उपराष्ट्रपतिद्वारा हाइड्रो एक्पोमा कुलमान घिसिङ सम्मानित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक उपराष्ट्र पति नन्दबहादुर पुन (पासाङ)द्वारा सम्मानित भएका छन् ।

काठमाडौंको भुकुटीमण्डपमा आज (शुक्रबार)बाट सुरु भएको ‘हिमालय हाइड्रो एक्स्पो–२०१९’ मा उपराष्ट्रपति पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरेका हुन् । प्राधिकरणको नेतृत्व सम्हाले सँगै कुशलतापूर्वक लोडसेडिङको अन्त्य गरेर उज्यालो नेपाल बनाउन सफल भएको भन्दै उनलाई सम्मान गरिएको हो ।

घिसिङ कार्यकारी निर्देशक नियुक्त हुँदा बार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमाा रहेका प्रििाधकरणलाई वित्तिय र प्रशासनिक सुधार तथा पुनसंरचनामार्फत खुद नाफामा लैजान सफल भएका थिए । कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकारले १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको बताउदै यसलाई पूरा गर्न प्राधिकरणले ‘टेक अर पे’ मा विद्युत खरिदको नीति लिएको बताए । यस नीतिले निजी प्रबद्र्धकलाई लगानीको लागि वातावरण तयार गरिएको उनले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।