दोलालघाट पर्यटन बोर्डले गरियो बालुवा टेन्डर ‘खारेज

काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका वडा नं. ८ को बगरमा बलुवा निकाल्ने गाउँपालिकाको टेन्डर दोलालघाट पर्यटन बोर्डले खारेज गरेको छ ।

पर्यटन बोर्डको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको बोर्डका अध्इक्ष देबेन्द्र बहादुर श्रेष्ठले तेमाल अनलाईनलाई बताए ।

बिगत केही बर्ष अघि देखि भु–माफीयाको बढ्दो उत्खननले उक्त स्थाकोे स्वरुप बिग्रेको र माफियाको चालखेलले अशान्त बनेकोले यस्तो निर्णय गरेको बोर्डका सदस्य रोनेस श्रेष्ठको भनाई छ । ‘भुम्लुगाउँपालिका वडा न ८ मा अवस्थित यो बगर पर्यटन र सुटिङका हिसाबले निकै महत्वपूर्ण र चर्चित छ ।’ श्रेष्ठले तेमाल अनलाईनसँग भने, ‘सम्पुर्ण दोलालघाट क्षेत्रलाई रफ्तारमा पर्यटन बिकासमा जोड दिन लागेका छौं ।’ बगरलाई संरक्षण गरे दोलालघाटको मुहार फेरिनेमा उनले विश्वास गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।