पत्रकार महासंघ काभ्रेको कार्यालय तोडफोड, महासंघद्वारा भत्र्सना

काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कार्यालयमा गएराती (शनिबार) अज्ञात समूहले तोडफोड गरी चोरी समोत गरेको छ । बनेपा नगरपालिका वडा नं. ६ मा रहेको महासंघको कार्यालय तोडफोड गरी चोरी गरेका हुन् ।

घट्ना प्रति नेपाल पत्रकार महासंघ प्रदेश ३ समिति र काभ्रे शाखाले घट्नाको घोर भत्र्सना गर्दै एक प्रेस विज्ञप्ति निकालेको छ ।

प्रदेश ३ द्वारा प्रेसित विज्ञप्तिमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको भवन तथा कार्यालयमा अज्ञात समुहले तोडफोड र चारी गरेको घट्ना प्रति प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएको छ ।

‘प्रेसलाई त्रसित बनाउन पत्रकारहरुको छाता संगठन, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा निरन्तर क्रियाशील पत्रकार महासंघ काभ्रे शाखाको भवन तोडफोड र चोरी गरिएको ठहर छ । उक्त घट्नामा संलग्न दोषी पत्ता लगाई कारवाही गर्न प्रशासन समक्ष माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरि नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले जारी विज्ञप्तीमा पत्रकार महासंघको कार्यालय माथी तोडफोड सहित चोरीको घटनाले सिङ्गो पत्रकारिता पेशा माथि आक्रमण भएको जनाएका छन् ।

‘अज्ञात समुहका नाममा महासंघको कार्यालयको मुल गेट फुटाई कार्यालय रहेको कोठा तथा अन्य कोठाहरु र कोठा भित्र रहेका टेबुलहरुको समेत ताला फुटाई गराईएको उक्त घटना निन्दनिय र भत्र्सनायोग्य छ’–विज्ञप्तीमा भनिएको छ– ‘पत्रकारिता पेशाबाट अतालिएको तथा नागरिकहरुको आवाजलाई सुन्न नसक्ने अराजक समुहले उक्त घटना घटाएको हाम्रो निश्कर्ष छ ।’ पत्रकार महासंघ माथि भएको आक्रमण, तोडफोड र चोरी प्रति घोर भत्र्सना गर्दै अविलम्ब दोषि पत्ता लगाई कडा कारवाहि गर्न प्रशासन समक्ष माग गरेको छ ।

यस्तो छ विज्ञप्तिः

पत्रकार महासंघ काभ्रेको कार्यालय तोडफोड, महासंघद्वारा भत्र्सना पत्रकार महासंघ काभ्रेको कार्यालय तोडफोड, महासंघद्वारा भत्र्सना

Comments

comments