नेकपाका केन्द्रिय सदस्य कमान सिं लामाले निधन हुनभन्दा केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा निक्कै मार्मिक स्टाटस लेखेका थिए । पारिवारिक बेमेलका कारण दिवंगत लामाले यसरी मार्मिक स्टाटस लेखेको प्रष्ट हुन्छ । पारिवारिक र व्यक्तिगत जीवनमा भएको उतारचढाप यो स्टाटसमा प्रष्ट देखिन्छ । यहाँ उहाँले लेख्नुभएको स्टाटस जस्ताको तस्तै राखिएको छ ।

यस्तो छ उहाँको स्टाटसः

आमा नामनै कति मोहक शब्द “आमा” मैले संसारमा सब भन्दा बढी मया गर्ने “आमा”
प्रीय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिए । तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाङगलमा फसेकोछ । तिमी यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नु पर्छ भन्नछन” छ्या कति कुरुप सिलावरको देक्ची कूचिैएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु ।
प्रिय, तिमी त उस्को परिवार रे आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे । वा रे वा नेताज्यू हातमा हैन मैले सिरमा राखेको थिए । ढोंगीहरुले त हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार । जे होस तिम्रा जाल झेल खेती सप्रेकोनै छ । सादा जीवन उच्च विचारका होर्दिङ बोर्ड बगैंचा घरका भित्तामा टाँसेका छौ । त्यो कत्तिको सहज लाग्छ कुन्नी । मलाई त हाँडि घोप्टे जस्तो लाग्छ ।
ठमेलमा ५० हजार यु एस डलरको विटा भेट्टाएछ । सोह्रखुट्टे पार्टिको भित्तामा गाइको गोवरले डलर टाँसेर झिली मिली बनाएछ । हाँडिमा खिचडि बसाएर दूइ बुढाबुढि गीत गाएर नाचिबसेको खोज्दै जाने प्रहरी र टुरिष्टले भेटेछ । यहि केशले हाँडि घोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो । हाम्रा माहान पाका माहान साधु सन्त नेताका यत्तिको नैतिक्ता र विचार पनि मैले देखिन । थुईक्क जाली फटाहा द्रव्य पिशाचहरु ।
प्रिय मेरी,
प्रिय हाम्रो प्रेम बर्मुडा ट्य्राण्गलमा फस्यो प्रीय !
१.मेरो म्क्ष्न्ल्क्ष्त्थ् स्वाभिमानको ट्य्राङगल
२. चल अचल भौतिक सम्पत्ति प्रतिको तिम्रो आसक्ती
३. हाम्रो वीचको सामाजिक सम्बन्ध, स्थापित मूल्य मान्यता र त्यसमा आएको परिबर्तनले ल्याएका अन्तर बिरोधहरु ।
यो हो हाम्रो वीचको अहिलेको बर्मूडाको ट्य्राङगल ।
याद गर प्रिय मैले तिमीलाई सबै कुरो सम्पत्ति सम्म सुम्पें । तर मेरो स्वाभिमान प्रति खेलवाड गर्ने छुट दिईएको छैन । धेरैले नबुझेका र तिमीले पनि नबुझेको कुरो यहि छ ।
बर्मूडा ट्य्राङगल त्यो त्रासदिपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन । तर यसको बनावट भूमध्य रेखा काल्पनीक लाइन संगै भएको हो । जब पृथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो । हामी बसेको भू भाग गोण्डावना ल्याण्डसंगै दक्षिणी धुर्बमा टांसिएर बसेको थियो । त्यसबखत ठुला ठुला भौगोलिक उथल पुथल भइरहन्थे । एक्कासी गोण्डावना ल्याण्ड दक्षिणी धुर्बसंग छुट्टियो । ३ मिटर उत्तर सर्यो । पृथ्वी बीचमा उसिनेको अण्डा वीचमा फटाएको जस्तो फुट्यो । पृथ्वी दुइ भागमा बाँडियो । उत्तरी गोलार्ध पाँगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्याण्ड । यहि घटनामा भूमध्य रेखीय क्षेत्रमा बर्मुडा ट्रयाङगल बन्यो । त्यो आज पर्यन्त अभेद्य छ । त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाङगलमा फसेका छौं ।
प्रिय,
तिमीले कुरा नबुझ्दा र तिमीले जानी जानी धोका दिँदा मेरा केही सपनाहरु अधुरानै रहने भए । राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडि पुर्याइ हाले । के कुरा गर्ने रु तिमी म दुइ मिली यो पृथ्वीमा फनक्क एक फन्को लगाउने । विश्वका आठै वटा आश्चर्यको रस्वास्वादन गर्ने । माचिपिच्यूमा पुरानो पोर्तुगीज खाना खाने । गोन्जालोको देश हेर्ने । माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएँ । त्यो तिमीले भाँडी दियौ ।
मध्यरातमा घाम झुल्किएको फिन्ल्याण्ड, नर्वेबाट रस्वास्वदन हामीदुइ साथै गर्ने सपना अधुरै रहने भयो । ट्रान्स साइबेरियन ट्रेन चढेर ब्लादिभोस्तक जाने । उलान बटोर र ऐतिहासिक गोवि मरुभूमीमा उट चढने सपना अधुरै रहने भयो । मानव विकासक्रमको २૪ लाख बर्षको ईतिहासमा सिन्थोपस प्रकृतिको जीवाष्मका मूलका मानिसहरू ड्रागन पाहाड भिरालोका मानिसहरु पेकिङम्यान, लान्तीयान म्यान, वुसानम्यानले गरेका उपलब्धी र आदीबारे अलि शुक्ष्म अध्ययन गरी हाम्रो ठुँसाका बारे भौतिक रूपमै उपस्थित भएर अध्ययन गर्ने । दोङ सिङदान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समुह र मंगोल मूलका पुर्खाहरुले एक ठुलो नदीको धार परिबर्तन गरि अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आस्चर्य चकित हुने हाम्रा प्राग कालिन पुर्खाको पौरख र सिप विज्ञान प्रविधिसँगै पढने ईच्छा अधुरै रहने भयो ।
हाम्रो शास्त्रले भनेको वुइसाझ, उर्गेन ह्युल, अब आउने बसन्त रितुमा अध्ययन भ्रमणको रूपमा डुल्ने योजना थियो त्यो अधुरै रह्यो । प्रीय म कोरोनाले लिएर जानको लागी सबै योग्यता पुगेको मान्छे म अरुले भने मृत्यु शैयाबाट भन्थे होला तर म भन्दिन । कोभिडसँग पैँठे जोरि खेल्दैछु । सायद म बाच्छु पनि होला मेरा वरपरबाट धेरै गए पनि । तर म आत्तिन्न । यो अन्तिम घडिमा पनि मेरो धन मेरो लागी काम लाग्दैन भने त्यो धनको के काम । आफ्नो पाउनु पर्ने त यो हालतमा दिँदैन भने मेरो निम्ती कहिलेलाई चाहियो रु यो जीवन मरणको लडाईको बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य रु लौ प्रिय गरि खान मनग्य गरि दिएकोछु । बाँकी जीवन मोज गर । मैले पुरा गर्न नसकेको अधुरा काम अरुसँगै पुरा गर । आठै आस्वर्य हेर्ने घुम्ने भोक मैले नै जगाइ सकेकोछु तिमी सक्षम पनि छौ ।
लौ बधाई छ प्रिय
२८ र ३० बर्ष तिम्रो साथ । ६ र ७ महिना बाहेक ज्यादै सुखद नै रह्यो । यो ६ र ७ महिनाले मलाई गलायो किनकी मैले तिम्रो मायामा विस्वास घात पाएँ । मेरो सेयरको करीब दूइ बर्षको साँवा ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो । उस्ले पैसा नदिए सिधै म सँग मिल्न आइज हामी दुई भएर मुद्दा लडौँ या रिजनब्ली मिल्न आए मिल्ने ।
प्रिय,
यदि तिमी जाली फटाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने । सम्बन्ध छ भनि रहनु को औचित्यै के रह्यो र प्रीय । कुनै माध्यमले काम नगरे पछि बडो सरमका साथ यो मिडिया अपनाएं माफगर प्रीय । यदि म मरे, मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु ।
यो मेरो बिन्ती छ।

 

Comments

comments