन, समानुपातिक प्रणालीमा प्रत्येक समुदायबाट गरिवीको रेखामुनि रहेका किसान, मजदुर लगायतका श्रमजीवीहरुलाई प्रथामिकता दिनुपर्ने

३. संवैधानिक व्यवस्था अनुसार आदिवासी जनजाती लोपउन्मुख समुदाय र पिछडिएको क्षेत्रलाई परिलक्षित गर्दै स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको व्यवस्थापनका लागि पहल गरिनुपर्ने ।

४. महिला, दलित, अपाङ्गता भएका व्यक्तिहरुका सन्दर्भमा विशेष अधिकारको व्यवस्था गरिनुपर्ने ।

५. संविधानले स्थानीय तहलाई विभाजन गरिएको क्षेत्राधिकार प्रयोजनको लागि गाउँसभाबाट जनमुखी ऐन तथा कानुनहरु वनाउनु पर्ने ।

२. सार्वजनिक प्रशासनको आधारः

१. स्थानीय तह सरकारकैरुपमा रहेकोले जनप्रतिनिधिहरुको व्यवस्थापिका, न्यायिक न्यायपालिका र सुशासन तथा दैनिक प्रशासनको लागि कार्यपालिकाको व्यवस्था भएको स्थितिमा तीनवटै अंगहरु वीच कतिपय विषयहरुमा एक आपसमा नियन्त्रणात्मक व्यवस्था भएतापनि मुलतःसमन्वयात्मक रुपले सञ्चालन गरिनु पर्ने ।

२. दैनिक प्रशासनलाई जनसेवामुखी, प्रभावकारी, छिटो छरितोसरल, सर्वसुलभ पारदर्शी वनाइनुपर्ने । सार्वजनिक प्रशासनलाई भ्रष्टाचार मुक्त उत्तरदायिक प्रशासनका साथै कार्य योजनाहरुलार्य कार्यान्वयमा जोड दिनुपर्ने ।

३. योजनाहरु कार्यान्वयन भएको नभएको अनुगमन र निरीक्षण प्रणालीलाई प्रभावकारी वनाउने र प्रशासनिक जनशक्तिको व्यवस्थापन गर्दा अनुभव, क्षमता र योग्यता अनुरुप उपयुक्त पात्रलाई उपयुक्त स्थानमा राख्ने मान्यता अवलम्वन गर्नुपर्ने ।

२. समृद्ध रोशीको आधारः 

१. रोशी जलाधार, स्वच्छ र स्वस्थ बाँच्न पाउने अधिकारनेपालको संविधानको अनुसूची ८ अनुसार स्थानिय तहले प्रयोग गर्ने २२ वटा विषयगतअधिकारहरुको सुची अनुसार भूमिसुधार, कृषि, सिंचाई, जलस्रोत, वन, खनिज पद्धार्थ उद्योग व्यापार, कर संकलन, वजेट तर्जुमा, यातायात, सुचना संचार तथा वस्ती विकास, खानेपानी, दैनिक प्रशासन, न्याय सेवा, शान्ति, सुरक्षा, स्वास्थ्य, शिक्षा, भाषा, संस्कृति, खेलकुद लगायतका क्षेत्रहरुको तोकिएको अवस्थामा ती सवै क्षेत्रहरुलाई प्रभावकारी ढंगले संचालन र परिचालन गरि स्थानिय जनताको दैनिक सेवा र कृषि तथा औद्योगिक आत्मनिर्भर अर्थतन्त्रको स्थापनामा जोड दिनुपर्ने । साथै रोशीमा देखिएका अव्यवस्थित उद्योगहरुलाई मापदण्डमा ल्याई कानूनको परिधिमा ल्याउन अविलम्ब विशेष पहल गरिनुपर्ने ।

२. भूमिः 

१. उत्पादनका साधनहरुमा महत्वपूर्ण आधार भनेको जमिन नै हो । त्यसैले हाम्रो रोशी गाउँपालिकाले वैज्ञानिक भूमि व्यवस्थापनमा जोड दिइनुपर्ने, भूमिमाथि जोताहा किसानहरुको स्वामित्वलाई सुनिश्चित, जमिनलाई अब्यवस्थित घर घडरी लगायतका अनुत्पादक क्षेत्रमा प्रयोग गर्न वाँझो राख्न र खण्डिकरण गर्नलाई नियन्त्रण गरि जमिनलाई उत्पादन मुलक क्षेत्रमा प्रयोग गरिनु पर्ने, भूमिलाई उत्पादनमुलक क्षेत्रमा केन्द्रित गर्न भूमि वैकको व्यवस्था गरिनु पर्ने ।

२. सार्वजनिक जमिनहरुको कहाँ के कति छन् ? सो को विवरण सार्वजनिक गर्दै गाउँपालिकाले संरक्षण संवद्र्धन गरिनु पर्ने ।

२. कृषिः कृषि नै रोशीको ग्रामिण विकासको मूल आधारः

१. रोशीको ग्रामिण क्षेत्रमा मुख्यतः आय आर्जन  र रोजगार मुलक कृिष उत्पादन, खाद्यान्न उत्पादन, फलफुल तरकारी, पशुपालन लगायत मुख्यत नगदेवालीको खेतीमा जोड दिनुपर्ने एक गाउँ एक कृषि नमुना उत्पादनमा जोड दिनुपर्ने,

२. हाम्रो गाउँपालिकाले कृषि उत्पादनलाई गुणात्मक रुपमा विकास गर्नका लागि सुपरजोनको मान्यता अनुसार यस गाउँ पालिकाको विशेषता अनुरुप उत्पादनको विशिष्टिकरण र नमूनामुलक ढङ्गले कृषि उत्पादनलाइ केन्द्रित गरिनु पर्ने ।

३. कृषि उत्पादनलाई व्यवसायीकरण, आधुनिकिकरण र औधौगिकरणमा जोड दिइनुपर्ने यस गाउँपालिकाको सवै उर्वरायोग्य भूमिमा सिंचाइको व्यवस्था गर्नका लागि अभियानको रुपमा सिंचाइ कार्यक्रम संचालन गनिुपर्ने ।

४. यस अतिरिक्त कृषिको लागि आवश्यक पर्ने मल, वीउ, कीटनाशक औषधि लगायतका औजारहरु सर्वसुभल वनाउदै कृषि उत्पादनमा प्राङ्गारिक मलको प्रयोग गरि अर्गानिक उत्पादनमा जोड दिदै कृषि वजारको व्यवस्थालाई व्यवस्थित गरि प्रत्येक वडा र त्यसका गाउँमा कृषि उपजहरुको वजारको व्यवस्था गर्नुपर्ने ।

५. कृषि उपजको भण्डारण र शितभण्डारणको व्यवस्था गरिनुका साथै उत्पादनमा सहकारी प्रणालीलाइ प्रोत्साहित, किसान र उपभोक्तावीचको विचौलियाहरुको तहगत संरचनालाइ न्यूनिकरण गर्दै किसान र उपभोक्ताको लाभको लागि वहुउद्धेश्यीय सहकारी प्रणाली मार्फत कृषि उत्पादन उत्पादित वस्तुहरुको भण्डारण, ढुवानी र कृषि वजारको व्यवस्था, साना तथा गरीविका रेखामुनि रहेका किसानहरुको लागि सहुलियत व्याजदरमा कृषि ऋणको व्यवस्था र कृषि पेशालाइ प्रोत्साहित गर्न किसान पेन्सनको व्यवस्था गरिनुपर्ने ।

६. रोशीगाउँ पालिकाको पूर्वाधारको विकासः

१. यस गाउँ पालिकाको ग्रामिण पूर्वाधार, अव्यवस्थित तथा छरिएर रहेको ग्रामिण वस्तीहरुलाईएकिकृत सघन वसोवासको लागि सघन वस्ती विकास कार्यक्रम सञ्चालन साविकको ग्रामिण क्षेत्रको वडाहरुमा सफा खानेपानी, शौचालय, सरसफाइ फोहरुमैला व्यवस्थापन, स्वास्थ्य सेवा केन्द्र, शिक्षालय, खेलमैदान, यातायात, ग्रामिण सडक, कृषि सडक, इन्टरनेटको सेवा लगायत सूचना संचार केन्द्र आदि आधाभूत संरचनाहरुको विकासमा जोड दिइनुपर्ने ।

२. साथै पूर्वाधारको नाममा जमिन भू–क्षय हुने गरी नयाँ ट्र्याक खोलिने कुरालाई निरुत्साहित गरि भइरहेको ग्रामिण सडक, कृिष सडकहरुलाई उच्च प्राथमिकतामा राखी सो सडकहरुको स्तर उन्नती देखि ग्राभेल पिच गर्ने गरी कार्यक्रम योजना तर्जुमा गर्नुपर्ने ।

६. भूकम्प तथा पुन निर्माणः

१. भुकम्पले क्षति पु¥याएका र पुनः निर्माण हुन वाँकी रहेका गाउँ वस्तीहरुमा पुन निर्माणकोकार्यक्रमलाई तीव्रता र निर्माण, परम्परागत संस्कृतिको संरक्षण गर्दै आधुनिक प्रकारको सघन र गाउँ वस्तीहरुको विकासमा जोड दिनु पर्ने । छुट भएका भूकम्प पिडितहरुलाई सम्वन्धित निकायमा सूचिकृत गर्न गाउँपालिकाले पहल गर्नुपर्ने । उक्त कार्य सफल नभए पिडितहरुको तथ्याङ्क संकलन गरी गाउँपालिकाले नै राहत उपलव्ध गराई दिनुपर्ने ।

७. वन संरक्षण र हरियाली रोशी गाउँ पालिका

१. वन विनास गर्ने प्रकृति वढ्दै गइरहेको वर्तमान अवस्थालाई ध्यानमा राखी वन संरक्षण, भू–संरक्षण, रोशी खोलालाई ग्याभिङ्ग तटवन्ध निर्माण, वृक्षारोपण, जैविक विविधताको संरक्षण र जाडिवुटिको संरक्षण र उत्पादन लगायतका कार्यक्रमहरु सन्चालन गरि हरियाली रोशी निर्माणमा जोड दिनुपर्ने त्यसैगरि वन्यजन्तुहरुको व्यवस्थित रुपमा संरक्षण गरिनुपर्ने ।

८. पर्यटन उद्योग रुपान्तरण

१. पर्यटन क्षेत्र व्यापारको रुपमा मात्र सिमित भइरहेको वर्तमान स्थितिलाई परिवर्तन गरिपर्यटनलाई उद्योगको रुपमा रुपान्तरण गर्ने निति यस गाउँपालिकाको तर्फबाट अग्रसरतालिइनुपर्ने ।

२. पर्यटन उद्योगको विकास र विस्तारको लागि प्राकृतिक र सँस्कृतिका विविध गन्तव्य क्षेत्रहरु पहिल्याउदै पर्यटन क्षेत्रमा प्रयोग हुने वस्तुहरुको उत्पादन गाउँपालिका भित्रै गर्ने निति अवलम्वन गर्नुपर्ने ।

३. रोशी गाउँपालिका प्राकृतिक सुन्दरता र साँस्कृतिक बिबिधता भएको क्षेत्र रहेकोले सोही अनुसार योजना तर्जुमा गरी कार्यक्रम तय गर्नु पर्ने ।

९.गाउँपालिकाको पहिचानः

१. वहुसाँस्कृतिक विविधतायुक्त हाम्रो रोशीमा परम्परागत सँस्कृतिको नाममा रुढीवाढी सँस्कृतिहरुअझै पनि कायमै छन । तसर्थ रुढीवादी संस्कृति निरुत्साहित गर्दै असली जनसंस्कृति र ऐतिहासिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्न जोड दिनुपर्ने ।

२. त्यसै गरि जनपक्षीय साहित्य,कला, संगीतको संरक्षण र सम्वद्र्धनमा जोड दिनुपर्ने । साथै यस गाउँपालिकाको ऐतिहासिक विरासतलाई जोगाउँदै विशेष क्षेत्र बनाउन पहल गर्दै आधुनिकिकरण गरिनुपर्ने ।

१०. प्राकृतिक स्रोतमाथि स्थानिय जनताको अग्राधिकारः

१. प्राकृतिक स्रोत साधनमाथि स्थानीय जनताको अग्राधिकार कायम गरिनुपर्ने ।

२.जलस्रोत, वन–सम्पदा र खनिज पद्धार्थ आदिको प्रयोग गर्दा वातावरणीय प्रतिकुलता नहुने गरि गरिनुपर्ने ।

३. कुनै पनि प्राकृतिक स्रोत उद्योगको दृष्टिले कच्चा पद्धार्थ भएकाले त्यसको संकलन, उत्खनन, वाउत्पादनको परियोजना वनाउदा औद्योगिक उत्पादनसंग जोड्ने गरि गरिनुपर्ने ।

११. शिक्षाः शिक्षा र स्वास्थ्य राज्यको दायित्वः

१. लोकतान्त्रिक प्रणालीमा वालवालिकाहरुलाई अनिवार्य शिक्षा दिनुपनर्,े

२.नागरिकहरुलाई स्वास्थ्य उपचारको सेवा दिनु पर्ने राज्यको दायित्व हो, परन्तु वर्तमान स्थितमा शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा निजीकरण र व्यापारीकरण वढ्दै गइरहेको र राज्य त्यो दायित्वबाट. पन्छिदै गइरहेको छ । अतः त्यसलाई निरुन्साहित गर्दै राज्यद्वारा नै अनिवार्य निःशूल्क, गुणस्तरीय र रोजगारीमुलक, व्यवहारिक र सर्वसुलभ, सार्वजनिक शिक्षा दिने व्यवस्था र १२ कक्षा सम्म अनिवार्य निःशुल्क शिक्षा दिने र आवसिय विद्यालयको व्यवस्था र वहुप्राविधिक शिक्षालयहरुको स्थापना र विस्तारमा गाउँपालिकावाट विशेष पहल गरिनुपर्ने ।

अन्तमा विगतमा भएको पूर्वाधार विकास र अन्य विषयगत योजनाहरु निर्माण र कार्यन्वयनमा भएको सर्वसत्तावदी चरित्रको हामी घोर विरोध गर्दछौं । स्थानीय सरकार सञ्चालनलाई NGO/INGO शैलीमा सञ्चालन गरेको प्रति गम्भिर आपत्ति जनाउँदै यस्तो अराजक र अपार्दर्शी कदम नसच्याए कानुनको सहयता लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र न्यायपालिका (सर्वोच्च अदालत) को ढोका समेत बाध्य हुने छ  । साथै संघर्षका थप कार्यक्रमहरु सञ्चालन गर्न समेत बाध्य हुनेछ । यसबाट निस्केको हरेक प्रकारको परिणामको जिम्मेवार स्वयं स्थानीय सरकार (रोशी गाउँपालिका) नै हुने जानकारी गराउँदा छौं ।

दिलिप लामा
(संयोजक)
नेकपा (एमाले)
रोशी गाउँपालिका

उज्जल लामा
(अध्यक्ष)
नेकपा (माओेवादी केन्द्र)
रोशी गाउँपालिका

संयुक्त बाम गठबन्धन प्रतिनिधि

Comments

comments