बेथानचोकमा रहेको सरस्वती माविको ४० औं जन्मोत्सव सम्पन्न

काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ४, पार्थलीमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयको ४० औ जन्मोत्सव सम्पन्न भएको छ । आज (विहिबार) विद्यालयलय विभिन्न कार्यक्रमका साथ आफ्नो जन्मोत्सव मनाएको हो ।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको प्रमुख आतिथ्य र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको फिड नेपाल भक्तपुरको सहयोग र सञ्चारकर्मी सरोज अधिकारीको सक्रियतामा विद्यालयमा अध्ययनरत शिशु कक्षा देखि कक्षा ५ सम्मका करिब ९५ जना विद्यार्थीहरुलाई न्यानो पोसाक तथा स्टेसनरी सामान वितरण गरेको थियो ।

बेथानचोकमा रहेको सरस्वती माविको ४० औं जन्मोत्सव सम्पन्न

सो अवसरमा विद्यालयमा लामो समय प्रधानाध्यापक रहि सेवा निवृत भएका शिक्षक रामकृष्ण श्रेष्ठ र उनकी धर्मपत्नी सुन्तली श्रेष्ठलाई सम्मान तथा बिदाइ समेत गरिएको थियो ।

कार्यक्रममा फिड नेपालका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, पार्वती मा.वि. स्रोतकेन्द्रका श्रोतव्यक्ति बाबुराम तिमल्सिना, स्रोतकेन्द्र प्रधानाध्यापक गोविन्द प्रसाद शर्मा, नेकपा बेथानचोक संयोजक बेदप्रसाद तिमल्सिना, नेपाली काँग्रेस बेथानचोक संयोजक कृष्ण बहादुर पाख्रिन, बेथानचोकका सबै वडाका वडाअध्यक्षहरु, बेथानचोक प्रहरी चौकी प्रमुख कृष्ण बहादुर थापा, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद अधिकारी, अन्य विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु, सहयोगी तथा चन्दादाता लगायतका उपस्थिति रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।