भिजन र सिद्धिकद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । भिजन पोलिक्लिनिक पूर्णरुपमा सञ्चालनमा आएको अवसरमा सिद्धिक बचत तथा ऋण सहकारी संस्थासमेतको आयोजनामा “भिजन मेगा रक्तदान कार्यक्रम” आज रक्तदाताहरुको उत्साहपूर्णरुपमा सहभागितामा सम्पन्न भएको छ । यी दुवै संस्था कोटेश्वरको भाटभटेनीसँगै रहेका छन् ।

विहानदेखि नै दाताहरु रक्तदान गर्न उत्साहित बनेर आएका थिए । रक्तदान गर्नेहरुलाई खाजा, जुस, सम्मान पत्र, टिसर्ट, भिजन पोलिक्लिनिकको आजिवन सदस्यता र सिद्धिक बचत तथा ऋण सहकारी संस्थामा खाता खोली रु.५,००० जम्मा गर्दा प्रोत्साहनस्वरुप थप रु.५०० खातामा डिपोजिट गरिदिने व्यवस्था पनि थियो ।

रक्तदान कार्यक्रम पछि भिजन पोलिक्लिनिकका अध्यक्ष हिमाल श्रेष्ठले विशुद्ध मानव सेवाका लागि निरन्तररुपमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा रक्तदान कार्यक्रमको आयोजना गरिएको धारणा राखे ।

Comments

comments