सचिव झाले मन्त्रीलाई गाली गर्दै भने, ‘हरामीका बच्चा आईज एक्ला–एक्लै मारौं’ (भिडियो सहित)

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवलार्य उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाले एक्ला–एक्लौ भिड्न लालकार्दै अश्लिल शब्द प्रयोग गरेका छन् ।

मन्त्रालय परिसर बाहिर आएर उनले मन्त्री यादवलाई भिड्न आउन लालकार्दै थिए । मन्त्रीले झापड हानेपछि सचिव विद्यानाथ झा गाली गर्दै बाहिरिएको भिडियो सार्वजनिक भएको छ । झाले मन्त्रीलाई अपशब्दसमेत प्रयोग गरेका छन् । झाले आफ्नो घर जनकपुरमै रहेको भन्दै यादवलाई मन्त्रीपदबाटै हटाउनेसम्मको चेतावनी दिएका छन् ।

यादव र झाबीच हातहालाहालकै स्थिति आएपछि सभामुखले छुट्याएका थिए ।

चरित्र हत्या गर्ने प्रयास भयोः मन्त्री यादव
आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आफूले सचिव झामाथि कुटपिट नगरेको दाबी गरेका छन् । कार्यक्रमबारे जानकारी लिन खोज्दा झाले पदीय मर्यादा बिर्सेर ‘स्थानीय हुँ’ भन्दै दुव्र्यवहार गरेको उनको दाबी छ । मन्त्री यादव घटनाबारे थप बोल्न चाहेनन् ।

३ सदस्यीय छानबिन समिति गठन
प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कुटपिटको घटनाको छानबिन गर्न आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । समितिमा प्रमुख सचिव दीपक सुवेदी र मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुँयाल सदस्य छन् । समितिलाई एक हप्ताको समय दिइएको छ ।

हेर्नुहोस भिडियो: