पाँचखालमा ट्रान्सपरेन्सी इन्टरनेशनलको सार्वजनिक सुनुवाइ

काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ९ मा ट्रान्सपरेन्सी इनटरनेशनल, नेपालको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । ‘भुकम्पपछिको पुनःर्निर्माण र पुनर्वासमा सदाचार र्कायक्रम’ अन्तर्गत सो संस्थाले आज (सोमबार) सार्वजनिक सुनुवाई गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै जिल्ला आयोजना कार्यन्वयन इकाइ भवन काभ्रेका प्रमुख महालक्ष्मी जोशीले नागरिकलाई एक इमान्दारी, सदाचारयुतm नागरिक बन्नको लागि अनुरोध गरे ।

पुननिर्माणको कार्यविधि केन्द्रबाट बनेर आएको हुनाले कार्यविधि, निति निर्देशिका अनुसार काम गर्नुपर्ने भएकोले वास्ताविक पिडितले मात्र सरकारले उपलप्ध गरेको राहत पाउनुपर्ने बताउदै बनावटी लाभग्राही नबनिदिनको लागि नागरिकहरुलाईअनुरोध समेत गरे ।

पाँचखालमा ट्रान्सपरेन्सी इन्टरनेशनलको सार्वजनिक सुनुवाइ

‘वडाले पनि छुटेका वास्ताबिक पिडितको लागि मात्र सिफारिस गर्नुहोस् ।’ उनले भने, ‘वडामा कार्यरत प्राविधिकको प्रत्यक्ष निगरानी र सल्लाहमा मात्र घर निर्माणको लागि अनुरोध गर्नुका साथै पहिले नै बनाएर रोकिएका घरहरु पुनः प्राविधिकको सल्लाहमा निर्माण गर्न सकिने छ ।’

त्यसैगरि सहभागीका प्रश्नको सम्बोधन गर्दै जिल्ला आयोजना कार्यान्वयन इकाइ काभ्रेका प्रतिनिधि केशब पौडेलले वास्ताविक भुकम्प पिडितले राहत पाउनुपर्ने बताउँदै छुटेकाहरुले आवश्यक कागजात उपलब्ध गरेर प्रक्रियामा जान सक्ने बताए । साथै भुकम्प आए लगतै रातरात भिन्दा बस्ने पारीपाटीले अवास्ताविक लाभग्राही बढेको शंक समेत उनले गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै ९ नं. वडा अध्यक्ष किरण श्रेष्ठले कतिपय कामहरु वडा स्तरबाट हुन नसकेका र केद्रिय स्तरबाट सबै काम हुने भएकाले पनि गुनासोको परिणाम आउन ढिलाइ भएको बताए । ‘वडाबाट हुने काममा केही पनि ढिलाई हुने छैन । वास्ताविक पिडितको लागि आफुले राहत दिलाएरै छाडनेछु, नागरिक पनि इमन्दार बन्नुपर्छ ।’ पौडेलले भने, ‘आपत विपतका समयमा आफनो नागरिकका लागि आफनो तर्फबाट हुने सम्मको जिम्मेबारी बहन गर्नेछु ।’

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले युरोपियन युनियनको आर्थिक सहयोगमा “भुकम्पपछिको पुनःर्निर्माण र पुनर्वासमा सदाचार र्कायक्रम अन्र्तगत नागरिक सहायता कक्षा, गुनासो संकलन तथा भुकम्प पछिको पुननिर्माण सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा जिल्ला आयोजना कार्यन्वयन इकाइ काभ्रेका प्रतिनिधि, शहरी विकास तथा भवन डिभिजन कार्यलयका प्रमुख, वडा नं ९ का वडा अध्यक्ष, वडा सचिव, सोही वडामा कार्यरत प्राविधिकहरु र आम नागरिक, टीआइ नेपालका प्रतिनिधिको सहभागिता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।