राजकुमार गोले
काभ्रे । मान्छेको मन, अरुको जस्तो देखियो त्यस्तो हुन पाए कति हुन्थ्यो भन्ने चाहना सबैको हुनेगर्छ । साना होस् या ठुलो युवा होस् या बृद्ध सबैलाई लाग्ने गरेको आशामय जिन्दगीमा तर पूर्णता भने कहिल्यै पनि आउन सकिदैन ।
हो, यस्तै जिन्दगी बिताउने मध्येको एक जना गरिवी र निमुखा जीवन ब्यथित गरिरहेका ब्यक्ति हुन् वीरबल गोले ।
अरुको राम्रो देखेर आफ्नो पनि त्यस्तै हुन पाए कति हुनेथ्यो भन्ने नमसाय त प्रायको हुन्छ नै । आशा र सपनाको महलमा नरम्ने मान्छे सायदै नहोला । कोहीको भएर अझ थप्दै जाने रहर, कोहीको नभएर सास बचाएर राख्ने पीडा । कतिको जिन्दगी यस्तो पनि छ, जसले भोक लागेको बेलामा एक छाक खाना खान पनि धौ–धौ हुन्छ ।
जाडोको वेला होस य बर्खाको बेला एकसरो लुगा लगाउन नसकेर कठ्याङग्रिएर बाँच्न विवश हुन्छ । यस्तो जीवन भोगिरहेको ब्यक्ति हो उनै वीरबल गोले । उमेरले ५६ वर्ष नागिसकेको उनी एक छाक टार्न र नाङ्गो शरीर ढाक्न समेत मुस्किल परिरहेको बताउँछन् ।
अरुको भारि बोकेर परिवारलाई पालन पोषण गर्दै आएका उनी सधै यसरी नै काम गर्दा गर्दै उमेर वितिरहेको छ । काभ्रेको दक्षिण भेगमा पर्ने साविक च्यासिङखर्क–५, दोमनडाँडाका वासिन्दा उनी दिनभर अरुको भारी बोकेर जिविको पार्जन गर्नेगर्छ । यसरी नै कमाएको पैसाले जीवनको गुजारा चलाउँछन् उनी ।

बिहान उठ्ने बितिकै थाप्लोमा नाम्लो नराखिकन उनको हातमुख जोड्दैन । उनको मात्र होईन जसले सिंगो परिवारलाई नै ठुलो समस्यामा पर्ने गर्छ । उनी माथिको यस्तो जिम्मेवारी विगत १२ वर्षको कलिलो उमेरदेखि नै थालनि गरेको बताउँछन् । सधैं यसरी गह्रँुगो भारी बोकेर ठाउँ–ठाउँमा प्याट–प्याट फुटेको कुर्कच्चा लिएर दिनभरी अर्काको काम गरेर जीवन गुजार्दै हिड्ने उनी भरिया हो । त्यसो त उनलाई सबैले भरिया दाई भनेर बोलाउने गर्छन् । राम्रोसँग बोल्न नसक्ने उनी आफ्नो मेहिनत र परिश्रम प्रति आस्था राख्ने गरिन्छन् तर चोरेर ठागेर, लुटेर पो खानु हुँदैन त काम गरेर खानलाई के को लाज उनको तर्क गर्छ ।
तर मिहेनत गरे अनुसारको ज्याला नपाएँदा भने उनलाई धेरै पीडा भएको महशुस गर्ने गरेको बताउँछन् । गाउँमा बीस रुपैयाँदेखि माथिको सबै काम गर्नलाई उनी तयार हुन्छन् । उनी भन्छन्– ‘म आईपरेको सबै काम गर्न तयार छु ।’ कहिले घट्ट जाने काम त कहिले पसलबाट सामानहरु ओसार्ने उनको दिनचार्य नै हो । यसरी भारी बोक्दा शरीरभरी उठेको ठेलाले ज्यान नै कुरुप भईसहेको छ । उनको अचेल भने उनलाई काम नपाएका कारण हात मुख जोर्न मुस्कील बन्दै गएकोे छ । पहिला गाउँमा मिल र मोटरबाटो सञ्चालन नहँुदा सबैको भारी बोक्न पाएका उनले अचेल भने कमाई खाने बाटो यी सुविधाका कारण बन्द हुने अवस्थामा पुगेको छ ।
अहिले मोटरबाटो चलेको कारण भारी बोक्ने काम नै पाउँदैन्न उनले । यति भए पनि उनको काम भने भारी बोकेर खाने नै हो । दुनियाँको भारी बोकेर जीविकोपार्जन गर्दै आएका उनको जीवनमा केही वर्ष अगाडीदेखि झन् ठुलो बज्रपात भएको छ । विगत ९ वर्ष अगाडी वर्षा याममा परेको पानीलाई छानाले थाम्न नसकेपछि उनको घर भत्केको छ ।
घर भत्केपछि छिमेकीको सहारामा बस्दै आएका उनको दुई छोरा र दुइै छोरीलाई पाल्नु परेको पिडा थियो । धेरै गरीबीका कारण परिवारलाई ब्यवस्थपन गर्न नसकेपछि आ–आफ्नो बाटो लागेका उनीहरु कहिले भक्तपुरको इट्टा कारखाना त तरकारी व्यापार गर्ने गरेर जीवन निर्वाह गर्न बाध्य भएका छन् । गरीबीकै कारण यसरी घर छाडी हिड्नु परेको उनको १५ वर्षिया कान्छी छोरी बिमला गोलेले काठमाडौको मैतीदेवी चोकको एक होटलमा काम गरेको धेरै बवर्षपछि सम्पर्कमा आएको थियो तर बिरबल सँग छैनन् बिमला ।
हालसम्म एउटा टहारा पनि बनाउन नसकेपछि विस्थापीत भएका छन । यसरी विस्थापीत बन्न पुगेपछि छिमेकीको सहारामा बसी विहान उठने बित्तिकै भारी बोग्ने काममा हिडने गरिन्छ । उनको दिनाचार्य यसरी नै बित्ने गरिन्छ । उनलाई यतिबेला बाँच्न र छोराछोरीको जीवन यापन कसरी गर्न सकिन्छ भन्नेमा ठुलो चिन्ता छ ।
दिनभर ज्यालामा भारी बोक्छु साँझपरेपछि बाँस खोज्छु
हालको बेथानचोक गाउँपालिका–५ दोमानडाँडाका ५६ वर्षिय बिरबल गोले दिनभर ज्याला मजदुरीमाा भारी बोक्ने छ काम गर्छन । उनले यसरी भारी बोक्ने काम गरे बापत १ सय देखि ३ सय सम्म कमाउँछन् । दिनभर भारी बोक्ने र साँझा परेपछि बाँस खोज्ने बिरबलको दैनिके हो ।
‘श्रीमती र छोरा कहाँ छ ठेगन छैन भुक्तपुरतिर इट्टभट्टमा काम गरीरहेको भन्ने सुनिन्छ घरपनि फर्केर आउँदैन उनले भने,‘भुकम्पले घर न घाटको बनाएपछि जिवन जिउँनको लागि भारी बोक्नै प¥यो साभm परेपछि अरुको टहरा खोज्नुपर्छ कर्ममा जे लेखेको छ त्यही भोगी रहेको छु ।’ उनले यसरी भारी बोक्न थालेको ३ दशक बितिसक्यो तर जिन्दगीमा भने कहिल्यै परिवर्तन आएन् बिरबलको । महलमा बस्नेलाई के थाहा गरिबको जिन्दगी, तर झुपडीमा बस्नेलाई मात्र थाहा हुन्छ गरिबीको बेदना के हुन्छ भनेर ?
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।