काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ७ स्थित बीर हनुमान इट्टा उद्योगको वाल भत्किदा १ बालक र एक वालिकाको मृत्यु भएको छ । यो घट्ना आज (विहिबार) को हो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रबिराज खड्काका अनुसार इट्टा उद्योगको वाल भत्किदा ४ जना पुरिएको थिया । एसपी खड्काका अनुसार मृत्यु हुनेमा ११ महिनाको बालक निर्माण परियार र ३ बर्षको बालिका जेनिसा परियारको उपचारको लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ ।
अन्य दुई जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते बर्ष ३ कि झरना परियार र बर्ष ३५ की सितादेवी पासवानको धुलिखेल अस्पतालमा उपचार भइरहेको खडकाले बताए । उक्त उद्योग सानु कोजु लगायतको लगानीमा संचालित हो ।
आज मात्र मापदण्ड विपरित भट्टा संचालनमा रोक लगाउन माग राख्दै पाँचखालबासीहरु आन्दोलनमा उत्रिएका थिए । नगरपालिकाको कार्यालयमा जनताहरु उत्रिरहेकै समयमा उता भट्टाको डग भत्किएर दुई जनाको ज्यान गएको हो ।






















