काभ्रे । ईटाभट्टा सञ्चालन गरेका कारण धुवाँ र धुलोले ढाक्न थालेपछि काभ्रेको नमोबुद्ध नगरपालिकाको मुख्य बजार भकुण्डेको वातारण प्रदुषण बढ्दै गएको छ ।

अध्याधुनिक प्रविधि प्रयोग गरी धुंवारहित ईंटा भट्टा सञ्चालन गर्ने सर्तनामा पुरा गरी घरेलु तथा साना उद्योग कार्यालय काभ्रेबाट स्वीकृती लिइका ईंटाभट्टाले ति सर्त पुरा नगरी आफूखुशी ईंटाभट्टा सञ्चालन गरेका कारण नमोबुद्ध नगरपालिका प्रदुषित हुदै गएको हो ।

नमोबुद्ध नगरपालिकामा मात्र आधा दर्जन ईंटा भट्टा सञ्चालन भइरहेका छन् । जसका कारण सर्वसाधारणको स्वास्थ्यमा मात्र नभई दैनिक जनजिवनमा समेत प्रतिकुल असर परेको छ ।

नगरको मुख्य बजारको उब्जाउयुक्त फाँटमा ईटाभट्टाहरु सञ्चालनमा ल्याएपछि त्यहाँका वडा नं. २, ३, ४ र ७ का आसपासमा रहेको बजार तथा गाउँहरुमा पूरै धुलो र धुवाँले असर गर्न थालेको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् ।

धुँवा र धुलोले नगरबासी बसाई सनुपर्ने बाध्य

ईंट्टाभट्टाका कारण वातावरण प्रदुषित भएको भन्दैस्थानिय बासिन्दा बसाई सनुपर्ने बाध्यतामा पुगेका छन् । स्थानीय बासिन्दा शंकर दंगालले भट्टामा सामान ओसार्न गाडी चलाएका कारण धुलो उड्ने र धुवाँले निकै असर गर्न थालेको बताए । ‘यहाँ गाडी चलाएर धुलो उडाएर बसिनसक्नु बनाउनुका साथै धुवाँले धेरै असर पारिरहेको छ ।’ उनले भने, ‘धुवाँ र धुलोको कारण राती सुतेर १÷२ बजेतिर त पूरै घाँटी समातेर सास फेर्न समेत गाह्रो हुने गरेको छ ।’

बिरामी पर्न थाले नगरबासी

भट्टाले पु¥याएको असरकै कारण रुघा खोकी र अन्य समस्या खेप्न बाध्य भएका छन् स्थानीय । स्थानीयले भट्टाको गाडी नै बन्द गरिएको छ । गाउँपट्टि त गाडी नै चल्न नदिएको शंकर दंगालले बताए ।

 

‘चलाउने भए विहान वेलुका पानी हालेर चलाउने, नभए हामी गाडी नै चलाउँन दिदैनौं भनेपछि अहिले चाही यता गाडी नै बन्द गरेको छ ।’ दंगालले भने ।

अर्का स्थानीय ईन्द्र विसंखेले भट्टा सञ्चालनमा आएपछि वातावरण प्रदुषण बढ्नुका साथै लगाएको बालीनाली, अन्न, फलफूलमा समेत असर पुगेको बताए । ‘यहाँ भट्टा सञ्चालन गरेसंगै फोहोर बढ्नुका साथै गलत संस्कारको समेत विकास भएको छ ।’ उनले भने ।

भट्टाका कारण नगरको रुप कुरुप बन्दै

भट्टा सञ्चालन भएसंगै सबै ईटाभट्टाहरुले डीप बोरिङ्ग गरेर पानी तान्ने काम गर्न थालेपछि पहिलादेखिको सुख्खा क्षेत्र झन् रुखो बन्दै गएको उनीहरुको भनाई छ । भट्टाका कारण नगरको रुप विग्रदै जानुका साथै प्रदुषण बढ्दै गएकोले नगरपालिकाले त्यसलाई तत्काल रोकेर स्वच्छ बातावरण निर्माणमा जोड दिनुपर्ने स्थानीय बासिन्दाहरुको भनाई छ ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टंक प्रसाद तिमल्सिनाले नगरपालिकामा आफु आउनुभन्दा अगाडि नै उद्योग सञ्चालनको लागि अनुमति लिईसकेको कारण त्यसलाई न्युनिकरण गर्न नसकेको बताए । ‘यहाँ पहिलादेखि नै स्वीकृति लिएर चलाएकाहरु भएकाले त्यसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भईरहेकाले छिट्टै त्यस विषयमा सबैपक्षसंग बसेर निर्णय लिने तयारीमा छौं ।’ नगर प्रमुख तिमल्सिनाले भने ।

उनले नगरको मुख्य बजार क्षेत्र सानो भएको र त्यसमाथि ईटा उद्योगबाट निस्केको धुवाँ धुलो र अन्य फोहरका कारण नगर कुरुप बन्दै गएको उल्लेख गर्दै नगरको स्वच्छ वातावरण बनाउन सबैपक्षहरुसंग चाँडै बसेर समस्याको समाधानतर्फ जाने बताएका छन् । उनले नगरमा सञ्चालनमा आएको ईटा भट्टाबाट निस्कने प्रदुषणकै कारण दातृनिकायले गर्न आएको सहयोग पनि गुम्न पगेको बताए ।

त्यससंगै सञ्चालनमा आएको उद्योगहरु मर्ज गरेर एउटै मात्रै गर्न दिने वा स्थानान्तरण गर्न सकिने भए सम्भावित ठाउँको लागि पनि विकल्प खोज्ने भन्नेमा नगरले सोच बनाईरहेको उनको भनाई छ । उनले खेतियोग्य जमिनका जग्गाधनिहरुसंग बसेर कृषि उत्पादनमा जोड दिनका लागि आवश्यक सुझावका साथै त्यसको लागि सहयोग समेत गर्ने योजना बनाईरहेको बताए ।

छानविन समति गठन

नगरपाकिलाका बातावरण शाखाका प्रमुख सन्तोष काफ्लेले नगरको बातावरण विग्रदै गएको कारण त्यसको बारेमा कार्बाहीका लागि आवश्यक छानविन गर्न वडा नं. २ का वडा अध्यक्ष सञ्जीव ढकालको संयोजकत्वमा वडा नं. ३, ४ र ७ का वडा अध्यक्षहरु समेत रहनेगरी ईलाका प्रहरी कार्यालय र अन्य संघ÷संस्थाका प्रतिनिधिहरु रहने समिति गठन गरी काम अगाडी बढाएको बताए ।

‘हामीले दूई महिना अगाडि समिति गठन गरेर थालनी गरेको कामले सबै ईटा भट्टाहरुको सम्बन्धीत निकायबाट आवश्यक विवरणहरु लिएर छानवनि गर्ने कार्य भईरहेको छ ।’ उनले भने ।

यी ईटाभट्टा सञ्चालनमा छन उब्जनी हुने खेतमा

अहिले सो क्षेत्रमा करिब डेढ दूई किलो मिटरको दुरीमा ८ वटा ईटाभट्टा सञ्चालन गरिरहेका छन् । जसमा फुलवारी ईटा उद्योग, शिवशक्ति ईटा उद्योग, शंकर ईटा उद्योग, भैरब कुण्ड ईटाभट्टा उद्योग प्रा.लि., विन्दबासिनी ईटा उद्योग, जयशिबशक्ति ईटा उद्योग, श्री पञ्चकन्या ईटा उद्योग र सत्यनारायण ब्रिक ईन्डस्ट्रि प्रा.लि रहेका छन् ।

ति उद्योगहरुबाट निस्केको धुवाँ र धुलोका कारण वरपरको वातावरण दिन प्रतिदिन दुषित हुँदै जानुका साथै तुवाँले लागेर विहान ९÷१० बजेसम्म घाम समेत नलाग्ने गरेको स्थानीयबासिन्दाहरुले बताएका छन् । उनीहरुले बातावणर स्वच्छ राख्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन नगरप्रमुखसंग आग्रह गर्दै आएका छन् ।

विरोध आए स्वीकृत खारेज गर्ने: घरेलु

नमोबुद्ध नगरपालिका भित्र सञ्चालनमा आईरहेको ईटा उद्योगको विरोध आएमा स्वीकृत खारेज गर्ने सक्ने बताएको छ । घरेलु तथा साना उद्योग कार्यालय काभ्रेले सर्वसाधारण जनतालाई छलकपट गरी उद्योग सञ्चालनमा ल्याएको भए त्यस्तो ईंटा उद्योगलाई स्वीकृती खारेज गर्न सकिने जनाएको छ ।

नगरपालिकाले यस वर्ष देखि नविकरण नगर्ने र त्यस क्ष््रोत्रमा प्रदुषित भएको कारण ईटा उद्योग हटाउने भनेर लिखित आए भने आफूहरुले व्यवसायीले लाइसेन्स लिदाँ लिएको अनुमति विना सञ्चालन गरेको हो या होइन अनुगमन गरेर कार्वाही अगाडि बढाउने काभ्रे घरेलुले जानकारी दियो ।

Comments

comments