सिन्धुली । सार्वजनिक स्थलमा ‘फ्रि वाईफाई जोन’ बनाउने सरकारको योजना अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाले जिल्ला अस्पताल सिन्धुली र बसपार्कलाई ‘फ्रि वाईफाई जोन’ घोषणा गरको छ ।
सोमबार कमलामाई नगरपालिकाले एक औपचारीक कार्यक्रमको आयोजना गरि ‘फ्रि वाईफाई जोन’ घोषणा गरेको हो । सोही अवसरमा नगरपालिकाले मोबाईल एप्लिकेशन समेत उद्घाटन गरिएको छ ।
सञ्चार प्रविधिको आजको युगमा प्रविधिको अधिकतम प्रयोग गर्न सके मात्र मात्र व्यक्ति, समाज र राष्ट्रको विकास हुने भएकाले प्रविधिको प्रयोगमा नगर लागि परेको नगरप्रमुख खड्ग बहादुर खत्रीले बताए । विरामी कुर्दा र गाडी कुरेर बस्दाको पट्यार लाग्दो समयमा फ्रि वाईफाइको सेवा दिन सके उनीहरुले राहतको महसुस गर्ने भएकाले यस्तो सेवा सुरु गरिएको नगर प्रमुख खत्रीले बताए ।
‘विरामी तथा गाडी कुर्दाको खालि समयमा फ्रि वाईफाईको सदुपयोग गरी एक ठाउँमा रहेर विश्वको हरेक कुनामा घटेका घटनाहरुबारे जानकारी लिन सहज होस् भनेर सेवा सुचारु गरीएको हो । नगरप्रमुख खत्रीले बताए । यसबाट नगरबासीले परिवर्तनको महसुस गर्ने उनको विश्वास रहेको छ ।






















