श्रद्धेय धर्मगुरु परमपुज्यनीय डोल्पो टुल्कु ओग्यान छोइङ येशे रिन्पोछे ज्यू

काठमाण्डाै– बाैद्धस्थित तामाङ भवनमा बुद्ध वचन धार्मिक कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रम प्राचीन अनुवाद एकमात्री गुरु संघ, नेपालकाे आयोजनामा पाैष २८ गते गरिएको थियो । श्रद्धेय धर्मगुरु परमपुज्यनीय डोल्पो टुल्कु ओग्यान छोइङ येशे रिन्पोछे ज्यूको प्रमुख अातिथ्यमा कार्यक्रम गरिएकाे थियाे । कार्यक्रम प्राचीन अनुवाद एकमातृ गुरु संघ नेपालको कार्यलय बौद्ध-६, काठमाडौं तामाङ भवनमा गरिएको हाे ।

कार्यक्रममा उपस्थित भक्तजनहरु

उक्त कार्यक्रममा ३०० जना भन्दा धेरै धार्मिक अास्थावान महानुभावहरु उपस्थित भएका थिए । अायाेजककाे तर्फबाट सबै जनालाई खानाकाे समेत व्यवस्था गरेकाे थियाे । खाना व्यवस्थापनकाे जिम्मा भने दावा वाङ्गेल शेर्पा परिवारले लिएका थिए । कार्यक्रममा बुद्ध भजन समेत गाएका थिए ।

रिन्पाेछेलाई कुसुम मेण्डल चढाउदै दावा वाङ्गेल शेर्पा परिवार

कार्यक्रम समापन उपाध्यक्ष साेनाम थाेकरले गरेका थियाे भने कार्यक्रममा उपस्थित हुनुभई धर्मप्रति अास्थावान भएका सबै भक्तजनहरुलाई धन्यवाद समेत दिनुभएकाे थियाे ।
कार्यक्रममा अर्थिक सहयाेग गरि पुण्यलाभ लिनुभएका सहयाेगी दाताहरुलाई काेषाध्यक्ष पेण्डाे शेर्पाले धन्यवाद समेत दिनुभएकाे थियाे ।

सस्थाले प्रत्येक शनिबार बिहान ७ देखि ९ बजे सम्म निःशुल्क रुपमा सम्भोटा लिपि, बौद्ध धर्म, दर्शन, विस्तार र सम्वर्द्धनको लागि बालबालिकाहरुका लागि लक्षित गरि मन्जुश्री धर्म बाल कक्षा संचालन गर्दै आइरहेको, प्रत्येक दिन विहान ६ देखि ८ बजे सम्मा मोलाम पाठ कक्षा संचालन गर्दै अाईरहेकाे छ ।

सस्थाले स्थापनाकाल देखि नै निरन्तर रुपमा  दिउसो १ बजे देखि सम्भोटा लिपि सिकाइ कक्षा, २ बजे देखि झ्योर्लोक र च्योई प्रशिक्षण कक्षाहरु निःशुल्क रुपमा संचलान गर्दै आईरहेको छन् ।

कार्यक्रममा उपस्थित भक्तजनहरु

Comments

comments