तेमाल । काभ्रे तेमाल गाउँपालिका वडा नम्वर ८ मा अवस्थित सेतीदेवी माविले आफ्नो ४१ औं बार्षिकोत्सब उल्लासका साथ मनाएको छ ।
बार्षिकोत्सबमा काभ्रे क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य गंगा वहादुर दोङको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियोे । कार्यक्रममा सामुदायिक विद्यालय सुधारमा सवै एक जुट हुनु पर्ने बताउनुभयो । गरिवका छोराछोरी पढने सामुदायिक विद्यालय सुधार नभएसम्म शिक्षामा सुधार नआउने उहाँको धारण थियो ।

कार्यक्रममा प्रदेश सदस्य रत्न ढकाल , विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विल वहादुर तामाङ , भुपु विद्यार्थी मञ्चका अध्यक्ष सूर्यवहादुर लामा , श्रत ब्यक्ती इन्द्र प्रसाद पाण्डे , विद्यालयका प्रअ सुरथ लामा , वडा अध्यक्ष लक्ष्मी वहादुर घिसिङ लगायतका विभिन्न अतिथिले आफ्नो धारण राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुको नृत्यले अझ रोजक बनाएको थियोे ।भने उक्त कार्यक्रम शिक्षक अक्कल तामाङले सञ्चालन गरिएको थियोे ।

Comments

comments