नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगारपालिका वडा नं. ३, भेडाबारीमा श्रीमदभागवत् पितृमोक्ष ज्ञान महायज्ञ हुने भएको छ ।
स्थानीय कालीदेवी मन्दिरको जीर्णोद्वार गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको आयोजकले जनाएको छ । यस मन्दिरको जीर्णोद्वार भए धार्मिक पर्यटनको समेत विकास हुने विश्वास आयोजकले गरेको छ ।
महायज्ञ आगामी माघ २१ गतेदेखि २८ गतेसम्म हुने भएको छ । महायज्ञमा युवा पण्डित इश्वरकृष्ण महाराजजीले संगीतमय कथा र बाचन गर्ने बताइएको छ ।
मदिरको ऐतिहासिकता यस्तो छः
यो मन्दिर तत्कालिन भक्तपुरे राजा प्रताप मल्लका पुजारी व्यासदेव भुर्तेलले वि.सं. १८२६ मा दरबारमा पुजारी बसे बापत भेडाबारी र आसपासका केही भूभागहरु विर्तामा पाएका थिए । उनै पूजारीकी छोरी अम्बिकादेवी भुर्तेलले सो मन्दिरका स्थापना गरेकी थिइन् । कार्यक्रम श्री कालीदेवी गुठी समिति तथा सप्ताह मूल समारोह समिति भेंडाबारीको आयोजनामा हुने छ ।






















