सर्वमंगलमा पूर्व विद्यार्थीहरुको पुनर्मिलन समारोह सम्पन्न, अध्यक्षमा रविन्द्र
पाँचखाल । काभ्रे जिल्लाको पाँंचखाल नगरपालिमा रहेको सबैभन्दा पुरानो विद्यालय सर्वमंगला मा.वि.का पूर्व विद्यार्थीहरुको पुनर्मिलन समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा विगत २०२९ सालदेखि एस.एल.सि. दिएका हालसम्म अध्ययन गरेका विद्यार्थीहरुको पुनर्मिलन भएको हो । विद्यालय स्थापनाको सुरुको समयदेखिको विद्यर्थी देखि आजसम्मको सर्बमंगला पुर्व विद्यार्थी पुर्निमलन समारोह कार्यक्रमको संयोजक रविन्द्र सपिखानको सभापतित्वमा, पुर्व प्रधानमन्त्री झलनाथ खनालको ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएका थियो ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सांसद लक्ष्मण लम्साल, अतिथिहरुमा विद्यालय शुभारम्भको क्रममा जग्गादाताहरु, पुर्व विद्यार्थी तथा सचिव जनार्जन नेपाल, रेडियोलोजिष्ट सुधार अधिकारी, पुर्व शिक्षक दामोदर अधिकारी, शंकर काफ्ले, नेपालि काँग्रेसका जिल्ला उपाध्यक्ष अच्युत पौडेल, कुमार लामिछाने लगायत यस विद्यालयका पूर्व विद्यार्थीहरु (जसले राष्ट्रिय पहिचान तथा गौरवको व्यतित्व बनेका छन)को उपस्थिती रहेका थिए ।
कार्यक्रममा विद्यालयका प्रअ छत्रपति इसरले यस विद्यालयको पुर्व विद्यार्थि पुनर्मिलन समारोहको आवश्यक्ता, महत्वकोबारेमा स्पष्ट पारेका थिए ।
उक्त समारोहमा पूर्व विद्यार्थीहरुले समिति समेत गठन गरेको छ । समितिको रविन्द्र सिपखान, उपाध्यक्षमा विदुर ढुंगाना, सचिवमा नविन प्रकास निरौला, कोषाध्यक्षमा केदार लुईटेल, सहसचिवमा मन्दिरा लुईटेल रहेका छन् भने सदस्यहरुमा प्रकास तिमल्सिना, अप्सरा ढुंगाना सपिखान, राहरी न्यौपाने, सुन्दर अधिकारी, महेश अधिकारी, प्रकृति बोलखे, सन्तोष दाहाल, हरेराम खतिवडा, हिरालाल रेग्मी तथा ईन्दिरा बन्जरा धिमाल रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।