-राजेन्द्र दोङ तामाङ
इतिहासको समिक्षा र बर्तमन परिस्थितिको अवमूल्यन नै केपी ओलिको गन्तव्यबिहिन रिहर्सल दौडमा शक्ति संचय गर्न सक्षम बनाउने प्रचण्डको कमजोरी पक्ष थियो । प्रथमतः विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउनु महाभुल थियो । सर्बबिदिदै थियो कि केपी ओलि र विद्यादेबि भण्डारीको राजनीतिक, ब्यक्तिगत र आन्तरिक सम्बन्ध केहि अघोषित गौण पक्षहरु अनैतिक रुपमा रहदै आएको थियो । यसर्थ उनीहरु द्वयमा परिपुरकता थियो । परिणामतः विभिन्न समयमा विभिन्न किसिमका बिबादास्पद आध्यदेशहरु आउनु र पारित गर्नु आश्चर्यको कुरो थिएनन । अन्ततोगत्वा संसद विघटन पनि यसैको उपज हो ।
दोश्रो कमजोरी वा लचकता भनौं, पार्टी एकीकरणको क्रममा भएको सम्झौतानुसार ५ बर्षको कार्यकालमा आधा।आधा समय प्रधानमन्त्री बन्ने सम्झौतालाई कार्यन्वयन नगर्नु पनि भुल नै थियो । जबकि बिगतमा केपी ओलिले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, शेर बहादुर देउवा लगायत प्रचण्ड स्वयंमलाई नै दिएको राजनीतिक सम्झौतामा दिएको धोकाको दस्तावेजहरु जिवितै थियो । तसर्थ, केपी ओलिलाई विश्वास गर्नु र बिरालोलाई दुधको साक्षी राख्नु उस्तउस्तै हो भन्ने कुरा बुझ्न नसक्नु पनि अर्को भुल थियो ।
केपी ओलि हिजो पनि प्रतिगमनको घोडा थियो, आज पनि हो र भोलि पनि हुनेछन् । केपी ओलिको नेतृत्वमा राजनीतिक संस्कारको बिकास, नेतृत्व बिकास, देश र जनताले बिकास र समृद्धिको आशा गर्नु भनेको खिरराको बोट रोपेर जाइफलको आशा गर्नु जस्तै हो ।
जननिर्वाचित संसद विघटन असंवैधानिक पक्षको बिरोध गर्दैगर्दा पहिलो कुरो, केपी ओलिको चारित्रीक गुणहरुहरुको बारेमा जति नै चर्चा गर्दा पनि अधुरो नै रहन्छ । झापा काण्डको नाईके केपी ओलि १४ बर्ष जेलजिवन ब्यतित गर्नु कुनै राजनीतिक मुद्दा, देश र जनताको निम्ति नभएर ज्यानमारा, हत्याराको अभियोगमा तत्कालीन कानुन बामोजिम थुनिएको थियोे । न कि त्यो कुनै राजनीतिक आस्थाको बन्दी थिए ।
जातीय सवालमा भन्ने हो भने यदि केपी ओलि ब्रम्हण समुदायको नभएको भए समकालीन साथीहरूसँगै मृत्युदण्डको भागीदार भैसक्थ्यो । इतिहास साक्षी छ कि झापाकाण्डमा केपी ओलिको समकालीन साथीहरू राई, राजबंसीहरु जनजाती भएकै कारण मृत्युदण्ड दिएको थियो भने केपी ओलि, सिपि मैनालिहरु ज्यानमुद्दामा बन्दी मात्र बनाएको थियो । बर्तमन परिप्रेक्षमा जतिपनि केपी ओलिको मलद्वरलाई पनि स्वर्गद्वर देख्ने र भनेर नथाक्ने स्याल हुँईयाहरु छन्, तिनीहरु एउटा छट्टु स्यालको काँधमा चढेर कुखुरा चोर्न हिडेका शिकारीहरु मात्र हुन् । उनीहरुमा राजनीतिक जिबन, सिद्धान्त, संस्कार, अचारण, देश, समाज र जनताको जनजीवनसँग कुनै जिम्मेवार बोध नभएका राजनीतिको खोल ओडेर केवल ब्यक्तिगत स्वार्थपुर्तिको लागी मरिहत्ते गर्नेहरुको झुण्डा, मानौँ कि केपी ओलिको भाषामा अरिंगलहरु मात्र हुन् । तसर्थ, केपी ओलिको असंवैधानिक कदम, पश्चगामी बिचार र दलाल, खोक्रो राष्ट्रवादको व्यबहारको बिरोध गर्नु तमाम सचेत बर्गहरुको जिम्मेवार पनि हो ।
जननिर्वाचित संसद विघटन गरेपछि कामचलाउ, अवैधानिक प्रधानमन्त्रीको कुर्सीमा आसिन केपी ओलि र उसका अरिंगलहरुले बुझ्नुपर्छ कि हिजो ज्ञानेन्द्रले जसरी संसद विघटनपछि क्यबिनेटको बिस्तार गरियो, मध्यावधि चुनाबको घोषणा गरियो । तर त्यो सफल भएन ।
आज केपी ओलिले रोजेको बाटो र हिजो ज्ञानेन्द्रले हिडेका बाटोमा एकरति पनि फरक छैन र थिएन । केपी ओलिले बर्तमन राजनीतिक समस्या, राष्ट्रिय समस्याहरुको समाधान मध्यावधि निर्वाचन मात्र हो भनेर बुझेका छन् भने केपी ओलिको लागि घातक त हुने नै छन् । साथसाथै, नेपाली बाम आन्दोलनलाई नै घातक सिद्ध हुनेछन् । तसर्थ, केपी ओलिले आफ्नो राजनीतिक बिरासत बनाउनुको विकल्पमा राजनीतिक अवसानको बाटो रोजेको छ । बाँकी अझै समय र परिस्थितिले बताउने नै छन् ।

Comments

comments