तेमाल । काभ्रेको तेमाल गाउँपालिका सस्र्युखर्क १ घर भएका समाजसेवी रामकृष्ण थपलियाको निधन भएको छ ।
सस्र्युखर्क स्वाथ्य चौकीका पुर्व अ.हे.व समेत रहेका थपलियालाई पछिल्लो एक बर्षदेखि विभिन्न स्वास्थ समस्या देखिँदै आएको थियो ।
केहि समय अघि भारतमा क्यान्सरको उपचार गरी फर्केका थपलियाको २३ गते काठमाण्डौमा उपचारको क्रममा निधन भएको थियो । थपलियाको निधनको खबरले तेमालवासी स्तब्ध बनेका छन् ।
समाजसेवी थपलियालाई श्रदाञ्जली दिन काठमाण्डौमा रहेका तेमालवासीहरूको बाक्लो उपस्थीती रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















