भकुन्डेका इट्टा भट्टा बन्द गर्ने व्यवसायी र नगरपालिकाबीच सहमति

काठमाण्डौँ । लामो समयदेखि विवाद रहदै आएको इट्टा व्यवसायी र नगरपालिकाले भकुण्डेमा इट्टा भट्टा बन्द गर्ने सहमति गरेका छन् । इट्टा उद्योगको विकल्प खोज्ने सर्तमा शनिबार जिल्ला समन्वय समिति, काभ्रेको कार्यालयमा सहमति भएको घोषणा गरेको थिए । नमोबुद्ध नगरपालिका र इट्टा व्यवसायीहरुले सहमति पत्रमा हस्ताक्षर गरेको छन् ।

मापण्ड विपरित सञ्चालन भइरहेको उद्योगले मानव स्वास्थ्यमा गम्भिर असर पुर्याएको भन्दै नमोबुद्ध नगरकार्यापालिकाले भकुन्डेमा रहेको इट्टा उद्योगहरु बन्द गर्ने घोषणा गरेको थिए । व्यवसायीले नटेरेपछि नगरप्रमूख टिपी शार्माले प्रशासन लगाएरै भएपनि उद्योग बन्द गर्ने चेतावनी दिदैँ आएका थिए ।

सहमति अनुसार २०७६ साल असार मसान्तबाट भकुण्डे बेसीका सबै इट्टा उद्योग बन्द हुने छन् । ‘ब्यवसायीहरुले यो पटक पनि इट्टा बनाउन लगानी गरिसकेको र पुरानो इट्टाको समेत ब्यवस्थापन गर्ने गरी समय छुट्याइएको हो ।’ पत्रकार सम्मेलनमा नगरप्रमूख शार्माले भने ‘सहमति कार्यान्वयनमा आउनेमा म विश्वास्त छु ।’

भकुण्डेमा ८ वटा इट्टा उद्योग सञ्चालनमा छन् । उनीहरु मध्ये कुनै पनि उद्योगले मापदण्ड पुरा नगरेको पाइएपछि हालको स्थानबाट अन्यत्र उद्योग सार्ने निर्णय नगरकार्यपालिका र नगरसभाले गरेको थियो । ब्यवसायीहरुले करोडाँै लगानी जोखिममा परेको मात्र नभई अन्य ठाउँमा उद्योग सञ्चालन गर्न सकिने अवस्था नभएको गुनासो गरेका छन् । ‘उद्योग नै बन्द गर्नुको विकल्प रहेन ।’ व्यवसायीले भने ।

Comments

comments