बौद्ध- यस प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको कार्यलय बौद्ध–६, काठमाण्डौ तामाङ भवनमा धर्म प्रवचन कार्यक्रम हुने भएको छ ।
प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको आयोजनमा श्रद्धेय धर्मगुरु परम्पूज्यनीय डोल्पो टुल्कु ओग्यान छोइङ येशे रिन्पोछेबाट बुद्ध वाचन धार्मिक प्रवचन कार्यक्रम हुने भएको हो ।
कार्यक्रम प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको कार्यलय बौद्ध–६, तामाङ भवनमा पौष २८ गते शानिबार विहान ८ बजे देखि सुरु हुने सस्थाका अध्यक्ष टासी कुमार लामाले तेमाल अनलाइनलाई जानकारी दिएको छ ।

कार्यक्रममा सम्पूर्ण धर्म प्रेमी भक्तजन, उपासक, उपासिकाहरु उपस्थित भई अपार पुण्य लाभ लिनु हुन आयोजकको तर्फबाट सस्थाका महासचिवले तेमाल अनलाइ मार्फत अनुरोध समेत गरेको छ ।
सस्थाले प्रत्येक शनिबार बिहान ७ देखि ९ बजे सम्म निःशुल्क रुपमा सम्भोटा लिपि, बौद्ध धर्म, दर्शन, विस्तार र सम्वर्द्धनको लागि बालबालिकाहरुका लागि लक्षित गरि मन्जुश्री धर्म बाल कक्षा संचालन गर्दै आइरहेको, प्रत्येक दिन विहान ६ देखि ८ बजे सम्मा मोलाम पाठ कक्षा संचालन भइरहेको सस्थाका कोषाध्यक्ष पेन्ढो शेर्पाले बताएका छन् ।

सस्था स्थापनाकाल देखि नै निरन्तर रुपमा दिउसो १ बजे देखि सम्भोटा लिपि सिकाइ कक्षा, २ बजे देखि झ्योर्लोक र च्योई प्रशिक्षण कक्षाहरु निःशुल्क रुपमा संचलान गर्दै आईरहेको सस्थाका उपध्यक्ष सोनाम थोकारले बताएका छन् ।
अहिले नया विध्यार्थीहरुका लागि मध्य नजर गर्दै नया भर्ना समेत भईरहेको संस्थाका सचिव कुमार थोकरले बताए ।






















