तामाङ चलचित्र नायक स्वर्गीय  तिर्थ कुमार लामाको  चलचित्र संघकाे अायाेजनामा  बुधबार १३ अाैं पुण्य तिथिकाे अवसर पारेर राष्ट्रिय सम्मान , श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रम प्रज्ञाप्रतिष्ठान काठमाडौंमा सम्पन्न भएकाे छ ।  

कार्यक्रममा नेपाल तामाङ कलाकार संघ अध्यक्ष सञ्जिव वाइवा तामाङ युवा घेदुङका उपाध्यक्ष संगम थोकर, विलम मोक्तान नायक दावा फिन्जो तामाङ एभरेष्ट फेसन हाेमका अध्यक्ष रन्जिता तामाङ लगायतका व्यक्तिहरुले श्रद्धाञ्जली र समवेदना दिदै स्वर्गीय नायक तिर्थ कुमार लामाले तामाङ चलचित्रमा दिएकाे याेगदान कहिले विर्सन नसकिने बताउनु भयाे थियोे ।

तामाङ चलचित्र संघका अध्यक्ष विकु थाेकरले भन्नु भयाे ‘उहाँको तामाङ चलचित्रलाई यहाँ सम्म ल्याउन उहाँको अतुलनीय य‍ोगदान पुर्याउनु भएको छ। हामीले उहाँकाे याेगदानलार्इ कहिले बिर्सन सकिदैन । तामाङ चलचित्रलार्इ दिएकाे याेगदानकाे कदर सधै गर्ने छाै ।भन्दै निकै भावुकतामा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

Comments

comments