रोशीमा हिमाली गाउँ संरक्षण, नेपालले गरे विद्यालय भवन हस्तान्तरण

रोशी । हिमाली गाउँ संरक्षण। नेपालको आर्थिक सहयोगमा निर्माण भएको काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ५ को एक विद्यालय भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

उक्त संस्थाले निर्माण गरेको रोशी गाउँपालिकाको वडा–५ स्थित ठोकर्पा सिसाखानीमा रहेको श्री गणेश आधारमूत विद्यालयको ७ कोठे नवनिर्मित विद्यालय भवन शुक्रबार हस्तान्तरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रोशी गाउँपालिकाका अध्यक्ष डिवी लामाले शैक्षिक संस्थाहरुले व्यवहारिक र नयाँ शैक्षिक पद्दातिबाट पठनपाठान गर्नुपर्नेमा जोड दिए । गाउँपालिकामा कोही पनि बालबालिकाहरुलाई कुनै पनि बहाना गरी शिक्षाबाट बञ्चित नराख्न अध्यक्ष लामाले अभिभावकहरुलाई अनुरोध समेत गरे । विद्यालय भवन निर्माणका लागि सहयोग जुटाएको भन्दै हिमाली संरक्षण नेपाललाई रोशी गाउँपालिकाको तर्फबाट धन्यवाद समेत दिए ।

त्यस्तै कार्यक्रममा विशेष अतिथिका रुपमा पुगेका शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले शैक्षिक संस्थाहरुमा अभिभावक र समुदायको सहभागिता अनिवार्य रुपमा हुनुपर्ने बताए ।

विद्याललय भवन हस्तान्तरण गर्दै हिमाली गाउँ संरक्षण नेपालका अध्यक्ष तथा समाजसेवी निरध्वज लामाले समाजमा शैक्षिक पूर्वाधारको अभावबाट कुनै पनि बालबालिकालाई समस्या नआओस भन्दै आफ्नो अभियान निरन्तरता दिदै आएका बताए । अध्यक्ष लामाले बालबालिकाको नैसर्गिक अधिकारलाई कुण्ठित नपार्न अभिभावकलाई समेत आग्रह गरे ।

उक्त ७ कोठे विद्यालय भवन हस्तान्तरण गर्दै निर्माण कार्यमा रु. ५० लाख खर्च भएको विवरण समेत सार्वजनिक गरे । ग्रामिण भेगका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधार गर्नका लागि आफु निरन्तर लागि परेको बताउँदै उक्त विद्यालयमा भविश्यमा पनि आफ्नो संस्थाको साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।