रामेछाप । जिल्लाको सुनापती गाउँपालिका र दोरम्भा गाउँपालिकामा भूकम्प प्रतिरोधात्मक घर प्रवलिकरण गर्न कामदार देखि इन्जीनियरसम्म निःशुल्क पाउने भएको छ ।
यी दुई गाउँपालिकामा तिब्र गतिमा प्रबलिकरण सम्बन्धी काम सुरु भएपछि यस्तो सुविधा पाउने भएको हो ।
यूकेएडको आर्थिक सहयोग, यूएनओपिएस र बील्ड चेन्जको प्राविधिक सहयोग तथा आर्सो नेपालको सहजीकरणमा प्रवलीकरण कार्य अगाडि बढेको छ ।
योजना अनुसार ढुङ्गा माटोले बनेका पुराना घरहरुको प्रबलिकरण गरि आर्सो नेपालले दुवै स्थानीय तहकाका सबै वडाहरुमा प्रबलिकरणबाट सुरक्षित घर बनाउने सरकारको मापदण्डको बारेमा जनचेतनाको कार्यक्रको आयोजना गरेको छ । प्रबलिकरण गर्ने घरधनिले १ जना ईन्जिनियर १ जना हेडमिस्त्री र बढिमा १० जनासम्म तालिमे प्रशिक्षार्थी कामदार निशुल्क उपलब्ध गराउने छ ।
कार्यक्रममा घर बनाउन ईच्छुक जनताको तथ्यांक संकलन गरि तत्कालै घरको नाप नक्सासँगै सम्झौता गरि प्रबलिकरण गर्ने मुख्य प्रशिक्षक उमेश सापकोटाले तेमाल अनलाईनलाई बताए ।






















