‘प्रदेश सरकार १० महिने शिशु जस्तै’ –मुख्यमन्त्री पौडेल

काभ्रे । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारलार्य १० महिने शिशुको संज्ञा दिएका छन् । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ तामाघाटस्थित आर्थिक बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवन उद्घाटन एवं १२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले उक्त कुरा बताएका हुन् ।

‘१० महिने शिशुजस्तो प्रदेश सरकार’ले हालसम्म नीति, नियम र कानून बनाएसँगै महत्वपूर्ण कामको शुरुआत गरेको छ ।’ मुख्यमन्त्री पौडेलले भने, ‘प्रदेश सरकार दृढताका साथ अघि बढेको छ । पहिला कर्मचारी पर्याप्त थिएनन्, अब व्यवस्थापनपछि विकासका कामले अग्रता लिनेछन् ।’

मुख्यमन्त्री पौडेलले प्रत्येक जिल्लामा चिस्यान केन्द्र निर्माण गरिने बतादै चिस्यान केन्द्र निर्माणका लागि प्रत्येक जिल्लालाई ४ करोड रुपैयाँ बजेट विनियोजन गरिने बताए । ‘प्रदेश सरकारले निर्माण गर्ने चिस्यान केन्द्रका लागि सहकारी साझेदारी बन्नसक्नेछ ।’ उनले भने, ‘सहकारीको काम बचत र ऋण मात्रै हैन, एक अर्काबीच सहकार्य गर्ने पनि हो, चिस्यान केन्द्रमा साझेदारी बन्नुहोस् ।’

नेपालमा ३७ हजार सहकारी रहेको बताउँदै क्वालिटीमा ध्यान नदिई क्वान्टिटीमा मात्रै जोड दिनु राम्रो पक्ष नभएकोब ताए ।
सरकार र सहकारी मिलेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणाले सार्थकता बनाउने बताउदै मुख्यमन्त्री पौडेलले सरकार–सहकारी तथा सहकारी–सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गरी आफैले बजार व्यवस्थापन गर्दा विचौलियाको समस्या नहुने र उत्पादनकर्ताले उचित मूल्य पाउने समेत विस्वास व्यक्त गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।