— धर्मचन्द्र योञ्जन तामाङ
हामीले संसारको छानो भनेर चिनिने विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणको सन्दर्भमा किस्साहरु सुन्दै आइरहेका छौं । हिमाल आरोहण आफैमा जटिल कार्य हो, जो कोहीले आँट गर्न सक्तैन । तर मानिस सँधै जटिल र साहसिक काम गर्न अगाडि बढ्छ । हिमाल आरोहणका सन्दर्भमा लेखिएको ऐतिहासकि उपन्यास ‘शिखरको ढुङ्गा’ बजारमा आएको खबरले उखर्मौलो गर्मीले हिमाल पग्लिएर पत्थरहरु काला देखिने जेठ महिनाको अन्त्यतिर होला मलाई भोटाहिटीतिर पु¥यायो । सायद मैले हरेक पुस्तक भण्डारबाट उपन्यासकार सरल सहयात्रीजीको उपन्यास ‘शिखरको ढुङ्गा’ एक थान लिएँ ।
मलाई लाग्छ – त्यो शुक्रबारको दिन थियो । कार्यालय समय सकेर म ‘शिखरको ढुङ्गा’ खरिद गर्न सुर्यविनायकबाट बनेपा – धुखिेलको मोटरबाट भोटाहिटीतिर लागेको थिएँ । मंसिर–पुस–माघ–फागुणतरिको हिउँले पहाडी क्षेत्रहरु छोपिने समय थिएन । मनमा ‘शिखरको ढुङ्गा’ थियो । मनले भन्दै थियो – त्यो काला पत्थरहरुको कथा हो, हिमाल आरोहणको कथा हो र नेपाली राजनीतिका विविध जटिल मोडहरुको विम्व हो । त्यो ‘शिखरको ढुङ्गा’ अवश्य पनि स्पर्श गर्नैपर्छ, नियाल्नै पर्छ ।
मनले भनेझैँ मैले स्पर्श गरें्ँ, ‘शिखरको ढुङ्गा’ बाहिरी आवरण पनि नियालेँ तर भित्री अन्तर्वस्तुको रस्वादन गर्न मैल पाएकोे थिइनँ, । यसको पनि छुट्टै कथा छ । कार्यालयमा रहँदा केही बचेको समयमा रस्वादन गर्ने मनसायले सँगै लिएर गएको थिएँ । अध्ययन गर्न चाहनेलाई पुस्तक उपलब्ध गराउनु पनि पर्दछ । ‘शिखरको ढुङ्गा’ भाइ गौतम तिवारीले कार्यालयबाट लिएर गए, अध्ययन गरे या गरेनन्, मलाई थाहा भएन तर सम्झेर फिर्ता गरे । यसै कथाले मलाई केही पाठ पनि सिकाएको छ । एकदिन कसैले सम्झन्छ र सम्झनु पनि पर्दछ । शिखरको त्यो सुन्दर पत्थर कसैलाई कालो लाग्ला, कसैलाई कुरुप पनि लाग्ला । मलाई त्यस्तो कहिल्यै लागेको थिएन र लाग्दैन पनि । मैले स्पर्श गरेको ‘शिखरको ढुङ्गा’ करिव दुई वर्षपछि मेरो सामुन्ने आइपुग्यो, मज्जाले नियालेँ, फेरि एकपटक स्पर्श गरेँ ।
पहाडी ग्रामीण परिवेश विहानै उठनुपर्ने, उठेसँगैको दिनचर्या हिमालको दृश्य देखेपछि शुरु हुनेगथ्र्यो । लाग्थ्यो त्यो कुनै स्वेत गुराँस फुलेर मनोरम देखिएको पहाड हो । दुई वर्षपछि सरल सहयात्रीको ‘शिखरको ढुङ्गा’ नियालिसके पश्चात् विद्रोही स्वभावको मानिस नै सरल हुँदोरहेछ जस्तो लाग्यो । सरल सहयात्री नामझैँ उनको यो साहित्य सिर्जना मलाई असाध्यै कोमल लागेको छ । मलाई लाग्छ – ‘शिखरको ढुङ्गा’ तात्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्काश दाहालसँगै सगरमाथा आरोहण गरेका सहयात्रीले युद्ध, आरोहण र शान्ति प्रक्रियापछिको समसामयिक राजनीतिक परिस्थितिमाथि लेखिएको एउटा सशक्त उपन्यास हो ।
“दुई वर्षपछि सरल सहयात्रीको ‘शिखरको ढुङ्गा’ नियालिसके पश्चात् विद्रोही स्वभावको मानिस नै सरल हुँदोरहेछ जस्तो लाग्यो । सरल सहयात्री नामझैँ उनको यो साहित्य सिर्जना मलाई असाध्यै कोमल लागेको छ ।”
यसअघि पनि हिमाल, हिमाली क्षेत्र र हिमालबासीहरुको सन्दर्भमा विभिन्न लेखकहरुले नलेखेका होइनन्, कसैले छिटफुट लेखहरु लेखेका छन्, कसैले छोटो उपन्यास लेखेका छन् । त्यहाँ हामी हिमालको व्याख्या त मज्जाले गरिएको पाउँछौं तर हिमाली भेगका नागरिकको जीवन र भोगाइको बारेमा त्यति लेखिएको देखिँदैन । हिमालको सौन्दर्य वर्णनमात्रै गरिएका आख्यान – गैरआख्यानहरुका बीचमा ‘शिखरको ढुङ्गा’ ले हिमालको दर्द र हिमाली भेगका आदिवासीहरुको करुणमय कथालाई पस्केको छ, सहयात्री पस्कन सफल भएका छन् ।
यो उपन्यास नेपाली साहित्यिक यात्राहरुको माझमा पृथक कृति हो । नेपाली साहित्यको यात्रालाई यस उपन्यासले नयाँ मोड प्रदान गरेको छ । यसअघि भक्तबहादुर श्रेष्ठ (जो नेपाली साहित्यमा ‘सरुभक्त’ का नामले प्रख्यात छन्) ले सगरमाथा आरोहण आख्यानको रुपमा ‘चुली’ उपन्यास त लेखिसकेको नेपाली साहित्यको इतिहासले प्रष्ट देखाउँछ । तर ‘चुली’ उपन्यासका लेखक ‘सरुभक्त’ आफैले सगरमाथा आरोहण गरेका थिएनन् । विगतमा साहित्य लेखनमा समय व्यतित गर्ने साहित्यकार ले सगरमाथा आरोहण गरेको र आरोहण गर्ने सफल आरोहीले कुनै कृति लेखेको नेपालको इतिहासमा पाइँदैन । त्यसकारण ‘शिखरको ढुङ्गा’ सगरमाथा आरोहण गर्ने एक सफल आरोहीको कलमबाट संरचित पहिलो कृति हो भन्दा कुनै अत्युक्ति नहोला ।
हिमाल आरोहणलाई ‘सरुभक्त’ एउटा जटिल, साहसिक र संघर्षपूर्ण कार्यको रुपमा स्वीकार्दछन् । उनी जीवन जति जोखिमपूर्ण छ, हिमाल आरोहण गर्ने कार्य पनि उत्तिकै जोखिमपूर्ण ठान्दछन् । पहिलोपटक विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने व्यक्तिको नाउँ लिनुपर्दा तेन्जिङ नोर्गे शेर्पा र हिलारीको नाउँ लिने गरिन्छ । तेन्जिङ नोर्गे शेर्पा र हिलारीको सफल सगरमाथा आरोहणपछि पनि धेरै हिमाल आरोहीहरुले सफलतापूर्वक सगरमाथा चढेका थिए । त्यसपश्चात् यसबीचमा सगरमाथा आरोहण गरेर फर्कँदा धेरैले आफ्ना ज्यान बचाएर फर्कन सकेनन् । इतिहासमा पासाङ ल्हामु शेर्पाले आफ्नो नाम त सफल आरोहीको सुचीमा त दर्ता गराइन् तर सफल आरोहणपछि जीवन बचाउन नसक्ने आरोहीको रुपमा गनिन पुगिन् ।
‘सरुभक्त’ ले आफ्नो उपन्यास ‘चुली’ मा सफल आरोहणपछि आरोहीले हर्षविभोर भएको शब्द दृश्य देखाएका छन्, सफलतापछि जोकोही खुशी हुने गर्दछ । तर उनको आरोही पात्रले पनि हिउँमा चिप्लिएर हिमालमा बल्ड्याङ खाँदै देह त्याग गरेसँगै उपन्यासको कथावस्तु समाप्त भएको देखाइएको छ । त्यसकारण ‘चुली’ उपन्यासले आम पाठकलाई अन्त्यमा रुवाउँछ र त्यो दुःखान्त साहित्यिक कृति हो र थियो भने ‘शिखरको ढुङ्गा’ ले आम पाठकलाई शरीरमा उर्जा थप्ने काम अवश्य पनि गर्दछ र गर्नेछ भन्ने मेरो विश्वास पनि हो । शिखर चुम्नु एउटा सफलता हो, त्यो सफलतालाई ‘शिखरको ढुङ्गा’ को रुपमा पाठकमाझ ल्याउनु सहयात्रीको अर्काे सफलता हो । त्यसर्थ म यसलाई सफलताको कथा पनि भन्न रुचाउँछु ।
“‘चुली’ उपन्यासले आम पाठकलाई अन्त्यमा रुवाउँछ र त्यो दुःखान्त साहित्यिक कृति हो र थियो भने ‘शिखरको ढुङ्गा’ ले आम पाठकलाई शरीरमा उर्जा थप्ने काम अवश्य पनि गर्दछ र गर्नेछ भन्ने मेरो विश्वास पनि हो ।”
सहयात्रीको उपन्यास ‘शिखरको ढुङ्गा’ ले हिमाल आरोहणको अद्योपान्त विषयलाई बुझ्न र बुझाउँन सघाउँछ । नेपाली राजनीतिमा वर्ग संघर्षको उच्चतम विन्दुको रुपमा देखा परेको दश वर्षे जनयुद्घको परिघटनालाई उपन्यासकार आफ्नो उपन्यासमा कलात्मक रुपमा साहित्यिक ढंगले उठान गर्न सफल भएका छन् । उनले जनयुद्घको बलमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको विषयलाई यस उपन्यासमार्फत् सशक्त ढंगले उठाएका छन् । त्यसैगरी राष्ट्रियता, श्रमजीवी जनताको दुःख, संघर्ष र प्रकृतिप्रेम लगायतका विषयलाई समेत उपन्यासले उठान गरेको छ ।
प्रगतिशील साहित्य मात्रै होइन, समग्र नेपाली साहित्यमै गहन प्रभाव जमाउन सफल हिमाल आरोहणसँग जोडेर लेखिएको यस ‘शिखरको ढुङ्गा’ उपन्यासले पाठकलाई फरक साहित्यिक स्वाद पस्कन सफल भएको छ । नेपाली राजनीतिमा प्रभाव पार्नसक्ने क्षमता राख्ने सशस्त्र द्वन्द्वका समयमा बिगे्रड कमाण्डरको नेतृत्व सम्हालेका कम्युनिस्ट आन्दोलनका संवाहक सहयात्रीले सफर सगरमाथा आरोहणपछि लेखेको यस कृतिलाई प्रगतिशील नेपाली साहित्यलाई समृद्घ तुल्याउने कार्यमा ‘एउटा इट्टा’ को रुपमा लिन सकिन्छ ।
उपन्यासभित्र आरोहण दलका सबै सदस्यहरुलाई सशक्त सहभागी भएको नदेखाए तापनि सौर्य, आजाद र मेदिनाको भूमिकालाई प्रमुख पात्रको रुपमा लिइएको छ । उपन्यासकार सौर्य, आजाद र मेदिनाको विगतमा जोडिएका समाज बदल्ने सपना र सगरमाथाको शिखर चुम्ने सपनालाई विपना तुल्याउने अथक प्रयास निकै आकर्षक ढंगले प्रस्तुत गर्न सफल भएको देखिन्छ । सगरमाथाको सफल आरोहण मात्रै यस कृतिको रोमाञ्चक पक्ष होइन, यसको पृष्ठभूमिमा जनयुद्घ पनि छ । २०५२ फागुन १ बाट शुरु भएको राजनीति कायापलट गर्ने आन्दोलनमा सशक्त रुपमा संलग्न सहयात्रीले जनयुद्घ र सफल आरोहणलाई फरकफक मानकमा अद्वितीय देखाउन सक्षम देखिएका छन् ।
सहयात्रीले सगरमाथा आरोहणपछि छोरीलाई ल्याइदिन्छु भनेको ‘शिखरको ढुङ्गा’ लाई जनयुद्घले दिएको महत्वपूर्ण उपहार ‘गणतन्त्र’ को प्रतिकको रुपमा कलात्मक तरिकाले प्रस्तुत गरेका छन् । नेपाली समाजको वर्गका कारण भएका आन्दोलन र युद्घजस्तै जीवन्त सगरमाथा यात्राको वर्णन उपन्यासभित्र छ । ‘सरुभक्त’ ले आफ्नो उपन्यास ‘चुली’ मा शेर्पालगायतका आरोहण सहयोगीहरुलाई ‘भरिया’ शब्द प्रयोग गरेको पाइन्छ भने सहयात्रीले मार्गदर्शककै रुपमा लिएका छन् । उनले ती मार्गदर्शकीय सहयोगी मनहरुको सहयोगलाई प्रेमपूर्वक प्रस्तुत गरेका छन् ।
“सगरमाथाको सफल आरोहण मात्रै यस कृतिको रोमाञ्चक पक्ष होइन, यसको पृष्ठभूमिमा जनयुद्घ पनि छ ।”
दश वर्षसम्म चलेको सशस्त्र जनयुद्घ लड्नु कसैको रहर थिएन, बाध्यता पनि थियो । कैयन् व्यक्तिगत रहरहरुलाई त्यागेर शासकले भन्ने गरेको ‘मुलुक’ बाट नेपाललाई जनता (नागरिक) ले भन्ने जनताको ‘देश’ मा रुपान्तरण गर्न, संघीय लोकतान्त्रिक गण्तन्त्र निर्माण गर्न आम सर्वसाधारण जनता, वीर योद्घाहरुले गरेको त्याग नै ‘शिखरको ढुङ्गा’ हो । ज्यानको बाजी लगाएर लडेका शहीद र योद्घाहरुले ल्याएको ‘शिखरको ढुङ्गा’ रुपी ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ लाई बलत्कार गर्ने कार्य बढिरहेको छ । बलत्कारीहरुबाट यसलाई जोगाउने, हुर्काउने काम नयाँ पुस्ताको हो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ सम्पूर्ण नेपाली जनताको पक्षमा उभिएको छ तर मुठ्ठिभर संघीयता, लोकतन्त्र र गणतन्त्र विरोधीहरु यसलाई बिटुल्याउन उद्दत भइरहेका छन्, विरोधीहरुबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ जोगाउने अविभारा नयाँ पुस्तामा सरेको छ भन्ने तथ्य नै उपन्यासको सार हो ।
अन्ततः उपन्यास मित्रता, प्रकृति, प्रेम र यथार्थको उत्कृष्ट संगम भए पनि केही स्थानहरुमा भएका संवादले भन्दा त्यहाँको वस्तुस्थितिको पट्यारलाग्दो व्याख्याले पाठकलाई निद नलगाउला भन्न सकिन्न । केही कुरामा लेखक तथा उपन्यासकार मौन रहेको अवस्था छ, । यो मौनताको पछाडि रहस्य अवस्य पनि हुने गर्दछ र हुन्छ नै । यसले पाठकहरुको मस्तिष्क चलायमान बनाइदिनेछ । पाठकका आ–आफ्नो विश्लेषण हुनसक्दछन् । मलाई लाग्छ – यस उपन्यासले पाठकलाई आफैले हिमाल चढेको अनुभूति दिलाउँछ । दुःखद क्षणहरुलाई नजिकबाट नियाल्न सघाउँछ । राजनीतिका विभिन्न गल्छेडाहरु छिचोल्ने मौका दिन्छ ।
“शासकले भन्ने गरेको ‘मुलुक’ बाट नेपाललाई जनता (नागरिक) ले भन्ने जनताको ‘देश’ मा रुपान्तरण गर्न, संघीय लोकतान्त्रिक गण्तन्त्र निर्माण गर्न आम सर्वसाधारण जनता, वीर योद्घाहरुले गरेको त्याग नै ‘शिखरको ढुङ्गा’ हो ।”
सरल शब्दको प्रयोगले पहिलोपटक उपन्यास पढ्न लागेका नयाँ पुस्तक पारखी पाठकहरुलाई ‘शिखरको ढुङ्गा’ बुझ्न सरल र सहज गराएको छ । यस सन्दर्भमा लेखकले सजिलै पाठकको मन जित्न सफल छन् । भाषाशैली सरल र सरस छ,, कतै भाषिक क्लिस्टताको जार्गन पाइँदैन । रक्तिम आभा र वैचारिक चेतना यस उपन्यासको मुल मर्म हो । योद्घाको यात्रा जहिल्यै चुनौतीपूर्ण र नेतृत्वदायी हुन्छ ।
‘शिखरको ढुङ्गा’ २५ परिच्छेदमा २७४ पानामा लिपिवद्घ छ । तीन सय पन्चान्नब्बे रुपैँया मुल्य राखिएको ‘शिखरको ढुङ्गा’ साङ्ग्रिला बुक्सले बजारमा ल्याएको थियो । स्थापित अफसेट प्रेसमा मुद्रण गरएिको यस उपन्यासको आवरण चित्र देवेन्द्र्र नेपालीले बनाएका हुन् भने सम्पादन माधव ढुंगेलले गरेका थिए । कथ्यशैली आकर्षक भएको हुँदा विचार ग्रहण गर्न सजिलो र योग्य बनेको छ ।
(योञ्जन तामाङ बुद्घ दर्शन मासिकका सह–सम्पादक हुन्)

Comments

comments