बनेपा जेसीज साधारणसभा तथा शाखा अधिबेशन सम्पन्न, अध्यक्षमा सुजन

बनेपा । काभ्रे जिल्लाको बनेपा जुनियर जेसीजको ३४ औँ वार्षिक साधारण सभा तथा २४ औँ शाखा अधिवेशन शनिबार सम्पन्न भएको छ ।

वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट सन् २०१९ को लागि नयाँ कार्यसमितिको समेत चयन गरेको छ । अधिवेशनले अध्यक्षमा जु. जेसी सुजन महर्जन, का.का उपाध्यक्ष जु. जेसी निर्जन गौतम र जु. जेसी रोजा सिल्पकर, उपाध्यक्ष जु. जेसी वोन्जल श्रेष्ठ, जु. जेसी मनिश ढकाल, जु. जेसी अनुज रन्जित र जु. जेसी प्रिन्स रन्जितकार र सह सचिव जु. जेसी आयुश शाक्य निर्विरोध निर्वचित गरेको छ ।

कार्यक्रम बनेपा जुनियर जेसीजका अध्यक्ष जु. जेसी बिजयराम बन्जाराको सभापतित्व, काभ्रे जेसीजका पूर्व अध्यक्ष एवं काभ्रे चेम्बर अफ कर्मशका अध्यक्ष जेसी आइ सिनेटर प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो कार्यक्रममा काभ्रे महिला जेसीजकी अध्यक्ष जेसी जमुना मान्धरले शुभकामना मन्तव्य राखेकी थिइन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।