-शिशिर भण्डारी

भूमिका:

नेपालको लोकतन्त्र आज एउटा संवेदनशील मोडमा उभिएको छ। राजनीतिक नेतृत्व विचार, सिद्धान्त र दीर्घकालीन दृष्टिकोणबाट जन्मिनुपर्ने ठाउँमा क्रमशः social media को लोकप्रियता, views, likes र followers बाट मापन हुन थालेको देखिन्छ।

डिजिटल प्लेटफर्मले अभिव्यक्ति सजिलो बनाएको सत्य हो, तर यही सजिलोपनलाई नेतृत्वको योग्यता ठान्ने प्रवृत्ति बढ्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ। राजनीति अब नीति निर्माणभन्दा बढी प्रदर्शनतर्फ, गहिरो अध्ययनभन्दा बढी भावनात्मक अपिलतर्फ र जिम्मेवारीभन्दा बढी लोकप्रियताको दौडतर्फ धकेलिँदै छ। त्यसैले नेपालको लोकतन्त्र आज केवल नेतृत्वको संकटमा मात्रै छैन, यो विचारको संकट भोगिरहेको छ। राजनीतिको केन्द्र अब नीति, सिद्धान्त र दीर्घकालीन दृष्टिकोणबाट क्रमशः हट्दै attention economy त…

Viral Popularity कि वैचारिक नेतृत्व ?

लोकतन्त्रमा जनमत महत्त्वपूर्ण हुन्छ, तर जनमत सधैं विवेकबाट होइन, कहिलेकाहीँ भावनाबाट निर्देशित हुन्छ। अहिले नेपालमा देखिँदै गएको राजनीतिक प्रवृत्ति त्यही भावनात्मक भीड निर्माणमा केन्द्रित हुँदै गएको संकेत हो।

राजनीति content creation होइन। देश चलाउनु भनेको algorithm अनुसार viral हुने भाषण दिनु होइन। राज्य सञ्चालन संविधान, कानुन, संस्था, अर्थतन्त्र र कूटनीतिसँग जोडिएको गम्भीर प्रक्रिया हो। Viral भिडियोले बजेट बनाउँदैन, trending slogan ले रोजगारी सिर्जना गर्दैन र emotional भाषणले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित हुँदैन।

Popularism को मूल समस्या नै यही हो कि- यसले भीड त बनाउँछ, तर संस्था बनाउँदैन। यसले आशा त जगाउँछ, तर संरचना दिँदैन। यसले सत्ता त खोज्छ, तर जिम्मेवारीबाट भाग्छ। इतिहासमा जहाँ–जहाँ राजनीति भावनात्मक भीडमा आधारित भयो, त्यहाँ लोकतन्त्र कमजोर भयो। कारण सरल छ—भीड प्रश्न सोध्दैन, ताली बजाउँछ। र तालीले नेताको ego बढाउँछ, क्षमताको स्तर होइन।

यतिखेर बझ्नु पर्ने कुरा के हो भने- viral भाषण राजनीति होइन, Emotional video नीति होइन, Trendy slogan vision होइन। त्यो केवल राजनीतिक नाटक हो। र अब तमाम मतदाताले निर्णय गर्नुपर्छ कि- Popularity होइन, पात्रता रोज्ने ? आवाज होइन, विचार रोज्ने ? Viral होइन, vision रोज्ने ? यदि आज हामीले विवेकभन्दा तालीलाई प्राथमिकता दियौं भने, भोलि यही ताली पाउने पात्रहरू देश डुबाएको दोषीको सूचीमा लेखिने जोखिम उच्च छ। लोकतन्त्र बचाउने हो भने अब सोच्ने मतदाता आवश्यक छ—reaction होइन, reflection गर्ने जनता आवश्यक छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।