मन्थलीमा बस दुर्घट्ना, २ को मृत्यु, १७ घाइते

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ मच्छोडाँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं. का निरोज भुजेल र ओखलढुंगा जिल्ला फूलबारी घर भएका वर्ष ३६ का ओम कार्की रहेका छन् । कार्कीको घट्नास्थलमै मृत्यु भएको थियो भने भुजेलको अस्पताल लाँदै गर्ने क्रममा काभ्रेको भकुण्डेमा आईपुग्दा मृत्यु भएको थियो ।

भुजेल तरुणदल मन्थली नगरापलिका–५ का सभापति रहेको नेपाल कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले बताएका छन् । प्रहरीका अनुसार दुर्घटनमा परि घाइते भएका १७ जना मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएकाहरुलाई एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।