सल्लो काट्न अनुमति दिएकोमा साल काटेपछि अख्तियारमा उजुरी

काभ्रे । जिल्लाको मण्डन देउपुर नगरपालिका वडा नं. १२ ज्याम्तीमा रहेको बासखर्क सामुदायिक वन उपभोक्ता समितिले सल्लोको रुख काट्न स्वीकृत लिएर सालको रुख काटेको छ ।

स्वीकृत विपरीत सालको रुख काटेपछि उपभोक्ता समितिका अध्यक्ष विरुद्ध जिल्ला वन कार्यालय धुलिखेल र अख्तियारमा उजुरी परेको छ ।

बासखर्क सामुदायिक वन उपभोक्ता समिति विरुद्ध त्यहाँका स्थानीयले वन फडानी गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष विरुद्ध उजुरी हालेका हुन् ।

यस्तो छ उजुरीः

यस्तो छ उजुरीः

उपभोक्ता समितिका अध्यक्ष रमेश पराजुलीले आफू खुशी वन फडानी गरेको स्थानीयको आरोप छ । समितिका सदस्यहरुलाई समेत जानकारी नगराई उनले एकतर्फी वन फडानी गरेको भन्दै सल्लो काट्न निर्णय गरेपनि सालको रुख काटेका कारण अध्यक्ष पराजुली विरुद्ध उजुरी हालेको स्थानियले बताएका छन् ।

अध्यक्ष पराजुली र कोषाध्यक्ष मिलेर मनलाग्दी ढंगले वन फडानी गरेका कारण वन कार्यालयमा र अख्तियारमा समेत उजुरी हालेको स्थानियले बताएका छन् ।

यसै विषयमा जिल्ला वन कार्यालयमा बुझ्दा बासर्खक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विरुद्ध उजुरी परेको वन कार्यालयका प्रमुख बद्रीकुमार कार्कीले जानकारी दिए । त्यसैगरी पाँचखालका वन अधिकृत ओम ओलीले त्यहाँको बारेमा फिल्डमा गइ अध्ययन गरेर प्रतिवेदन तयार पार्न निर्देशन दिएको बताए । उनका अनुसार बासर्खक सामुदायिक वन उपभोक्ता समितिले गल्ती गरेको छ । ‘आफू खुशी वन फडानी गरेको दखिन्छ । यस विषयमा फिल्डमा नै गएपछि मात्र सबै कुरा भन्न मिल्छ ।’ अधिकृत ओलीले भने, ‘प्राविधिक हिसावले हो भने वन फडानी गरेको सोह्रै आना गल्ती देखिन्छ बाकीँ फिल्डमा गएपछि मात्र भन्न सकिन्छ ।’

Comments

comments