तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ मा रहेको छार ह्युल कृषि सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा आज (शनिबार) सम्पन्न भएको छ । उक्त सहकारीको साधारण सभा तेमाल गाउँपालिका वडा नं. ९ स्थित भण्डारी बेसीमा सम्पन्न भएको हो ।
साधारणसभालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता लालध्वजले सहकारीले मात्र आर्थिक समृद्धिको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । सहकारी जिम्मेवारी, पारदर्शी र जवाफदेही भएमा सधैं प्रगतिमा जानसक्ने बताउदै नेता लालध्वजले छारह्युल कृषि सहकारीले पनि यो कुरालाई आत्मसात गरेकोले प्रगति गर्न सफल भएको बताए ।

कार्यक्रममा नेकपाका जिल्ला नेता डिएम लामा, संस्थाका संस्थापक अध्यक्ष ग्याम्जो लामा, वडा अध्यक्ष चन्द्रबहादुर लामा, तेमाल गाउँपालिकाका कृषि शाखा प्रमुख मन्दिल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा संस्थाका अध्यक्ष सुरेशकुमार दोङले प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिए ।
उत्कृष्टलाई सम्मान
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरेका थिए ।

सो क्रममा उत्कृष्ट बचतकर्तामा शुशिला तामाङ, असल ऋणी माया तामाङ र उत्कृष्ट वालबचतकर्ता राजकुमार तामाङलाई सम्मान गरेको थिए । उनीहरुलाई प्रमुख अतिथि लालध्वजले प्रमाणपत्रका साथमा नगदले सम्मान गरेका थिए ।

लेखा समिति अध्यक्षमा सूर्य
निवर्तमान लेखा समिति संयोजक मरिचमान थोकरले आफ्नो पदबाट राजिनामा दिएपछि साधारण सभाले संयोजकमा सूर्यबहादुर दोङलाई सर्वसम्मत निर्वाचित गरेको छ । पदपूर्ति गर्ने क्रममा उनलाई संयोजकमा सर्वसम्मत निर्वाचित गरेको हो ।























