बनेपाको सरसफाईमा लागे सिडियो, सेना र प्रहरी

बनेपा । क्लीन सीटी बनाउने बनेपा नगरपालिकाको योजना अगाडि नबढ्दा एक पछि अर्को फोहोरी नगरमा परिणत हुँदै गएपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त पहलमा सरसफाई गरेका छन् । बनेपामा फोहर बढेपछि बनेपा नगरपालिका आफैले आव्हान गरेपछि प्रहरी र सेनाले बनेपा स्थित अरनिको राजमार्गमा सरसफाई गरेका हुन् ।

बनेपाको सरसफाईमा लागे सिडियो, सेना र प्रहरी

प्रहरी र सेनाले बनेपामा कुचो र डोको बोकेर सरसफाइमा लागेका थिए । पुलबजारबाट सुरु भएको सरसफाई सबै नगरपालिका भरी सफा गर्ने योजना रहेकोमा सोमबार पनि यो अभियानलाई निरन्तरता दिने नगरपालिकाले जानकारकिा दिएको छ ।

बनेपाको सरसफाईमा लागे सिडियो, सेना र प्रहरी

सरसफाई अभियानमा प्रमुख जिल्ला अधिकारी कृष्ण राउत, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख राबिराज खड्का, बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादे, उपमेयर रेखा दाहाल, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यलगायत विभिन्न संघसंस्थाका प्रमुखहरूको उपस्थिति रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।