काभ्रे । वैदेशिक रोजगारको सिलसिलामा १२ वर्ष विदेशमा जीवन विताएका एक युवा स्वदेशमै केरा खेती गरि स्वरोजगार बनेका छन् । विभिन्न देशमा पटक पटक गरी १२ बर्ष बिताएर नेपाल फर्केका काभ्रेको तेमाल गाउँपालिका–८ तिलचौरका रामचन्द्र घिसीङ केरा खेती गरेर स्वरोजगार बनेका हुन् ।
मलेसिया, कतार र साउदीमा १२ बर्ष बिताउँदा पनि भबिष्य उज्वल बनाउँन नसकेपछि स्वदेशमै नङ्ग्रा खियाएर भविष्य उज्वल बनाउन लागिपरेको उनको भनाई छ । सदरमुकाम धुलिखेलबाट ४६ किलोमिटर पूर्वमा पर्ने तिलचौर तेमालको फेदीमा पर्छ । फेदीको सेपैमा घिसीङको सानो घर छ । घरको केही मुनी पटी दमार खेतमा हरीयो पातहरू हल्लीरहेको केरा बारी छ ।
घर मुनीको खेतको डिलमा बसी घिसीङ केराको बगैचा हेरीरहेको भटिए । १२ बर्षमा नभेटीएको खुसी आजकाल उनमा देख्न सकिन्छ । किनकी उनी केराखेतीबाट आम्दानी हुने सपना देखिरहेका छन् ।
एक बर्ष पहिले मात्रै नेपाल फर्केका घिसीङ नेपाल आएपछि के गर्ने भन्ने दोधारमा थिए । यस्तै छटपटीमा आफ्नै मामाका छोरा जगत दोङले केरा खेती गर्न सल्लाहा दिए पछि यो खेतीमा लागेका हुन् । खेती गर्ने त सोच बनाए तर बिउ कसरी, कहाबाट ल्याउने र कसरी खेती गर्ने भन्ने बिषयमा अन्योल नै थिए घिसीङ । मामाका छोरा दोङकै सहयोगमा र केही केरा विज्ञहरूको सल्लाहामा चितवनबाट केराको बिउ ल्याएर खेती सुरु गेको उनी बताउँ छन् ।
आज भन्दा १४ बर्ष अगाडी घिसीङ युवा जोस जाँगर छदा बिदेशीएका थिए । आफ्नो घर परिवारलाई बिर्सेर युवा अवस्थाको जोस जाँगर बिदेशमै खर्चेपछि नेपाल फर्केर नेपालमै केही गर्ने सोच बनाएका थिए । बिदेशमा विभिन्न समस्या र विभिन्न हण्डर खाएपछि नेपालमै केही गर्ने आफ्नो पसिना नेपालमै बगाउँने भन्ने उद्देश्य लिएर नेपाल फर्केको उनी बताउँ छन् । आफ्नो परिवारका साथ बसेर दुख सुख बिताउँने उद्देश्यका साथ ३ लाख लगानी गरेर केरा खेतीमा लागेको उनी बताउँछन् ।
जगत दोङको सल्लाहापछि कहाँबाट केराको बिउँ ल्याउने भन्ने बिषयमा छलफल गरी अनलाईनमा खोजेर चितवनबाट विउँ ल्याएको घिसिङले बताएका छन् ।
‘भाई जगतले चितवनका केरा व्यावसायी संघका अध्यक्षसँग कुरा गरेछन् । बिउ पठाउने भनेपछि हामीले बिउ मगाएका हौँ ।’ उनले भने, ‘चितवनबाट २ हजार वटा बिउ मगाएर खेती सुरु गरेका छौं । केराको बिउलाई चितवनबाट उनको घरसम्म ल्याईपु¥याउँदा प्रति बिउँको ३५ रुपैया परेको उनी बताउँछन् । उनका अनुसार २ हजार बिउँ मगाएका थिए । उनले साँढे दश रोपनी खेतमा १३ सय बोट केरा लगाएको बताएका छन् ।
केरा खेतीसम्बन्धि ज्ञान नहुँदा समस्या
घिसीङलाई केरा खेती सम्बन्धि ज्ञान नहुँदा केही समस्या महशुस भएको बताएका छन् । उनले केरा खेतीमा तालीम नलिई अनलाईनमा पढेर मात्र खेती सुरु गरेकाले प्राविधिक बिषयमा समस्या भएको बताएका छन् । कती खेर मल हाल्ने कती खेर कुन औषधी प्रयोग गर्ने भन्ने बिषयमा ज्ञान नभएकाले अनलाईनमा हेरेर प्रयोग गर्ने गरेको उनी बताउँ छ ।
प्रतेक २ महिनामा मल प्रयोग गर्ने गरेको घिसीङ बताउँछन् । केरा खेतीमा राम्रो ज्ञान नभएकोले प्रत्येक बेटको दुरी २ मिटरमा हुनु पर्नेमा त्यो दुरी नभएको उनी बनले बताएका छन् । उनले भने, ‘केराको बोटको फरक २ मिटरमा रोप्नु पर्ने रहेछ तर हामीलाई थाहा नहुँदा नजिक भएर समस्या भएको छ ।’
प्रबिधिक ज्ञान नहुँदा एक मिटर गहीराईमा रोप्नु पर्ने माथी नै रोप्दा हावाबाट जोउँन कठीन भएको उनीको भनाई छ । उनी भन्छन्, ‘बिउँलाई एक मिटरको खाल्डो खनेर रोप्नु पर्ने रहेछ तर थाहा नुहदा हामीले एक कोदालो खनेर रोपेकाले जरा माथी आएको छ । हावाबाट कसरी जोगाउँने भन्ने बिषयमा चिन्ता भएको छ ।’
क्रसरले गर्दा केरा खेतीमा असर
सो केरा खेतीमा रोशी खोलाको पानीबाट सिञ्चाई गरीरहेको घिसीङले बताएका छन् । रोशी खोला आसपासमा सञ्चालनमा रहेको क्रसरले गर्दा केरा खेतीमा असर गरेको उनी बताउँछन् । क्रसरले पिसेको ढुङ्गाको धुलो बगाई ल्याउँदा केरा खेतीमा असर परेको छ । बगाएर ल्याएको धुलोले जमीनलाई सिमेन्टले जसरी समात्ने र उब्जाउ कम हुने बताएका छन् । रोशी खोला आसपासमा धेरै क्रसरहरू सञ्चालनमा रहेको छ ।
जिल्लामा केरा खेती पहिलो पटक सुरु गरेका हुन् । काभ्रेमा यस भन्दा पहिले कुनै पनि स्थानमा व्यावसायीक हिसावले केरा खेती गरेको छैन । उनको यो प्रयासलाई जिल्लाको सवै निकायले साथ दिएमा उनी जस्ता युवाहरू बिदेशीन रोकिने थिायो । उनले केराको सम्भावन राम्रो देखेको बताएका छन् । केरा उत्पादन मात्र गर्न सके बजारको कुनै समस्या नहुने उनी बताउँछन् । बजारको लागि उनले बिचार गरीसकेका छन् । केरा उत्पादन भएपछि बँगैचामै लिन आउँनेसम्म थाहा पाएको उनी बताउँ छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























