चौरीदेउराली । काभ्रे जिल्ला चौरी देउराली–३ मा रहेको श्री बुद्ध हिमालय मा.वि. का भुतपुर्व विद्यार्थीहरुको संस्था बुद्ध हिमालय एलुम्नाई एशोसियसनको दोस्रो वार्षिक साधारण सभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । २०७३ सालमा स्थापित भएको यस संस्थाको दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको हो ।

बुद्ध हिमालय एलुम्नाई एशोसियसनको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

कार्यक्रम वडा अध्यक्ष बिनोद घिसिङको प्रमुख अतिथि, पुर्व प्रअ दुर्ग सिंह लामा तथा लक्षमान दाहाल बिशेश अतिथ्यमा सम्पन्न भएको थियो । साधारणसभामा संस्थाका सचिव लक्षमान गौतमले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको दोस्रो वार्षिक सधारणसभाको उपलक्ष्यमा यस २०७४ का एसइइ परिक्षामा उत्कृष्ट भएका २ जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको थियो भने डिल्ली प्रसाद चौलागाईं स्मृती प्रतिस्ठानका राजु चौलागाईंलाई सम्मान समेत गरेको थियो । संस्थाले यस वडा भित्रको सबै बिद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको थियो भने हरेक बिद्यालयका विद्यार्थीहरुले नृत्य प्रदर्शन गर्दै मनोरञ्जन दिएका थिए ।

बुद्ध हिमालय एलुम्नाई एशोसियसनको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

संस्थाका अध्यक्ष शेरफ योन्जनले संस्थाका विविध बिषयमा आफ्नो धारणा राख्दै हालसम्म संस्थाले गरेको काम अबको दिनमा संस्थाले गर्ने सिर्जनात्मक र रचनात्मक काममा आफू र आफ्नो संस्था सधै अघि बढिरहने बताउदै निकट भविष्यमा विभिन्न निकायहरुसँग सहकार्य गरि संस्थाले समृद्धि अभियानमा रचनात्मक कार्य गर्दै जाने बताएका थिए । कार्यक्रम संस्थाका महासचिव राजकुमार मोक्तानले सञ्चालन गरेका थिए । हाल यस संस्थामा २०० जनाभन्दा बढी भुतपुर्व विद्यार्थीहरुले आजिवन सदस्यता लिईसकेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।