तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५, पोखरी नारायणस्थानमा रहेको नारायाणस्थान मन्दिरको सरसफाईको लागि मानव सहयता केन्द्र नामक संस्थाले आवश्यक सामग्री हस्तारन्तरण गरेको छ ।
मंगलबार मन्दिर परिसरमा प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ बमध्वजले एक कार्यक्रमका बीच मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मकरध्वज लामालाई हस्तान्तरण गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेको सांसद बमध्वजले मन्दिरलाई डस्टपीन, झाडु लगायतका समाग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले क्यान्सरसँग जीतेका दुधराज लामाले सामाजिक क्षेत्रमा गर्न लागेको कामको प्रसंसा गरे ।
नारायणस्थान माविमा अध्ययनरत विद्यार्थी दुधराज लामाको नेतृत्वमा स्थापना भएको मानव सहयता केन्द्रले विशेष गरि क्यान्सर पिडित र मृगौला पिडित विरामीहरुको सहयताको लागि काम गर्ने अध्यक्ष लामाले बताए ।






















