रोशी । काभ्रे जिल्ला रोशी–८ मा रहेको खार्पाचोक युवा क्लवको साधारणसभाले लालबहादुर लामालाई अध्यक्षमा निर्वाचित गरेको छ ।
भक्तपुरमा शनिवार सम्पन्न साधारणसभाले लामालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
‘सम्पूर्ण युवा एक होऔं ।’ भन्ने मूल नाराका सम्पन्न साधारण सभाले उपाध्यक्षमा बिजय थोकर, सचिबमा सिंगा लामा, कोषाध्यक्षमा शक्ति लामालाई निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा बिर्सना लामा, बिर्सना लामा, मौसमी लामा, आनन्द लामा निर्वाचित भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















