११ असोज २०७७ काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ४४ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।

विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ४४ लाख ६ हजार १ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । एकै दिन २ लाख ३४ हजार भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

चिनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका ३ करोड ३० लाख ५५ हजार भन्दाबढी संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ९८ हजार ७ सय २१ पुगेको वल्डोमिटरमा उल्लेख छ।

संक्रमितमध्ये ७६ लाख ५० हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार ३ सय बढीको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ७२ लाख ८७ हजार ५ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ४४ लाख २४ हजार १ सय भन्दाबढी निको भएका छन् भने २ लाख ९ हजार १ सय बढीको ज्यान गएको छ ।

यसैगरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ५९ लाख ९० हजार ५८१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४९ लाख ३८ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ७० हजार ७९५ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ हजार ५३४ रहेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४७ लाख १८ हजार ११५ पुगेको छ भने १ लाख ४१ हजार ४४१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४० लाख ५० हजार भन्दा बढी निको भएका छन् ।

Comments

comments