काठमाण्डौं ।  राष्ट्रिय सभा गृहमा आयोजित छोर्वाला काई रेडियो गेताङको ५ औं बार्षिकोत्सब कार्यक्रम र हाम्रो समृद्द नेपाल घोषणा सभा तथा बृहत् साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्नता भएको छ।
रेडियो मार्फत तामाङ भाषाको कार्यक्रम छोर्वाला काईले आफ्नो ५ औं बार्षिकोत्सब भब्यताका साथ मनाउने क्रममा हाम्रो समृद्द नेपाल घोषण भएको हो ।
२०७० साल देखि निरन्तर रुपमा प्रत्यक बुधवार विहान ११ बजे देखि १२ बजे सम्म तामाङ भाषा साहित्य संस्कृति कला लगायत विभिन्न क्षेत्रको विकास एवं त्यसको उत्थानका साथ साथै दिन दुखी रोगी पीडितको सहयोग गर्दै आएको थियो । रेडियो कार्यक्रम मार्फत विभिन्न सहयोग उपलब्ध गराउँदै आएको थियो । उक्त कार्यलाई संस्थागत रुपमा निरन्तरता दिन हाम्रो समृद्द नेपाल नामक संस्थाको प्रदुर्भाव भएको कार्यक्रम प्रस्तोता सुदिन दोङले जानकारी दिनुभयो ।
सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाको प्रमुख अतिथ्यतामा उहाँको बाहुलीबाट हाम्रो समृद्द नेपालको घोषण भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गोकुल बास्कोटाले साना हुन् या ठुला संस्था एकले अर्कालाई मदत गर्न सके मात्र देश समृद्द हुने र विकासको मार्गमा जान सकिने बताउनुभयो । उहाँले छोर्वाला काई रेडियो गेताङले जस्तै अरुले पनि काम गर्ने हो भने देश समृद्द हुन घेरै दिन नलाग्ने उहाँको धारण थियो ।
सरकारको नारा पनि समृद्दीको मार्ग अनी छोर्वाला काईको मिसन पनि समृद्दतामा जान मार्ग निर्देश गर्नु भएकाले आगामी दिनमा छोर्वाला काई रेडियो गेताङ र हाम्रो समृद्द नेपालले अझ बढि समृद्दिका कार्य गर्नेमा आफू विस्वस्त भएको बास्कोटाले बताउनुभएको थियो ।
आसोक कमर्सियल एण्ड आवास कम्पिनीको प्रालि प्रोपराइटर राम बहादुर थिङ (असोक)को मुख्य प्रयोजनमा आयोजित छोर्वाला काई रेडियो गेताङ को ५ औं बार्षिकउत्सब तथा हाम्रो समृद्द नेपाल घोषण सभा कार्यक्रममा उज्यालो नेपालका नायक कुलमान घिसिङलाई कार्यसिद्दि सम्मान पत्रबाट सम्मान गरिएको थियो भने प्रथम नेपाल आईडल बुद्द लामा, रेडियो कार्यक्रममा स्रोताहरुलाई सम्मान तथा विभिन्न समाजमा योगदान दिनुहुने महानुभावहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा तामाङ राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुले छोर्वाला काईको बार्षिकोस्वलाई उत्सबका रुपमा मनाउन आफ्नो आफ्नो विभिन्न संस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व मन्त्री शेरवहादुर तामाङ, प्रतिनिधि सभा सदस्य गंगा वहादुर दोङ बामध्वज, पूर्व उद्योग मन्त्री रेशम लामा, पूर्व मन्त्री पर्शुराम तामाङ, प्रदेश नम्वर ३ का सदस्य रत्न ढकाल, पूर्व माननिय तिर्थ लामा, तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिंह तामाङ, तामाङ घेदुङका संस्थापक अध्यक्ष पर्शुराम तामाङ, अन्तराष्ट्रिय तामाङ परिषदका बरिष्ठ उपाध्यक्ष टासी लामा, राष्ट्रिय तामाङ घेदुङका महासचिव चुनाव लाल बल ( प्रविण) ,तामासालिङ संर्घष समितिका अध्यक्ष जय गोले, तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर, नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जीब वाईवा, तामाङ संघका अध्यक्ष धावा वाङगेल मोक्तान, वरिष्ठ चर्चित गायक चन्द्र कुमार दोङ, बरिष्ठ गायिका ईन्दिर गोले गुरुङ्ग, युवा घेदुङका उपाध्यक्ष संगम लामा, समाजसेवी रामवहादुर थिङ असोक, कुमार लामा, हस्तवहादुर घिसिङ, घनश्यमा घिसिङ गणेश, प्रदिप लामा, अकल लामा, स्मीता लामा, रञ्जिता ब्लोन , अमिर दोङ, रोशनी ब्लोन, रितुराज पाखरिङ, सागर घिसिङ लगायतका विभिन्न ब्यक्तित्वको उपस्थिती रहेको थियो । रेडियो कार्यक्रम प्रस्तोता सुदिन दोङ लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मिनल कुमार दोङले गर्नुभएको थियो भने हाम्रो समृद्द नेपालको संस्था परिचय विकास बाबु श्रेष्ठले गर्नुभएको थियो साथै कार्यक्रम भने भिजे आर्जे कर्मा लामाले गर्नुभएको थियो ।

Comments

comments