• प्रतीक तामाङ

‘तपाईंहरू त तामाङ–तामाङ भेटेको बेला पनि मज्जाले नेपाली भाषामै संवाद गर्नु हुँदोरहेछ । मैले धेरै तामाङ साथीहरूलाई भेटेको छु । उहाँहरू भाषा जान्नुहुन्छ, तर कहिल्यै पनि तामाङ भाषा बोल्नु हुन्न । किन होला ?’

एक दिन राष्ट्रिय भाषा आयोगको सभाहलमा भएको कार्यक्रम सकिएपछि बाहिरिँदै गर्दा दीपक तुलाधरले यस्तो प्रश्न तेस्र्याए । उनको प्रश्नको रेडिमेड उत्तर मसँग थिएन । उनी भाषा अधिकारकर्मी हुन् । विगत लामो समयदेखि उनी मातृभाषा शिक्षा क्षेत्रमा सक्रिय छन् । विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा नेवार भाषामा पठनपठान गराउन खटिरहेका छन् । उनको प्रश्नले म अक्मकिएँ । अक्मकिँदै भनें, ‘बोल्न त बोल्छौं । तर कम बोल्छौं । अलगअलग स्थानको भाषा फरक हुने भएकाले अप्ठेरो र नबुझ्ने भएकोले धेरैजसो त नेपालीमै बोल्छन् ।’

मैले दिएको उत्तर सर्वथा सही हो भन्ने त म आफैंलाई पनि लागिरहेको थिएन । तुलाधरलाई मेरो उत्तर चित्त बुझ्ने कुरै थिएन । उनले फेरि भने, ‘त्यसरी त कहाँ हुन्छ ? कम्तिमा भाषा जान्ने अगुवाहरूले त आफ्नो भाषा बोल्नुपर्यो नि । हामी त काठमाडौंको होस् कि कीर्तिपुरको, पाटनको होस् या भक्तपुरको जो जहाँको भेटे पनि आफ्नो भाषामा बोलीहाल्छौं । भाषा फरक भएपनि केही अप्ठेरो हुँदैन ।’

कार्यालय सन्चालनका लागि दैनिक पुग्ने पदाधिकारीहरूले तामाङ भाषामै संवाद गर्ने अभ्यास र संस्कार बसाल्न ढिला भइसकेको छ । तामाङ भाषा बिलकूल नजान्नेसँग बाहेक कार्यालयमा आइपुग्ने प्रत्येक व्यक्तिसँग तामाङ भाषामै संवाद गर्नुपर्छ । उसले औपचारिक बैठकहरू तामाङ भाषामै सन्चालन गर्ने, तामाङ भाषामै बैठकका माइन्युट उतार्ने गर्न सक्छ । यस्तो परिपाटी देशभरिका इकाई समितिहरूमा अनिवार्य लागू गर्न निर्देशन दिँदा थप तरङ्ग देखिन सक्छ ।

हुन पनि नेवार समुदायका व्यक्तिहरू जोजहाँ जतिखेर भेटघाट भएपनि निर्धक्क आफ्नो मातृभाषामै कुराकानी गर्ने गरेको हामी देख्छौं । छेउछाउमा अरू जुनसुकै भाषिक समुदायका व्यक्ति भएपनि उनीहरूलाई केही फरक पर्दैन । आफ्नो मातृभाषामा गफिहाल्छन् । तामाङ समुदायको अवस्था भने यसको ठीक विपरीत नै छ । दीपक तुलाधरले भनेजस्तै तामाङ भाषा जान्ने र बुझ्नेहरूकै बीचमा पनि नेपाली भाषा संवादको माध्यम बनिहाल्छ । घरमा आनन्दले आफ्नो भाषामा कुराकानी गर्नेहरू पनि आँगनदेखि बाहिर खुट्टा टेक्नेबित्तिकै मातृभाषा घरमै छाडेझैं नेपाली भाषामै गफगाफ सुरु गरिहाल्छन् ।

अरू त अरू मातृभाषी अभियन्ताहरूसमेत धक मान्छन् । आफूआफू नै नेपाली भाषामै मज्जाले संवाद चलाउँछन् । अझ कतिपय सन्चारकर्मीहरू रेडियोमा तामाङ भाषामै कार्यक्रम चलाउँछन् । तर स्टुडियोबाट निस्कने बित्तिकै बेपत्ताले नेपाली भाषामा बोल्छन् । अरूले तामाङ भाषामै कुरा गरेपनि उल्टै तामाङ कार्यक्रमका प्रस्तोताहरू नेपाली भाषामै जवाफ फर्काउँछन् ।

तामाङ समुदायको मात्रै सहभागिता रहेको सभासम्मेलनमा पनि कार्यक्रम सन्चालकदेखि वक्ता, प्रस्तोताहरू सबै नेपाली भाषामै आफ्ना भनाइ राखिरहेका हुन्छन् । कतिपय वक्ताहरूको भनाइ हुन्छ, ‘बेनान ताम तामाङ ग्योअीरी थान्बारी ङाअी ज्यानालासी आसेबा, चुरी बेनान तामाङ ग्योअी गोबाजेक्खेन नोन् आरे । थेराङताबासे ज्यार्दी ग्योअीरीन् ताम थान्ला । (सबै कुरा तामाङ भाषामा राख्न मलाई राम्रोसँग आउँदैन, यहाँ सबैले तामाङ भाषा बुझ्नेहरू पनि हुनुहुन्न । यसैले म खस भाषामै कुरा राख्छु ।)

साँच्चिकै भाषामा राम्रो दखल नहुने र सहभागीहरूलाई सकस पर्ने अवस्थामा त वक्ताहरूको तर्क उचित नै हो । तर तामाङ भाषामै आफ्नो भनाइ राख्दा पनि केही फरक नपर्ने सभा समारोहमा समेत वक्ताहरू यसरी केही न केही वहाना निकाल्ने गर्छन् । कतिपय वक्ताहरू प्रस्तुतिका लागि भाषा राम्रोसँग नजानेको अभिनय पनि गर्छन् । एउटा न एउटा वहाना गर्छन् । मातृभाषा बोल्नबाट पन्छिन खोज्छन् । अनि नेपालीमा बोल्न हतार गरिहाल्छन् ।

नेपाली भाषामा गजबले बोल्न जान्नुमा गर्व गर्ने र त्यसलाई आफ्नो बडप्पन ठान्ने मनोविज्ञान हाबी छ । तामाङ सङ्घ संस्थाहरूको कार्यालयमा, बैठक, छलफलहरूमा तामाङ भाषाले स्थान नपाउनु त सामान्यजस्तै देखिन्छ । यो विषयमा खासै चर्चा पनि हुने गरेको देखिन्न । सबैजसो तामाङ संस्थाको विधान, माइन्युट, मुखपत्रलगायत अन्य प्रकाशन सामग्री नेपाली भाषामै लेखिन्छ । छापिन्छ । औपचारिक बैठकहरू नेपाली भाषामै सन्चालन हुन्छ । आनन्दले नेपाली भाषामै सबै विषय प्रस्तुत, टिपोट गर्ने परिपाटी स्थापित छ । तामाङ भाषा साहित्यसँग गाँसिएका कतिपय कार्यक्रमहरूमा समेत नेपाली भाषा बोल्ने गरेको दृष्य त अनौठो लाग्नै छाडिसकेको छ ।

तथ्याङ्कहरूले तामाङ भाषालाई अहिलेसम्म सुरक्षित भाषा, लेख्य परम्परा विकास भएको भाषाको दर्जामा उल्लेख गरेको छ । आधुनिकता र सहरीकरणको नाममा अहिलेकै दरमा भाषा बोल्न हिच्किचाउने रोग फैलँदै गयो भने यो भाषा कहिलेसमम कति सुरक्षित रहन सक्ला ? घोत्लिनुपर्ने प्रश्न यो हो । यसै पनि २०५८ को जनगणनाको तुलनामा २०६८ मा तामाङ वक्ताको सङ्ख्या घटेर ९२ बाट ८८ प्रतिशतमा झरेको थियो । अब हुने जनगणनामा घट्ने अनुमान स्वतः लगाउन सकिन्छ ।

भाषा, साहित्य, संस्कृतिको संरक्षण तथा उत्थानका लागि संस्था खोल्ने, अभियान चलाउने, विभिन्न गतिविधि सन्चालन गर्ने, अनि प्रयोगमा सोहीअनुसारको तत्परता नदेखाउने, बोल्नै धक मान्ने । यो असङ्गतिपूर्ण शङ्खला कतिन्जेल तन्काइरहने ? न बोलिन्छ, न लेखिन्छ । अनि कसरी हुन्छ भाषा संरक्षण र विकास ? सरोकारवालाहरू यसमा गम्भीर हुनु आवश्यक छ । अब यो विषयमा व्यापक बहस गर्नु आवश्यक छ । नयाँ चिन्तनको थालनी गर्न ढिलै भइसकेको छ ।

हिजोको अवस्था बेग्लै थियो । राज्यको चरम विभेदका कारण कतिपय समुदाय जातै चिनाउन डराउँथे । अपहेलित हुनुपर्ने भयले सकेसम्म जातै लुकाउँथे । राज्य नै ‘एक भाषा, एक संस्कृति’ को पक्षमा उभिएपछि धेरै भाषा पेलाईमा परे । आफ्नो परिचय नै लुकाउने मनोविज्ञानको निर्माण भयो । यस्तो अवस्थामा भाषा बोल्न सक्ने अवस्था पक्का पनि थिएन । क्रमशः तामाङ भाषा नबोल्नु र नजान्नुमै शान, मान, इज्जत ठान्ने गलत सोचको विकास भयो । आफ्नो मौलिक भाषा उच्चारण गर्नै अप्ठेरो मान्नुपर्ने यो कति पीडादायी कुरा छ । यो बेला त्यस्तो होइन भन्ने पनि सबैले बुझेकै पक्ष हो । फेरि पनि फूर्तिले जानेको भाषा बोल्न किन हिच्किचाहट ? यसका लागि पनि ठूलै हिम्मत जुटाउनै पर्ने हो र ?

दैनिक बोलीचालीमा झुण्डिएको अवस्थामा मात्र कुनै पनि भाषा जीवित रहन सक्छ । त्यो भाषामा प्राण रहन सक्छ । बोलीमा नरहेपछि भाषामा प्राण रहन सक्दैन । मृतभाषामा परिणाम हुनु त्यसको नियति बन्छ । भाषा जीवित रहनुको पहिलो सर्त नै बोलीचालीमा यसको अस्तित्व देखिनु हो । अन्यथा राज्यले जतिसुकै लगानी गरे पनि भाषा जीवित रहन नसक्ने उदाहरण त संस्कृत भाषा नै छ । समृद्ध भाषा, धेरै भाषाहरूको जननी भाषा भनिएपनि संस्कृत आज मृतभाषाका रूपमा दर्ज हुन पुगेको छ । विश्व विद्यालय नै स्थापना गरेर करोडौं लगानी गर्दा पनि यो भाषा आज कसैको बोलीचालीमा छैन ।

हो, भाषा बोल्न जानेर र बोलेर मात्रै केही हुन्न । त्यसको उपादेयता के कस्तो रहन्छ भन्ने कोणबाट यसको महत्व हेर्न सकिन्छ । अहिलेको नयाँ परिवेशमा त्यसले कुनै अवसर सिर्जना गर्न सक्दैन भने किन जोड दिने ? किन महत्व दिने ? यो सवाललाई पनि नजरअन्दाज गर्न मिल्दैन । संस्कृति र सभ्यतासँगसँगै जीवन पनि चल्नुपर्छ । बाँच्ने परिवेशको निर्माण हुनु आवश्यक हुन्छ । त्यसका लागि भरपर्दो पूर्वाधारहरू निर्माण गर्न सक्नुपर्छ । अनि मात्रै भाषाप्रतिको लगाव बढ्नेछ । झुकाव वृद्धि हुनेछ । वक्ताहरू उत्साहित हुनेछन् । यसका लागि राज्यले सोही बमोजिमका नीतिहरू ल्याउनुपर्छ । आवश्यक नीति तथा कार्यक्रम ल्याउन समुदायका तर्फबाट निरन्तर दबाब दिइरहनुपर्छ ।

जाने पनि भाषा नबोल्नु, बोल्नैपर्ने ठाउँमा नबोल्नु भनेको त आफ्नो भाषाको अपमान हो, अपराध हो । ठाडो अवमूल्यन हो भनेर किन नबुझ्ने ? भाषालाई मृत्युको दिशामा धकेल्ने प्रवृत्ति मौलाइरहेको यो सत्यलाई आत्मसात् गर्न कहिलेसम्म पर्खिने ? भाषालाई बचाउने, व्यापक बनाउने र यसको सम्मान अनि गौरव कायम राख्ने हो भने अब भाषाप्रतिको हाम्रो सोच र व्यवहारमा परिवर्तन ल्याउनैपर्छ ।

राज्यलाई मात्र धारे हात लगाएर केही हुन्न । भाषा सकिनु भनेको समुदायको सभ्यता, संस्कृति, इतिहास, पहिचान सबै सिद्धिनु हो । आज संसारमा यति धेरै भाषाहरू बचाउन नसकेको भए सायद मानवजातिले आफ्नो इतिहास र सभ्यताबारे धेरै कुरा थाहा पाउने अवस्था रहने थिएन । भाषाकै कारणले हजारौं हजार वर्ष अगाडिको इतिहास पनि सरसर्ती अध्ययन गर्न सकिएको हो । यसैले भाषा आजसम्म मानवजातिले प्राप्त गरेको सबैभन्दा सुन्दर उपहार हो । सामाजिक सम्बन्ध र व्यवहारको आदानप्रदान भाषाकै कारण सम्भव भएको हो ।

तथ्याङ्कहरूले तामाङ भाषालाई अहिलेसम्म सुरक्षित भाषा, लेख्य परम्परा विकास भएको भाषाको दर्जामा उल्लेख गरेको छ । आधुनिकता र सहरीकरणको नाममा अहिलेकै दरमा भाषा बोल्न हिच्किचाउने रोग फैलँदै गयो भने यो भाषा कहिलेसमम कति सुरक्षित रहन सक्ला ? घोत्लिनुपर्ने प्रश्न यो हो । यसै पनि २०५८ को जनगणनाको तुलनामा २०६८ मा तामाङ वक्ताको सङ्ख्या घटेर ९२ बाट ८८ प्रतिशतमा झरेको थियो । अब हुने जनगणनामा घट्ने अनुमान स्वतः लगाउन सकिन्छ ।

अर्कोतिर विद्यालय शिक्षाका कारण पनि भाषा छाड्ने, घरपरिवारमा साना बालबालिकालाई आमाको काखमै मातृभाषा नसिकाउने संस्कार हुर्किरहेको छ । मातृभाषाको ज्ञानबाट अलग्याएर नयाँ पुस्ता हुर्काउने प्रतिस्पर्धा समुदायमा चलिरहेको छ । विद्यालयमा नेपाली भाषा र अङग्रेजी भाषा कमजोर हुन्छ भन्ने गलत बुझाइ व्याप्त छ । विद्यालयको शिक्षण प्रणालीमा व्यापक सुधार ल्याउन नसकेसम्म अभिभावकहरूमा छाएको यो चिन्तन हटाउन सकिने छाँटकाँट तत्काल देखिँदैन ।

राष्ट्रिय तथा मूल संस्था भएकाले भाषाका लागि कतिपय नौलो कामको थालनी नेपाल तामाङ घेदुङले गर्नु आवश्यक छ । भाषाको सन्दर्भमा घेदुङले धेरै काम गर्न सक्छ । कम्तिमा उसले आफ्नो कार्यालयमा प्रवेश गरिसकेपछि तामाङ भाषा अनिवार्य गराउनुपर्छ । कार्यालय सन्चालनका लागि दैनिक पुग्ने पदाधिकारीहरूले तामाङ भाषामै संवाद गर्ने अभ्यास र संस्कार बसाल्न ढिला भइसकेको छ । तामाङ भाषा बिलकूल नजान्नेसँग बाहेक कार्यालयमा आइपुग्ने प्रत्येक व्यक्तिसँग तामाङ भाषामै संवाद गर्नुपर्छ । उसले औपचारिक बैठकहरू तामाङ भाषामै सन्चालन गर्ने, तामाङ भाषामै बैठकका माइन्युट उतार्ने गर्न सक्छ । यस्तो परिपाटी देशभरिका इकाई समितिहरूमा अनिवार्य लागू गर्न निर्देशन दिँदा थप तरङ्ग देखिन सक्छ । आफ्नो नियमित प्रकाशनहरूलाई तामाङ भाषामै प्रकाशन गर्ने र वितरण गर्नसक्छ । अनिवार्य गर्ने हो भने भाषा नजान्नेले बोल्नैपर्छ । नजाने पनि उसले निश्चित समयभित्र जसरी पनि सिकेर बोल्नैपर्ने हुन्छ । ‘भाषा जानेको छैन’ भन्दैमा छुट दिने परम्परा अब तोडिनुपर्छ ।

जाने पनि भाषा नबोल्नु, बोल्नैपर्ने ठाउँमा नबोल्नु भनेको त आफ्नो भाषाको अपमान हो, अपराध हो । ठाडो अवमूल्यन हो भनेर किन नबुझ्ने ? भाषालाई मृत्युको दिशामा धकेल्ने प्रवृत्ति मौलाइरहेको यो सत्यलाई आत्मसात् गर्न कहिलेसम्म पर्खिने ? भाषालाई बचाउने, व्यापक बनाउने र यसको सम्मान अनि गौरव कायम राख्ने हो भने अब भाषाप्रतिको हाम्रो सोच र व्यवहारमा परिवर्तन ल्याउनैपर्छ ।