चितवन ।
  • प्रकाश तामाङ

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको राप्ती साहित्य समाजमा गीरीराज डल्लाकोटीलाई अध्यक्षमा सर्वसहमतिले चयन गरिएको छ । समाजको शनिबार सम्पन्न प्रथम साधारणसभाबाट गीरीको नितृत्वमा ९ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

कार्य समितिका सचिवमा उल्लास मैनाली, कोषाध्यक्षमा मनि राम नेपाल, सदस्यहरुमा राजेश रुम्बा तामाङ, रुद्र कंडेल, चेतनाथ रुवाली, सुस्मिता लामा घनश्याम डल्लकोटी र उर्मिला कार्की रहेका छन् ।

साबिकको भण्डारा गाबिसका पूर्व अध्यक्ष बाल कृष्ण लोहनीको प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष गिरि राज डल्लकोटीको सभापतित्वमा समाजको सभाहलमा साधारणसभा सम्पन्न भएको थियोे ।

कार्यक्रममा समाजको आय–व्यय समाजका कोषाध्यक्ष मनिराम सिलवालले प्रस्तुत गरेका थिए भने समाजको हाल सम्मको प्रगतिबारे समाजका सचिबले प्रस्ट पारेका थिए । भेलाले समाजको बार्षिक उत्सब फागुन पहिलो हप्ताको शनिबार गर्ने र सो अवसरमा नगद राशि सहित श्रष्टालाई सम्मान गर्ने पनि निर्णय गरेका छन् । कार्यक्रममा उपस्थित साहित्यक श्रष्टाहरुले आ–अफ्नो रचना वाचन गरेर सभामा उपस्थितहरुलाई मनोरञ्जन दिलाएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।