काभ्रेमा पुगेर मन्त्री बाँस्कोटाले भने, ‘अबको लडाईं गरिबीसँग’
फाईल फोटो

भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकारले आफ्ना पेशागत कुरा गर्नुपर्नेमा आन्दोलनकारीको माग पुरा गर भन्नु गैरजिम्मेवारी रहेको बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २१औं साधारण सभा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।

‘पत्रकारले राजनीति गर्ने हो कि, समाचार लेख्ने हो ?’ उनले प्रश्न गर्दै भने, ‘सरकारले सबै क्षेत्रमा काम गरेपनि सरकारप्रति पूर्वाग्राही राखेर समाचार आउने गरेको छ, पत्रकारहरु नेपालका मिडिया मालिकको चाहना अनुसार चल्ने गरेको छ ।’ मिडियाले पत्रकारिता नगरी सत्ता पक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्न थालेको टिप्पणी गर्दै उनले सरकारविरुद्ध षड्यन्त्रको अभ्यास धेरै दिन नटिक्ने विचार व्यक्त गरे । डा. गोविन्द केसीले आफ्नो माग बिरुद्ध आफै अनशन बसेको टिप्पणी गर्दै उनले नेपालको मिडिया केसीले देखाएको बालहटको पछि लागेका बताए ।

उनले प्रत्येक सञ्चार माध्यममा श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने ठोकुवा गरे । ‘यूनतम पारिश्रमिक लागू भयो भने सञ्चारमन्त्रीलाई कसरी सेकाउनु पर्छ भनेर बैठक बस्दैछ रे, मन्त्री बदलिएलान, तर नेकपा नेतृत्वको सरकार अब चार वर्ष कुनै हालतमा बदलिदैन ।’ उनले भने, ‘जो सुकै मन्त्री भएपनि यो सरकारले श्रमजिवीको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।