बीबीसी 
तपार्इंहरूले महात्मा गान्धीको फोटाहरू ध्यान दिएर हेर्नुभएको छ ? धेरै जस्तो फोटाहरूमा गान्धीको नजिक धेरै मानिसको भीड देखिन्छ ।

यो भीडमा केही नामहरू यस्ता मानिसका छन्, जसलाई भारतका हरेक नागरिकले थाह पाएको छ । यसमा जवाहरलाल नेहरू, सरदार पटेल अथवा कस्तुरबा गान्धी ।
तर गान्धीको नजिको यस भीडमा केही यस्ता पनि छन्, जसको बारेमा भारतमा धेरै कम मानिसलाई थाह छ ।

हामी यहाँ केही यस्ता महिलाहरूको बारेमा जानकारी दिन्छौँ, जुन मोहनदास करमचन्द गान्धीको विचारका कारण उनीसँग धेरै नजिक भए ।

यी महिलाहरूको जिन्दगीमा गान्धीको गहिरो असर पर्यो र जुन बाटोमा महात्मा गान्धी हिँड्न सुरु गरेका थिए, यी महिलाहरू पनि त्यही बाटोमा हिँडेर आआफ्नो जीवनमा अगाडि बढे ।

१ मेडलीन स्लेड ‘मीराबेन ’१८९२–१९८२

मेडेसलिन बेलायती एडमिरल सर एडमन्ड स्लेडकी छोरी हुन् । माथिल्लो तहको बेलायती एक अफिसरकी छोरी हुनको कारणले उनको जीवन अनुशासनमा बित्यो । मेडेलिन जर्मन पियानिस्ट र सङ्गीतकार बिथोवनलाई सारै मन पराउँथिन् । यसकारण उनी लेखक र फ्रान्सिसी बुद्धिजीवी रोमैन रौलेन्डको नजिक भइन् ।

यिनै रोमैन रौलेन्डले केवल सङ्गीतमा मात्र होइन, महात्मा गान्धीको जीवनी पनि लेखे । रोमैनले लेखेको गान्धीको जीवनी मेडेलिनलाई धेरै प्रभावित गर्यो । गान्धीको प्रभाव मेडेलिनमा यसरी पर्यो कि उनले आफ्नो जीवन गान्धीको बाटोमा हिँडेर बिताउने विचार गरिन् ।

गान्धीको बारेमा पढेर रोमान्चित भएकी मेडेलिनले पत्र लेखर आफ्नो अनुभव सुनाइन् र आश्रम आउने इच्छा प्रकट गरिन ।

रक्सी छोड्नु, खेती गर्न सिक्नुदेखि लिएर साकाहारी बन्नेसम्म, मेडेलिनले गान्धीले निकाल्ने गरेको पत्रिका यङ्ग इन्डिया पढ्न सुरु गरिन् । अक्टुबर १९२५ मा मुम्बैको बाटो हुँदै अहमदावाद पुगिन् ।

गान्धीसँगको पहिलो भेटलाई मेडेलिनले यसरी बयान गरेकी छन्– ‘जब म त्यहाँ पुगेँ, अगाडिबाट एउटा दुब्लो मानिस सेतो गद्दीबाट उठेर म भएतर्फ आइरहेको थियो । मलाई थाह थियो यही व्यक्ति बापु थिए । म हर्ष र श्रद्धाले भरिएँ । मलाई मेरो अगाडि एक दिव्य प्रकाश देखाइदियो । म बापुको खुट्टामा झुकेर बसेँ । बापुले मलाई उठाएर र भने तिमी मेरो छोरी हौ ।’

मेडेलिन र महात्मा गान्धीबीच यो दिनबाट एक भिन्न नाता बन्यो । पछि मेडेलिनको नाम मिराबेन भयो ।

२ निला क्रैम कुक, १८७२–१९४५

आश्रममा निला नागिनी भनेर बोलाउँथे । स्वयम्लाई कृष्णको गोपिनी मान्यवाली निला आउन्टआबुमा एक स्वामी (धार्मिक गुरु)सँग बस्थिन् ।

अमेरिकामा जन्मेकी निलाको मैसुको राजकुरको प्रेममा परिन् ।

निलाले सन् १९३२ मा गान्धीलाई बेङ्लोरबाट पत्र लेखेकी थिइन् । यस पत्रमा उनले छुवाछूतविरुद्ध गरेका कामको बारेमा गान्धीलाई भनेकी थिइन् । दुवैबीच पत्रको आदनप्रदान यहीँबाट सुरु भयो ।

अर्को वर्ष फेब्रुअरी १९३३ मा निलाको भेटघाट यरबडा जेलमा महात्मा गान्धीसँग भयो । गान्धीले निलालाई साबरमती आश्रममा पठाए, त्यहाँ केही समयपछि नै उनी नयाँ सदस्यसँग नजिक भइन् ।
उदार भावनाकी निलालाई आश्रम जस्तो एकान्त वातावरणमा भिज्न गाह्रो भयो । एक दिन उनी आश्रमबाट भागिन् ।

त्यसपछि उनी वृन्दावनमा भेटिइन् । केही समयपछि उनलाई अमेरिका पठाइयो, जहाँ उनले इस्लाम धर्म अपनाइन् र कुरानको अनुवाद गरिन् ।

३ सरलादेवी चौधरानी, १८७२–१९४५

उच्च शिक्षा, सौम्य देखिने सरला देवी भषा, सङ्गीत र लेखनमा रुचि भएकी थिइन् । सरला रवीन्द्रनाथ टैगोरकी भतिजी हुन् ।

लाहौरमा गान्धी सरलाको घरमा बास बसेका थिए । यो त्यो समय थियो, जुनबेला सरला स्वतन्त्रता सेनानी पति रामुजदत्त चौधरी जेलमा थिए । दुवै निजक थिए ।

यो निकटतालाई बुझ्नका लागि गान्धी सरलालाई आफ्नो आध्यात्मिक श्रीमती भन्थे । पछि गान्धीले स्वीकारेका छन् कि यही सम्बन्धका कारण उनकी श्रीमतीसँग सम्बन्ध विछेद हुन थालेको थियो ।

गान्धी र सरलाले खादीको प्रचारका लागि भारतको भ्रमण गरे । दुवैको सम्बन्धको जानकारी गान्धीको नजिकलाई पनि भयो । हक जमाउने सरलाको बानीका कारण गान्धी पछि विस्तारै टाढा भए ।

केही समयपछि हिमालयमा एकान्तवासको समयमा सरलाको मृत्यु भयो ।

४ सरोजिनी नायडु १८७९–१९४९

भारतीय राष्ट्रिय काँग्रेसको पहिलो महिला अध्यक्ष हुन् सरोजिनी नायडु । गान्धीको गिरफ्तारीपछि नुन सत्याग्रहको अगुवाइ सरोजिनीको काँधमा थियो । सरोजिनी र गान्धीको पहिलो भेटघाट लन्डनमा भएको थियो ।

यो भेटको बारेमा सरोजिनीले यसरी भनेकी छन्– ‘एउटा सानो उचाइ भएको मानिस, जसको टाउकोमा रौँ थिएनन् । जमिनमा कम्बल ओढेर यो मानिस जैतुनको तेलमा तारेको टमाटर खाइरहेको थियो । विश्व प्रसिद्ध नेतालाई यस्तो देखेर म खुशीले हाँस्न थालेँ । उनले मतर्फ हेर्दै भने ‘तपाईं अवश्य मिसेल नायडु हुनुपर्छ । यति श्रद्धाहीन अरू को हुन सक्छ ? आउनु होस् सँगै खाना खाउँ ।’

जवाफमा सरोजिनी धन्याद भन्दै भनेकी छन्– के बेकारको तरिका हो यो ?

यही तरिकाले सरोजिनी र गान्धीको नाताको सुरुवात भयो ।

५ राजकुमारी अमृत कौर १८८९–१९६४

शाही परिवारिक राजकुमारी पन्जाबको कपुरथलाका राज सर हरनाम सिंहकी छोरी हुन् ।

राजकुमारी अमृत कौरले पढाई बेलायतमा गरेकी हुन् । राजकुमारी अमृत कौरलाई गान्धीको सबैभन्दा नजिकको सत्याग्रहीहरूमा गनिन्थ्यो । बदलामा सम्मान र सम्बन्धमा राजकुमारीले पनि कुनै कुरा बाँकी राखिनन् ।

१९३४ मा भएको पहिलो भेटपछि गान्धी र राजकुमारी अमृत कौरले एक अर्कालाई सयौँ पत्र लेखेका छन् । नुन सत्याग्रह र १९४२ मा भारत छोडो आन्दोलनको समयमा जेल पनि गइन् । स्वतन्त्र भारतको पहिलो स्वास्थ्य मन्त्री बन्ने सौभाग्य पनि अमृत कौरले पाएकी थिइन् ।

गान्धी राजकुमारी अमृत कौरलाई पत्र लेख्दा सुरुमा मेरी प्यारी पागल र बागी लेख्थे र पत्रको अन्त्यमा आफूलाई तानाशाह लेख्थे ।

६ डा. सुशीला नथ्यर १९१४–२००१

सुशीला प्यारेलालको बहिनी हुन् । महादेव देसाई पछि गान्धीको सचिव भएका प्यारेलाल पन्जाबी परिवारका थिए ।

आमाको विरोधका बाबजुद यी भाइ बहिनी गान्धीको नजिक हुनबाट रोक्न सकेनन् । यद्यपि पछि गान्धीसँग नजिक हुनबाट रोक्ने उनकी आमा पनि महात्मा गान्धीको पक्का समर्थक बनिन् ।

 डाक्टरीको पढाइपछि सुशीला महात्मा गान्धीको निजी डाक्टर बनिन् । मनु र आभाबाहेक प्रायः गान्धी जसको काँधमा आफ्नो बुढो हात राखेर सहारा लिन्थे । त्यसमा सुशीला पनि हुन्थी ।

भारत छोडो आन्दोलनको समयमा यिनी कस्तुरबा गान्धीसँगै मुम्बैमा गिरफ्तार भइन् । पुनामा कस्तुरबा गान्धीको अन्तिम दिनमा सुशीला उनीसँग बस्थिन् । यसबाहेक सुशीला गान्धीको ब्रह्मचर्यमा गरेको प्रयोगमा पनि शामिल थिइन् ।

७ आभा गान्धी १९२७–१९९५

आभा जन्मले बङ्गाली थिइन् ।

आभाको विवाह गान्धीका पनाति कनु गान्धीसँग भयो । गान्धीको प्रार्थना सभामा आभा भजन गाउथिन् र कनु फोटाग्राफी गर्थे ।

१९४० को समयमा महात्मा गान्धीका धेरै फोटा कनुले नै खिचेका थिए । आभा नोआखालीमा गान्धीका साथ बसिन् ।

यो त्यो समय थियो, जब पूरा देशमा दङ्गा भइरहेको थियो र गान्धी हिन्दू मुस्लिमको बीचमा शान्ति स्थापित गर्ने कोसिसमा लागेका थिए ।

नाथुराम गोड्सेले जब गान्धीलाई गोली हानेका थिए, त्यहाँ आभा पनि थिइन् ।

८ मनु गान्धी १९२८–१९६९

धेरै सानो उमेरमा मनु महात्मा गान्धीसँग आएकी थिइन् ।

मनु महात्मा गान्धीको टाढाको नातेदार थिइन् । गान्धी मनुलाई आफ्नो नातिनी भन्थे ।

नोआखालीको समयमा आभाबाहेक मुन पनि थिइन्, जसले आफ्नो बापुको बुढो शरीरलाई काँधमा सहारा दिएर हिँडाउँथिन् ।

जुन बाटोमा महात्मा गान्धीका केही विरोधीहरूले दिशा पिसाब फाल्थे, यी बाटोमा कुचो लिएर सफा गर्नेमा गान्धीबाहेक मनु र आभा नै थिए ।

कस्तुरबाको अन्तिम दिनमा सेवा गर्नेमा मनुको नाम सबैभन्दा अगाडि आउँछ ।

मनुको डायरीमा ध्यान दिने हो भने यसबाट थाह हुन्छ, महात्मा गान्धीका अन्तिम दिनहरू कसरी बितेका थिए ।

Comments

comments