काठमाडौं । पेमा योन्जनको तामाङ प्रेमगीत ” व्हाम्ला मायासे ब्याक अगेनको भिडियो सहित बजारमा सार्वजनिक भएको छ। पहिलो  व्हाम्ला मायासे गीतको अपार सफलतापछि ” व्हाम्ला मायासे” ब्याक अगेन निर्माण पक्षले ल्याएको हो।

नेपाल तामाङ कलाकार संघको अध्यक्ष, लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनको शब्द, संगीत रहेको गीतमा संगीतकारद्वय विशाल काल्तन र चर्चित गायिका जितु लोप्चनकी सुमधुर आवाज रहेको छ।

एकअर्कामा मायाको विश्वास हुनुपर्छ अर्थात् गर्नुपर्छ ।सच्चा मायामा शंका कहिल्यै गर्नु हुदैन । मायामा विश्वास हुन्छ ,अथाह माया हुन्छ । अमिर र अस्मिताले एकअर्कालाई मायाले फकाउन खोजिएको देखिएको छ ।यस् गीतले माया प्रेम गर्नेहरुलाई  सकारात्मक सन्देश दिन खोजिएको  पाईन्छ ।

तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र सिन्धुली जिल्ला, हरिहरपुरगढीकबाट मोड्लिङ जगतमा उदयकी नब मोडेल अस्मिता लामाले मुख्य अभियान गरिएका छन् ।

भिडियोको निर्देशन र कोरियोग्राफी तामाङ चलचित्र जगतका महानायक अमिर दोङले गरिएको हो भने भिडियोको रङ्ग सम्पादन विक्रम लामा (मोक्तान),पोस्ट प्रोडक्शन हाम्रो सेलो घरको रहेको छ।शृंगारमा रेशम लामा,गीताञ्जली योगीको रहेका छन् ।

अडियोको गीतको एरेन्ज /मिक्सिङ / मास्टर वरिष्ठ एरेञ्जर दिपेश प्रधानको रहेको छ।

यस् म्युजिक भिडियो डम्फु मिडिया युट्युब च्यानलबाट सार्बजनिक भएको छ।

भिडियो हेर्नुस् ।

 

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।