अन्जली तामाङ

काठमाडौं, १७ पुस । “ कति धाउनु समुन्द्रपारी स्वदेशमै गरौं रोजगारी” भन्ने मुल नाराका साथ मलेसिया रिर्टनी समाज नेपालको प्रथम राष्ट्रिय भेला मंगलबार सम्पन्न भएको छ ।

भेलाले सुनिल चालिसेको अध्यक्षतामा २१ सदस्यीय कार्य समितिको चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्ष राजेश श्रेष्ठ, उपाध्यक्ष विनोद खड्का, महिला उपाध्यक्ष कोपिला गौतम, महासचिव रामचन्द्र नेपाल, सचिव विष्णुहरि भण्डारी, र कोषाध्यक्ष प्रकाश क्षेत्री रहेका छन् । भने सदस्यहरुमा तोया न्यौपाने, वीरेन्द्रप्रसाद बाँस्कोटा, दामोदर गौतम, कृष्ण खड्का, विजय शर्मा, बसन्तराज गौतम, टीका ओली, सारा पौडेल, अन्जली तामाङ, फूलमाया थिङ्, सुकराम परियार, राजेश दास, रामप्रसाद देवकोटा र डिलबहादुर तामाङ रहेका छन् ।

मलेसियामा काम गरेर फर्किएका नेपालीहरुको पहिलो राष्ट्रिय भेला चावहिलस्थीत ए वान क्याफे पार्टी प्यालेसमा भएको हो ।
मलेसिया रिटर्नी समाज, नेपालद्धारा आयोजित कार्यक्रमका प्रमुख अतिथी युवा परिषदका उपाध्यक्ष माधव , ढुङ्गेलले भने युरोप अष्ट्रेलिया जापान गएका नेपालीहरु त सुखैले बसेका छन् ती नेपाल फर्किन्छन या फर्कन्दैनन् थाह छैन तर गल्फ कन्ट्री जाने नेपालीहरु यर्थाथ नेपाली मन भएका नेपाली हुन् उनीहरु कहिले पनि मलेसियन भएर वा दुवईको एक कुनामा सधै बस्दैनन् तिनीहरु दुःख र बाध्यताले बसेका छन् ।पलपल नेपाल फर्कन बाटो र मौका  हेरेर बसेका छन् तिनै नेपालीहरुको लागि काम गर्न आफु तयार भएको बताए ।

कार्यक्रममा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका महानिर्देशक राजन प्रसाद श्रेष्ठ, काठमाडौ महानगरपालिका बडा नं. ७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोल, गैरआवासीय नेपाली संघ मलेसियाका महासचिव सुन्दर आले, पत्रकार रमेश पण्डित (तुफान) कोपिला गौतम , देवेन्द्र सुर्केली लगायतले को उपस्थिती थियो ।

भेलाले निम्न वुँदाहरुलाई कार्यक्रम बनाएको छ ।

– बैदेशिक रोजगारीका क्रममा मलेसियावाट फर्किएका नेपालीहरूलाई एकत्रित गरी सामुहिक प्रयासहरूको थालनी गर्न तथा फर्कि आएका नेपाली आप्रवासीहरूको संजालको विकास गर्न ।

– विदेशमा सिकेको सिपलाई नेपालमा सदुपयोग गर्न र गराउन ।

– विदेशवाट फर्किसकेपछि आआफनै किसिमले विभिन्न काम ब्यवसाय गरिरहनु भएकाहरूको अनुभव आदान प्रदान गराई सोबाट सिक्ने वातावरण तयार गरी नयाँ फर्किनुभएका साथीहरूलाई पुनर्एकिकरण गर्न सहजीकरण गर्न ।

– विदेशबाट फर्किआएकाहरू र उनीहरूका परिवारमा वित्तिय साक्षरताको अभिबृद्धि गर्न र कमाएको धनको सही सदुपयोग गरी राष्ट्र निर्माणमा योगदान गर्न ।

– नेपाल सरकारले विदेशवाट फर्किएका नेपालीहरूलाई प्रदानगर्न थालेको सहुलियत दरको ऋण कसरी प्राप्तगर्ने र त्यसलाई कसरी प्रभावकारी वनाउन सकिन्छ भन्ने वारेमा सचेतना जगाउन तथा आवश्यक सुझाव पेश गर्न ।

– वैदेशिक रोजगारीलाई ब्यवस्थित सुरक्षित र मर्यादित वनाउनको लागि संघ, प्रदेश र स्थानिय सरकारहरूलाई नीतिगत तथा कार्यक्रमगत सुझावहरू उपलब्ध गराउन ।

– विदेशबाट फर्किआएकाहरूको अनुभव, ज्ञान, सिप र लगानीलाई देश विकासमा लगाउनका लागी रणनीतिक वहशमार्फत संघ, प्रदेश र स्थानिय सरकारहरूलाई सुझावहरू पेश गर्न ।

हेर्नुहोस् भिडियो ः

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।