काठमाडौं । मलेसिया रिटर्नी समाज नेपाल नामक संस्थाको पहिलो प्रयासमा बुधबार देखि एक रेष्टुरेन्ट संचालनमा ल्याइएको छ ।

मलेसियाबाट फर्किएका युवाले आफ्नै देशमा सामुहिक रुपमा सहयात्री नामक रेष्टुरेन्ट खोलेका हुन् । किन धाउनु समुन्द्र पारी आउ गरौं स्वदेशमै रोजगारी भन्ने नारा सहित सहयात्री रेस्टुरेन्ट काठमाडौं स्थिति सिंहदरबारको अनामनगर बाट सुरूवात गरिएको हो ।

उक्त रेष्टुरेण्टको उद्घाटन युवा परिषदका उपाध्यक्ष माधव ढुँगेलले गरेका हुन । उनले वैदेशिक रोजगारबाट नेपालमा नै केही गर्छु भन्ने उदेश्यका साथ फर्केका युवाले यसरी आफ्नै उद्यम सुरु गर्नु एकदमै सह्रानिय र उदारणीय काम भएको बताए ।

मलेसिया बाट दुख गरेर कमाएर ल्याएको पैसालाई सहि ठाउमा सदुपयोग गर्ने र देशमै ब्यबसाय गरेर आफ्नै देशमा बस्ने उदेश्यका साथ रोजगारको सिलसिलामा मलेसिया केहि बर्ष बसिएर फर्केका नेपाली युवाले सयुक्त रुपमा ब्यवसायि सन्चालनमा ल्याएका हुन् । यो लक्ष्य देशभर लाने रिटर्नी समाजको लक्ष्य रहेको छ ।

आगामी दिनमा समाजमा आवद्ध रिटर्नीहरुले काठमाडौंमा यातायात ,तरकारी व्यवसाय ,कर्णालीमा र्याफ्टीङ लगायतका व्यवसाय संचालनमा ल्याउने योजना रहेको बताइएको छ ।

कार्यक्रममा मलेसिया रिटर्नी समाज नेपालका अध्यक्ष सुनिल चालिसे उपाध्यक्ष विनोद खड्का महासचिव रामचन्द्र नेपाल सल्लाहाकार बुदि भट्टराई, पत्रकार रमेश तुफान लगायतको उपस्थिति रहेको थियो ।

Comments

comments