कास्की । म्हेन्दो माया समाज, नेपाल कास्कीका सदस्य सुनमाया तामाङको बुधबार निधन भएको छ ।
उनको निधप्रति म्हेन्दो माया समाज, नेपाल, कास्कीले गहिरो दुःख व्यक्त गरेको छ । ‘उहाँको निधनले हाम्रो संस्थामा अतुलनिय क्षति भएको छ ।’ संस्थाका जिल्ला सदस्य अनुप जिम्बा तामाङले भने, ‘उहाँलाई हामी सधैंभरि सम्झिरहनेछौं ।’
दार्खा–३, धादिङ निवासी तामाङ यस संस्थामा २०७३ सालदेखि आबद्ध भएकी थिइन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















