तेमाल गाउँपालिकामा प्रवेशद्वार निर्माण हुने, गापा प्रमुखद्वारा सिलान्यास

तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका प्रवेश गर्ने स्थानमा प्रवेशद्वार निर्माण हुने भएको छ । प्रवेशद्वारको शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष सलामसिं तामाङले सिलान्यास गरेका छन् ।

प्रवेशद्वार कालीमाटी र बोहोरे देभानमा बन्ने भएको छ । प्रवेशद्वारको सिलान्यास गर्दै तेमाल गाउँपालिका अध्यक्ष तामाङले तेमालको सिमा प्रारम्भ भएको संकेत मात्र नभएर गाउँपालिकाको पहिचान पनि भएको बताए ।

आर्थिक वर्ष २०७५।०७६ को बजेट तथा कार्यक्रम अनुसार यस प्रवेशद्वार निर्माणका लागि १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रवेशद्वार तेमालको पर्यटन्, धर्म, संस्कृति र परम्परा झल्किने खालको हुने उपभोक्ता समितिका अध्यक्ष छेडुप लामाले तेमाल अनलाईनलाई बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।