पहिलो समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघ ढल्दै गरेको बेला काठमाण्डौमा नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन हुँदै थियो । राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीको अगुवाईमा नेकपा (एमाले)को कार्यक्रम जनताको बहुदलीय जनवाद पारित भयो । यस कार्यक्रमले राष्ट्रिय हित, सुरक्षा र देशभक्ति, वहुलवाद र प्रतिस्पर्धात्मक राजनीति, कानूनको शासन र सुशासनलाई विशिष्ट विशेषताका रुपमा अंगिकार ग¥यो । यसैको राजनीतिक र संगठनात्मक मार्गनिर्देशनमा नेकपा (एमाले) निरन्तर सुदृढ हुँदैगयो । छैठौं राष्ट्रिय महाधिवेशन लगत्तै २०५४ मा नेकपा (एमाले) मा विभाजन भएपनि यो पार्टी, नेकपा (माओवादी) र राज्यका बीचको हिंसात्मक द्वन्द्व र निरंकुशतन्त्रद्वारा सिर्जित प्रतिकूल स्थितिमा पनि संगठनात्मकरुपमा क्रियाशील रहँदै देशव्यापीरुपमा सशक्त रुपमा सक्रिय रह्यो । २०७५ साल जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना पश्चात् भने यो पार्टी आन्तरिक अन्तरविरोध र मतभेदको भुमरीमा पर्नथाल्यो ।

उच्च कार्यकारी अधिकारयुक्त तथा संस्थापन पक्ष मानिने नेतृत्वदायी व्यक्तिहरु नै चरम गुटबन्दीमा निर्लिप्त भएको देखियो । एकीकरण हुुनु पूर्व दुई पार्टीले एकताबद्ध हुने घोषणाका साथ चुनावमा संयुक्त उम्मेदवारी दिएर केन्द्रमा झण्डै दुई तिहाईको सरकार र सात प्रदेश मध्ये ६ प्रदेशमा बहुमतको सरकार सञ्चालन गर्ने महत्वपूर्ण ऐतिहासिक अवसर प्राप्त भएपनि त्यसको पूर्ण सदुपयोग हुनसकेन । नेपाल कम्युनिष्ट पार्टीमा विगतमा देखिएका फुटका श्रृंखलाहरुलाई अब दोहोरिन दिइने छैन भन्ने नेतृत्वका बाचाहरु पानीको फोका जस्तै भए । जनताले ठूलो विश्वास र भरोसाका साथ दिएको मतको संरक्षण गर्दै जनआकांक्षा पूरा गर्नेतर्फ दत्तचित्तका साथ लाग्नुपर्नेमा पार्टीको उच्च तह सचिवालयमा पद र अवसरको भागबण्डाबाहेक राष्ट्रिय तथा संगठनात्मक महत्वका विषयमा गम्भीर छलफल हुने तत्समम्बन्धमा सुविचारित निर्णय लिने काम हुनसकेन । पार्टीको विधान, पद्धति, कार्यक्रम र सिद्धान्तलाई सत्ता र शक्तिको बलिवेदीमा आहुति दिइयो । यस्तो स्थितिमा परिवर्तन गर्दै नेताहरुको बीचमा समझदारी गरी पार्टी एकता बचाउनको लागि २०७७ साल साउन ३० गते कार्यदल गठन भयो र त्यसले भदौ ६ गते प्रतिवेदन प्रस्तुत ग¥यो । प्रतिवेदनलाई भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले अनुमोदन ग¥यो र त्यसको कार्यान्वयनका लागि भदौ २९ गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशन–५ जारी भयो । तर नेतृत्वले नै उक्त निर्देशनको अवज्ञा ग¥यो ।

स्थायी कमिटीबाट सर्वसम्मत निर्णय भई जारी अन्तरपार्टी निर्देशनमा “हामी पार्टीभित्रको तिक्ततापूर्ण अन्तरविरोधलाई व्यवस्थापन गर्न, पार्टी एकताको रक्षा गर्न र पार्टीलाई राष्ट्रिय अभिभारामा केन्द्रित गर्न समर्थ भएका छौं” भनी गरिएको घोषणालाई लत्याइयो ।  प्रतिनिधि सभा दुई–दुई पटक विघटन भई पार्टीलाई मत दिने जनतामा आघात पुग्यो । सत्ता स्वार्थका लागि जोसंग साठगाँठ गरेपनि हुने, जस्तो गठबन्धन गरे पनि हुने, जेगरे पनि हुने र जे भने पनि हुने अत्यन्त गलत प्रवृत्ति नेतृत्व तहमा नै झांगिदै गयो । फलस्वरुप  तीन बर्ष पुग्दानपुग्दै २०७७ साल फागुन २३ गते, सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन भई नेकपा (एमाले) पुनर्जीवित भएपछि यस पार्टीलाई फेरी सुसंगठित रुपमा अगाडि बढाउने दायित्व नेतृत्वमा आएको थियो । तर त्यसो नभई पार्टीमा पुुनः नयाँ चरण र स्वरुपको मतभेद, विवाद र समस्या उत्पन्न भयो र अन्तरविरोध चर्कदै गयो । त्यसको समाधानका लागि शीर्ष नेतृत्व तहको सहमति अनुसार गठित कार्यदलले २०७८ साल असार २७ गते पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन १०–बुँदे सिफारिश प्रतिवेदन तयार गरी नेतृत्व समक्ष प्रस्तुत ग¥यो । सहमतिको कार्यान्वयनका लागि अनेकौं प्रयास र वार्ता  भए । यी सबै प्रयास र वार्ता शीर्ष तहमा कायम नेतृत्वको टकरावका कारण सार्थक हुन सकेनन् । यसरी पटक–पटक पार्टीको विधि, पद्धति र एकता कायम गर्न गरिएका निर्णय र प्रयासलाई निरर्थक बनाइयो ।

परिणामस्वरुप पुनर्जीवित नेकपा (एमाले) बाट पनि २०७८ साल साउन १० गते एउटा पंक्ति फुटेर नयाँ पार्टी स्थापना गर्ने बाटोमा लाग्यो । संघीय सरकार र सबै प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरियो । कसैको पनि योग्यता, क्षमता र दक्षता समस्याहरुको समाधान, अन्तरविरोधहरुको व्यवस्थापन गर्दै फराकिलो सोचका साथ राष्ट्र, जनता र पार्टीलाई एकताबद्ध तुल्याउने तथा प्राप्त उपलब्धिहरुको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्नेमा प्रकट हुन्छ भन्ने कुरा विचारणीय छ ।

​फुटेर गएको समूहले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) समेतसंग सहकार्य गर्दै प्रदेश सरकारमा सहभागिता कायम ग¥यो । पाँचदलीय गठबन्धनबाट बनेको सरकार र सहकार्य निर्वाचनमा समेत जारी राख्ने कुरा गर्दै समन्वय समिति बनाइएको कुरा सार्वजनिक भएको छ । यस्ता राजनीतिक घटना र परिघटनालाई नेकपाको विघटन र नेकपा (एमाले) मा उत्पन्न समस्या र फुटको असरको सन्दर्भमा समेत राखेर विश्लेषण गर्र्नुुपर्दछ । कहाँ, कसको र कुन किसिमको त्रुटि, कमी र कमजोरीबाट उक्त किसिमको अप्रिय तथा देश र जनताको लागि नोक्सानदायी परिस्थितिको सिर्जना भयो भन्नेतर्फ ठण्डा दिमाग र आग्रहरहित किमिसले सोच्नु र विश्लेषण गर्नु आवश्यक छ ।

उपर्युक्त पृष्ठभूमि र परिस्थितिमा हुनगइरहेको नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशन पार्टीलाई एकताबद्ध, सुसंगठित र समयका चुनौतीहरुको सामना गर्नसक्ने गरी क्रियाशील तुल्याउन अत्यन्त महत्वपूर्ण छ । गत असोज महिनामा सम्पन्न विधान महाधिवेशनबाट पार्टीको विधान लगायतका राजनीतिक र संगठनात्मक दस्तावेजहरु पारित भएपनि त्यसमा उल्लेखित विषयहरुलाई प्राथमिकिकरण  गर्दै कार्यान्वयन गर्न तद्नुकूलको नेतृत्व अपिरहार्य हुन्छ भन्ने अुनभवहरुबाट सिद्ध कुरा हो । यस अर्थमा नेतृत्व चयनको विषय दीर्घकालिन महत्व राख्दछ । यस्तो यथार्थलाई मनन गरी महाधिवेशनलाई पार्टीको आन्तरिक एकता, पारस्परिक विश्वास र समझदारी स्थापित गर्ने अवसरका रुपमा लिनु बुद्धिमानी हुन्छ । तर पार्टी एकताको लागि भएको १०–बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि केन्द्रीय कमिटीको निर्णय बमोजिम जारी अन्तरपार्टी निर्देशन–१२ जसरी लागु हुनुपर्ने हो त्यसरी लागु नहुँदा उक्त किसिमको एकता, विश्वास र समझदारी स्थापित हुनमा व्यवधान सिर्जना हुनसक्ने आशंका विद्यमान छ । यसले आगामी स्थानीय र आम निर्वाचनमा विपक्षीहरुसंगको प्रतिस्पर्धामा मात्र होइन पार्टी पंक्तिलाई सैद्धान्तिक, संगठनात्मक र भावनात्मकरुपमा एकजुट बनाई संगठनको विस्तार र सुदृढिकरण गर्दै फुट र विभाजनको दुस्चक्रबाट जोगाउने र बाञ्छित प्रतिफल हासिल गर्ने काममा समेत कुप्रभाव पार्नसक्छ ।

नेकपा (एमाले) ले आन्तरिक रुपमा उपर्युक्त प्रकारको समस्या सामना गरिरहेको बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिका तरंगहरु पनि प्रतिकूल प्रकृतिका देखिदैछन् । देशभित्र कार्यपालिका अस्थीर हुने, व्यवस्थापिका निस्क्रिय रहने र न्यायपालिका आन्तरिक द्वन्द्व, अराजकता र नैतिक मूल्यबाट स्खलित हुने स्थिति देखिएको छ । शक्ति पृथकिकरण तथा संविधान र लोकतन्त्रका कतिपय स्थापित मूल्य–मान्यताहरु भत्किदै वा भत्काइदै छन् । राज्य र राजनीतिमा भ्रष्टाचार, अनियमित र स्वेच्छाचारी क्रियाकलाप बढिरहेका छन् ।  राजनीतिक दलहरु मतभेद, फुट र द्वन्द्वको कुचक्रमा फँसिरहेका देखिन्छन् । कानूनी शासन र राष्ट्रिय हित अनुकूल समग्र राज्य संयन्त्र परिचालिन हुुनुपर्ने सन्दर्भमा गम्भीर विचलन र समस्या प्रकट भइरहेका छन् । जनताको दैनिक जीवन र सरोकारका विषयको सम्बोधन गर्नेभन्दा राज्य र राष्ट्रिय राजनीति स्वार्थपरक मतभेद र अन्तरविरोधमा रुमलिरहेझैं देखिन्छ । यही स्थितिमा देशका भूभागहरु वाह्य अतिक्रमणमा परेका छन् ।

नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक र शैक्षिक क्षेत्रमा वाह्य घुसपैठ र हस्तक्षेप बढिरहेको छ ।नेपालको छरछिमेक र अन्तर्राष्ट्रिय राजनीति तथा परिवेशमा गम्भीर फेरबदल एवम् शक्ति संघर्षका संकेत र परिणामसमेत देखापर्न थालेका छन् । एशिया–प्रशान्त क्षेत्र सामरिक र आर्थिक दुबै दृष्टिले शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा तथा शक्ति विस्तारको क्षेत्र बन्दै गइरहेको छ । यसको प्रभाव नेपालको राजनीति, अर्थतन्त्र र सुरक्षा प्रणालीमा समेत पर्नथालेको  देखिन्छ । शक्ति राष्ट्रहरुले आफु बीचको तीव्र प्रतिस्पर्धा र द्वन्द्वमा नेपाललाई उपयोग गर्न विकास, सुरक्षा र सहयोगका विभिन्न रणनीतिक र कार्यनीतिक तुरुपहरु प्रयोग गरिरहेको देखिन्छ । यसलाई नेपालको आन्तरिक राजनीतिक खिचातानी र स्वार्थपरक खेलले प्रश्रय दिइरहेको छ । फलस्वरुप नेपालको अस्मीता र हितको दीर्घकालीन सुरक्षामा समेत खतरा उत्पन्न हुनसक्ने देखिदैछ । यस्तो स्थितिमा नेपालको बारेमा नेपाल सरकार तथा नेपाली जनताले स्वयं सोच्ने एवम् निर्णय गर्ने सार्वभौम अधिकार तथा मान्यतामा धक्का लागिरहेको छ र अझ बढी आघात पुग्नसक्ने देखिदैछ । यस्तो स्थिति  देश र जनताको लागि अत्यन्त हानिकारक हुने भएकोले यसप्रति गम्भीर भएर सोच्नु आवश्यक छ ।

कोरोना महामारी (कोभिड–१९) ले अर्थतन्त्र र जनजीवनमा पारेको असर, प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या, बढ्दो वेरोजगारी, महंगी जस्ता समस्यासंग जुझ्नको लागि ठोस नीति, कार्यक्रम र निर्णयका साथ राष्ट्रिय शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने चुनौती देशका सामु छ ।

उपर्युक्त परिस्थितिलाई गम्भीर रुपमा मनन गर्दै मैले नेकपा (एमाले) को एकता कायम गर्न कार्यदलमा सक्रियता र इमान्दारीका साथ काम गरें । पार्टीमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्न कार्यदलको १०–बुँदे सिफारिश प्रतिवेदनको कार्यान्वयनमा जोड दिएँ । मेरो यस्तो दृष्टिकोण झण्डै ५० बर्षको राजनीतिक जीवनमा विद्यार्थीकाल देखि पार्टीको बुद्धिजीवि क्षेत्र हुँदै केन्द्रीय कमिटी तथा संसदीय क्षेत्र एवम् सरकारमा जिम्मेवारी वहन गरिरहँदा जहिले पनि राष्ट्रिय एकता, पार्टीको आन्तरिक एकता, अन्तरविरोध र द्वन्द्व व्यवस्थापनमा राख्दै आएको रुचि र खेल्दै आएको भूमिकाको निरन्तरता हो ।

नेकपा (एमाले) मा पछिल्लो समय उत्पन्न अन्तरद्वन्द्वको व्यवस्थापनका लागि पनि मैले पार्टी अध्यक्ष र अन्य नेताहरुसंग अनेकौं पटक वार्ता गर्नुका साथै मध्यस्थको समेत भूमिका निर्वाह गरें । तर आफ्नो अख्तियारीको सीमाबन्धन र निर्णयाधिकारी अरु नै भएकाले बाञ्छित परिणाम हासिल गर्न सकिएन । तर  पार्टीले थप क्षति व्यहोर्नु नपरोस् तथा राष्ट्रिय राजनीति र देशको लागि गर्नुपर्ने कर्तब्य पूरा गर्न नेकपा (एमाले) सक्षम बनिरहोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरुलाई वेवास्ता गर्दै म पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको छु । यो कुनैपनि प्रकारको व्यक्तिगत स्वार्थ नराखी जनता र देशको उज्यालो भविष्य र सुरक्षाको एकमात्र लक्ष्य हृदयमा राखेर नै सम्भव भएको थियो । तर समाज र राजनीतिका कतिपय कुराहरु व्यक्तिको इच्छा वा आकांक्षाभन्दा स्वतन्त्ररुपमा अगाडि बढ्छन भनेझैं नेकपा (एमाले) भित्रका कतिपय आयामहरु देश, जनता र पार्टीको वृहत्तर हितका लागि मैले सोचे अनुरुप भएनन् र भइरहेका छ्रैनन् । तर यसबाट मैले उदासिन, उत्तेजित, निराश, हतोत्साही र निस्क्रिय हुने कुरा हुनसक्दैन । किनकि सिद्धान्तनिष्ट, विधि र पद्धतिसम्मत किसिमले सञ्चालित तथा जनता र देशको सर्वोपरी हितमा समर्पित सशक्त नेकपा (एमाले) केवल मेरो मात्र चाहना र सरोकारको विषय होइन, सिंगो पंक्ति र सबै देशभक्त लोकतन्त्रप्रेमी नेपालीहरुको चाहना र सरोकारको विषय हो ।

अतः यस पार्टीको सिर्जना, विकास, विस्तार र प्रगतिमा म लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यहरुले बगाएको पसिना सधैं सार्थक बनिरहोस् भनेर पार्टी केन्द्रीय कमिटीको उपाध्यक्षको हैसियतले गम्भीर भएर सोच्नु र दृढ प्रयत्न गर्नु मेरो पनि कर्तब्य हो । त्यसैले देश, जनता र पार्टीका सामु आज भएका र भोलि आउनसक्ने चुनौतीहरुको सामना गर्न, सबै सकारात्मक सम्भावनाहरुलाई उद्घाटित गर्दै वर्तमान प्रतिस्पर्धि विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमको लागि प्रसिद्ध जनताको मातृभूमि नेपाललाई शीर ठाडो गरी समृद्धिको पथमा अग्रसर रहने तुल्याउन पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु । मैले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको छु । यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा  (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ः

क) उद्देश्य र लक्ष्य

१) राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, एकता, स्वाधीनता, स्वाभिमान र समृद्धिको लागि समग्र राजनीतिलाई दिशा दिने र राष्ट्रिय शक्तिका सबै स्रोतहरुलाई त्यसतर्फ अभिमुख गराउने ।

२) जनताको बहुदलीय जनवादका स्वच्छ प्रतिस्पर्धा लगायत राष्ट्रियता, समाजवाद र जनजीविकासंग सम्बन्धित उद्देश्य र लक्ष्य हासिल गर्न योगदान पु¥याउने । नेपालको संविधानले समेत आत्मसात् गरेको समाजवाद उन्मुख प्रणालीको प्राप्तिका लागि उत्पादनका साधन र उत्पादन प्रणालीलाई तद्नुकूल तुल्याउन तथा दलाल नोकरशाही पूँजीवादको चंगुलबाट जनता र देशलाई मुक्त गर्न भूमिका निर्वाह गर्ने ।

३) पार्टीको वैचारिक, राजनीतिक र नीतिगत धरातललाई अझ स्पष्ट र समय सापेक्ष बनाउनुका साथै आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पद्धतिसंगत संचालनमा नेतृत्व प्रदान गर्ने । पार्टी गुट र उपगुटहरुबाट ग्रस्त रहने स्थितिलाई परिवर्तन गरी विषयवस्तु तथा गुण र दोषको आधारमा धारणा र मत प्रकट गर्नसक्ने स्थिति निर्माण गर्ने । पार्टीमा देखिएका अन्तरविरोध र समस्याहरुको निराकरण गरी अन्य वामपन्थी दल, समूह र व्यक्तिहरुसंगको सहकार्यको वातावरण सिर्जना गर्ने । पार्टी एकीकरणदेखि नेकपाको विघटन, नेकपा (एमाले) मा उत्पन्न फुट तथा सरकार निर्माण र बर्हिगमन लगायतका राजनीतिक घटना र प्रभावसमेतको बस्तुनिष्ट समीक्षा गर्दै प्राप्त शिक्षालाई ग्रहण गर्ने ।

४) राष्ट्रिय एकता तथा वामपन्थी पार्टी र समूहहरु बीचको एकता तथा पारस्परिक समझदारीमा अभिबृद्धि गरी राष्ट्रिय राजनीतिलाई देश र जनताको सर्वोपरी हितमा केन्द्रित गर्ने । लोकतान्त्रिक पार्टी र व्यक्तिहरु बीच देश र जनताको वृहत्तर हितका सम्बन्धमा समझदारी, सहकार्य र एकता कायम गर्न भूमिका खेल्ने ।

५) पार्टीपंक्तिको सैद्धान्तिक, वैचारिक चेतना र ज्ञानलाई परिवर्तित राष्ट्रिय र विश्व परिवेश अनुरुप विस्तारित र पुनर्गठित गर्दै समस्या समाधान केन्द्रीत अध्ययन, अनुसन्धान र उपायको खोजीलाई महत्वका साथ अगाडि बढाउने ।

६) पार्टीमा उत्पन्न आन्तरिक अन्तरविरोध, समस्या र असमझदारीलाई व्यवस्थापन र समाधान गरी पार्टीलाई विधि, पद्धति र लोकतान्त्रिक प्रक्रियाबाट सशक्त रुपमा अगाडि बढाउँदै आगामी स्थानीय तथा आम निर्वाचनमा विजयको अग्रपंक्तिमा पु¥याउने ।

७) नेपालको संविधान र जनताको बहुदलीय जनवादको मार्ग निर्देशन अनुरुप संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तहरुलाई आत्मसात् गर्ने स्वतन्त्र एवम् राष्ट्रिय हितमा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति सञ्चालनमा पार्टीको भूमिकालाई सशक्त बनाउने ।

८) राष्ट्रिय र पार्टी राजनीतिलाई देशको विकास र उन्नति तथा जनताको आर्थिक समृद्धिका राष्ट्रिय हित अनुकूलका सबै सम्भावनाहरुको खोजी र सदुपयोगको दिशातर्फ डो¥याउने । केन्द्रदेखि स्थानीय तहसम्म भइरहेको भ्रष्टाचार र बेथिति एवम् राजनीति र राज्य सञ्चालनमा व्याप्त भ्रष्टाचारका विरुद्ध कानूनी तथा जनमत परिचालन दुबै किसिमले अभियान चलाउने ।

९) कोरोना विषाणुको महामारीबाट सिर्जित आर्थिक समस्याको समाधान तथा आर्थिक पुनरुत्थानका लागि  ठोस कार्यक्रम र योजनालाई अगाडि बढाउने ।

१०) जलवायु परिवर्तनका कारण अत्यन्त जोखिमयुक्त नेपालको अवस्थालाई गम्भीर रुपमा लिई त्यसबाट उत्पन्न हुने प्राकृतिक विपत्तिको न्यूनिकरण र सामना गर्नेतर्फ राष्ट्रिय जागरण सिर्जना गर्नुका साथै पार्टी र  समग्र राष्ट्रिय राजनीतिलाई दिशा निर्देश गर्ने ।

११) विगतमा भएका राष्ट्रिय हित प्रतिकुलका र असमान सन्धि–सम्झौताहरुको पुनरावलोकन गरी तिनको खारेजी वा विस्थापनको लागि ठोस योजनाका साथ काम गर्ने । नेपालको संविधान नागरिकतासम्बन्धी कानून ल्याउन तथा गैर नेपालीहरुलाई नागरिकता बाँडेर जनसंख्याको राजनीतिद्वारा नेपालको अस्मिता र स्वाधीनतामा आँच पु¥याउने कार्यलाई रोक्न अग्रसर रहने ।

१२) नेपालको कूटनीतिक क्षमता वृद्धिलाई राष्ट्रिय विकास र सुरक्षाको  महत्वपूर्ण क्षेत्रको रुपमा उच्च महत्व दिई त्यसका लागि सबै सम्भव उपाय र स्रोतको सदुपयोग गर्ने ।

ख) मान्यता

१) वर्तमान विश्वका अधिकांश सार्वभौम र स्वतन्त्र देशका राजनीतिक दल र नेताहरुले आफ्नो राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र हितलाई सर्वोपरी राखे झैं नेपाल सरकार, राजनीतिक दल र नेताहरुले राष्ट्रिय स्वाधीनता, स्वाभिमान, सुरक्षा र हितलाई सर्वोपरी राखेर काम गर्ने । नेपालको संविधान, मौलिक सभ्यता, संस्कृति र इतिहासको संरक्षण र संवद्र्धन गर्नेे ।

२) जनशक्ति लगायत देशको सबै साधन र स्रोतलाई राष्ट्र हितमा पूर्ण सदुपयोग र परिचालन गर्ने । आफ्नो देश र जनताको हितको पक्षमा उभिदा कोही खुसी नहोला कि भन्ने मानसिकताबाट पूर्णतः मुक्त रही क्रियाशील रहने । आफ्नो देशको पक्षपोषण गर्नु अरु कसैको विरोध गर्नु वा कसैप्रति अमैत्री हुनु होइन भन्नेमा सबैलाई स्पष्ट तुल्याउने ।

३) इतिहासको उत्तरदानका रुपमा रहेका नेपालको स्वाधीनता, स्वाभिमान र हितमा आँच पु¥याउने असमान सन्धि–सम्झौताबाट मुक्त हुनुका साथै त्यस्ता किसिमका सन्धि–सम्झौता नहुने  र हुन नदिने  दिशामा दृढताका साथ अग्रसर रहने । सबै मित्र राष्ट्रहरुसंग सुमधुर सम्बन्ध कायम गर्न सार्वभौमिक समानता, पारस्परिक हित र सम्मानको दिशामा कुटनीति सञ्चालन गर्ने । राजनीतिक दलहरुका बीच राष्ट्र र जनताको हितका विषयमा साझा धारणाका साथ सहकार्य गर्ने वातावरण निर्माण गर्न र परराष्ट्र नीतिमा समान विचार–दृष्टिकोणका साथ प्रस्तुत हुने स्थिति सिर्जना गर्न भूमिका खेल्ने ।

४) नेपाली जनताको कष्टसाध्य अभ्यासबाट स्थापित नेपालको संविधान लोकतान्त्रिक प्रणालीलाई जनहित, सुशासन, विकास र समृद्धिको दिशामा सञ्चालन गर्ने ।

५) राजनीतिक दललाई देशको कानून तथा दलका घोषित सिद्धान्त, कार्यक्रम, नीति र निर्णयको आधारमा सञ्चालन गर्ने । अधिवेशन र निर्वाचनमा गरिएका बाचा र प्रतिबद्धता विपरीत राजनीतिलाई सत्ता स्वार्थको खेलमा परिणत गर्ने गलत राजनीतिक संस्कृति, आचरण र व्यवहारको अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गर्र्ने ।

६) नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नेकपा (एमाले) क्रियाशील रहेको वर्तमानसम्म पार्टीले अंगिकार गरेको माक्र्सवाद–लेनिनवादलाई नेपालको वस्तुस्थिति अनुरुप सिर्जनात्मक रुपमा लागु गर्ने विषयलाई पुनःपरिभाषित गर्दै समयका चुनौतीहरुको सामना गर्नसक्ने तथा देशको आवश्यकता र जनताको आकांक्षा अनुरुप अगाडि बढ्ने । संसदीय निर्वाचनका सबै मोर्चामा नेकपा (एमाले) लाई राष्ट्रिय हितमा आधारित स्पष्ट दृष्टिकोणका साथ सशक्त रुपमा अगाडि बढाउँदै विजयी बनाउने र केन्द्र, प्रदेश र स्थानीय तहमा बहुमत प्राप्त गरी देशलाई निर्दिष्ट दिशामा दृढताका साथ नेतृत्व प्रदान गर्ने ।

७)  पार्टीलाई विधि, पद्धति, सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको प्रणाली अनुरुप सञ्चालन गर्ने । पार्टी कमिटी र जनसंगठनको सञ्चालन घोषित सिद्धान्त, पद्धति र लक्ष्य अनुरुप गर्ने र अन्तरविरोध तथा समस्याहरुको यथासमयमा समाधान गर्दै संगठनलाई क्रियाशील र सशक्त तुल्याउने । शीर्ष कार्यकारी तहको नेतृत्वपंक्तिबाट नै गुटबन्दी हुने कार्यले पार्टीको शक्ति र प्रभावलाई कमजोर पार्दै अन्ततः फुटको दिशामा धकेल्ने तथ्यको पुष्टि भइसकेकोले गुटबन्दीबाट पार्टीलाई मुक्त गरी यसको समग्र क्षमताको सुदपयोग हुने र विषयवस्तुमा विवेकसम्मत किसिमले छलफल हुने स्थिति निर्माण   गर्ने । निर्णय प्रक्रिया संस्थागत नहुने र केही व्यक्ति–समूह हुँदै व्यक्तिमा केन्द्रित हुने स्थितिको अन्त्य गर्ने ।

८)  व्यक्तिको मूल्याङ्कन र जिम्मेवारी प्रदान गर्ने कार्य, दिइएको जिम्मेवारी बहन गरी प्राप्त गरेको सफलता र उपलब्धि, योग्यता, क्षमता र इमान्दारीको आधारमा गर्ने ।

९) पार्टीको आम सिद्धान्त, कार्यक्रम र नीतिको आधारमा देशभक्तिको भावनका साथ समसामयिक विषयमा स्पष्ट धारणा बनाई त्यसको कार्यान्वयन गर्न अग्रसर रहने । पार्टीले विगतदेखि अवलम्बन गर्दै आएको असमान सन्धि–सम्झौताको खारेजी र परिवर्तन, नेपालको जलस्रोत लगायतका प्राकृतिक स्रोतहरुको नेपालको विकासमा सदुपयोग, नेपालका अतिक्रमित भूभाग र अन्तर्राष्ट्रिय कानून बमोजिम संरक्षण तथा नियमन गर्नुपर्ने सिमानाबारे राष्ट्रको रक्षा र सुरक्षालाई ध्यानमा राख्दै स्पष्ट धारणासहित आम राष्ट्रिय दृष्टिकोणका साथ उपयुक्त पाइला चाल्ने, प्रशासन, सुरक्षा निकाय लगायत राज्यका सबै अंगहरुले राष्ट्रिय हित र स्वाधीनतालाई उच्चस्थानमा राखेर कर्तव्य निर्वाह गर्ने स्थिति सिर्जना गर्न क्रियाशील रहने ।

१०) नेपाल सरकार र अमेरिकी संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संग भएको सम्झौतामा रहेका राष्ट्रिय स्वाधीनता र हितमा आघात पु¥याउने प्रावधानहरु हटाउने र नहटाइने भए  सम्झौता नै खारेज गर्ने । नेपालको हित, स्वाधीनता, परराष्ट्र नीति र सुरक्षामा आघात पु¥याउने प्रावधानहरुलाई  नेपाल सरकार र जनता सामु स्पष्ट किसिमले राख्ने । मूल सम्झौता संगै भएका कार्यान्वयन सम्झौता लगायतका सम्झौताहरु संसद र जनसमक्ष पारदर्शी रुपमा ल्याउन भूमिका   खेल्ने ।

११) विशिष्ट र संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालको तत्कालीन र दीर्घकालीन हित र सुरक्षाप्रति सचेत रहँदै तद्अनुरुप राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन गर्न र त्यस प्रयोजनका लागि सबै किसिमको राष्ट्रिय शक्तिको सुदृढिकरण र परिचालनका लागि क्रियाशील रहने ।

१२) देशको समग्र राजनीति, अर्थतन्त्र (सबै क्षेत्रको विकास रणनीति समेत), संस्कृति र शिक्षालाई राष्ट्रिय विकास र हित अनुकूलको दिशामा अघि बढाउन सशक्त भूमिका निर्वाह गर्न पार्टीलाई नेतृत्व प्रदान गर्ने । पिछडिएका बर्ग, समुदाय र क्षेत्रको उत्थानलाई राष्ट्रिय विकासको महत्वपूर्ण आधारका रुपमा लिदै सबै राष्ट्रिय एकताको आधारलाई बलियो बनाउने ।

१३) सदस्यता वितरण, नविकरण र प्रतिनधि चयनमा पार्टीको विधान, पद्धति, मान्यता र असल परम्परा विपरीत सदस्यहरुको चुन्न र चुनिन पाउने सार्वभौम अधिकार कुण्ठित गर्ने क्रियाकलापहरु पुनः दोहोरिन नदिने । महाधिवेशन हुन ६ महिना अघि सदस्यता प्राप्त व्यक्तिले मात्र प्रतिनिधि चुन्न र चुनिन पाउने लगायतका पार्टी निर्देशन विपरीत प्रतिनिधि चयनको प्रक्रिया आरम्भ हुनु दुई दिन अघिसम्म सदस्यता वितरण गर्ने, प्रतिनिधिको निर्वाचनको प्रक्रिया आरम्भ नगर्ने, कुनै सहमति नभई  र चुनावको काम नै नभई प्रतिनिधिको नाम मनपरी किसिमले घोषणा गर्ने जस्ता पार्टीको मर्यादामा आघात पु¥याई संगठनलाई क्षति पु¥याउने किमिसका क्रियाकलाप हुननदिने ।

१४) मैले कम्युनिष्ट पार्टी र निरंकुश पञ्चायत विरोधी आन्दोलनमा समाहित भएदेखि शान्ति प्रक्रिया, संविधान निर्माण र पार्टी एकताको लागि विभिन्न कार्यमा संलग्न हुँदा निश्चित विचार, आदर्श,     मूल्य–मान्यता, नीति र दृष्टिकोणका साथ आफुलाई उभ्याएको छु । यस्ता विषयहरु प्रति वर्तमान पार्टी पंक्तिका साथै आम जनता तथा भविष्यको पुस्तामा चेतना र सजगताको प्रसारण हुनसकेमा मेरो उम्मेदवारीको सार्थकता रहनेछ । यही सोचका साथ म अगाडि बढेकोे छु ।

१५) पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० बर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष  र देशको प्रधानमन्त्री समेत भई महत्वपूर्ण जिम्मेवारी वहन गरिसक्नु भएको छ । यस क्रममा उहाँले देश र जनताको लागि गर्नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन् । उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो । उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकोले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु । पार्टीमा फुट भएको बेला अरुबाट परिस्थितिको सामना गर्न केही कठिनाई हुन्छ कि भन्ने लागेको भए त्यसबारे ममाथि भरोसा गरी ढुक्क हुन उहाँलाई हार्दिक आग्रह गर्दछु । साथै मैले अध्यक्ष पदको जिम्मेवारी पाएँ भने उहाँको महत्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन म सदा तत्पर रहने छु । अतः मेरो अध्यक्ष पदको उम्मेदवारीलाई सहजरुपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन मप्रति सद्भाव प्रदर्शन गर्नहुन कमरेड केपी शर्मा ओली एवम् सबै नेतृत्व तहमा रहनुहुने कमरेडहरु समक्ष हार्दिक आह्वान गर्दछु ।

माथि उल्लेखित पृष्ठभूमि, लक्ष्य, उद्देश्य र मान्यताको आधारमा नेकपा (एमाले) को नेतृत्व गर्दै यस पार्टीलाई सुदढ र प्रभावकारी तुल्याउने, प्रतिस्पर्धाका सबै मोर्चाहरुमा पार्टीलाई सफल र विजयी बनाउने तथा राष्ट्रिय राजनीतिको प्रमुख चालकको रुपमा अगाडि बढाउने दृढ अठोट गरेको छु । मैले  विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्व दिएको छु तथा कुनै व्यक्ति विशेष प्रति कुनै आग्रह राखेको छैन । पार्टी एकताका लागि १०–बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचार कै पक्षपोषण गरेको हुँ, तिनलाई  परित्याग गरेको छैन वा कहीं समर्पण गरेको छैन । कुनैपनि पनि इमान्दार पार्टी नेताले त्यसो गर्नपनि सक्दैन । यही विचार र मान्यता अनुरुप नै मैले आफ्नो उम्मेदवारीको घोषणा गरेकोे छु । अतः केन्द्रीय कमिटीको अध्यक्ष पदमा मेरो उम्मेदवारीप्रति सहयोग र समर्थनका लागि  नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आह्वान गर्दछु । अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल  नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु ।

(आइतबार एमाले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्न आयोजित कार्यक्रममा उपाध्यक्ष भीम रावलले राखेको लिखित धारणा)

 

Comments

comments