काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ७, श्रीराम पार्टीमा रहेको बीर अनुमान ईंट्टा भट्टामा भएको दुर्घट्नाको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।
विहिबार (आज) दिउँसो ४ बजें पाँचखाल न.पा ७ श्रीराम पार्टी बिर हनुमान ईंट्टा भट्टामा ईंट्टा पकाउनको लागी बनाई राखेको (डग) पर्खाल भत्किदा १ बालकको मृत्यु र २ जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी १० फिट अग्लो पर्खाल भत्किदाँ उक्त क्षति भएको हो ।
मृतकको सनाखत
सो दुर्घट्नामा परि मृत्यु हुनेहरुमा रोल्पा जिल्ला मारीगाउँपालिका वडा नं. ३ बस्ने नबिन बि.क को छोरा ११ महिनाको निर्माण परियार र रोल्पा जिल्ला गंगादेब गा.पा १ बस्ने ज्ञान परियारको छोरी बर्ष ३ की जेनिशा परियार रहेका छन् । उनीहरु दुवैजना उपचारको लागि अस्पताल ल्याउदा ल्याउदै बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बच्चाहरु पनी खेलिरहेका अवस्थामा एक्कासी पर्खाल भत्केको थियो ।
घाइतेहरुको विवरण यस्तो छः
सो दुर्घट्नामा परि घाइते हुनेहरुमा रोल्पा जिल्ला मारीगाउपालिका वडा नं. ३ बस्ने राम घर्तीको छोरी बर्ष ३ की झरना घर्ती रहेकी छिन् । उनेको टाउकोमा चोट लागेको छ ।
त्यसैगरि भारत दरबङगा बृद्धिपुर बस्ने गणेश पासवानको श्रीमती बर्ष ३५ की सितादेबी पासवान रेहकी छिन् । उनको छातिमा चोट लागेको छ । प्रहरीका अनुसार उनी बोल्न नसक्ने अवस्थामा छिन् ।दुर्घट्ना पछि पाँचखालबाट तत्काल प्रहरीले उद्धार गरेको थियो ।