प्रकाश तामाङ
मकवानपुर । एन. सि. एफ. नेपाल ३ न. प्रदेश युवा समितिले बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।
मकवानपुर स्थित मनहरि गाँउपालिका–१ मकरिका ५० जना भन्दा बढी साना स्कूले बालबालिकाहरुलाई न्यानो पोसाक वितरण गरिएको हो ।
नेपाली मंडली इतिहासकै ऐतिहासिक तथा गौरवशाली संगठन एन सि एफ नेपालको ६० औ बर्षगाँठको महान अबसरमा बिपन्न र गरिबिको समस्याले जाडोमा कठ्यांग्रीदै पढ्न आउनुपर्ने बाध्यतामा रहेका बिद्यार्थिलाई स्विटर, टोपी, मोजा सहित कम्बल पनि बितरण गरेको समितिका अध्यक्ष ईश्वर पाख्रीनले बताए । उनले यो कार्यक्रम विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन गरि उठेको रकमबाट कार्यक्रम गरिएको बताए । न्यानो कपडा पाएपछि स्कुलका बालबालिकाहरु धेरै खुसी भएका छन् ।
ईश्वर पाख्रीनको अध्यक्षतामा रहेको सो कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरु, मण्डलीका पाष्टर अगुवाहरुको उपस्थित रहेका थिए ।
कार्यक्रमको सहजिकरण एन. सि. एफ नेपाल ३ न. प्रदेशका युवा समितिका सचीव वीर रत्न दोङ्ले गरेका थिए ।






















